विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

हाम्रो दमक

बिर्तामोड,३० जेठ/  वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (बीईएफ) को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा बुधबारबाट शुरु भएको छ ।
सो कम्प्यूटर शिक्षाको बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले उद्घाटन गरे ।


वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा वक्ताले कम्प्युटर शिक्षाको महत्वमा जोड दिँदै दीगो विकासको लक्ष्य प्राप्तिमा वीरता जेसीज र बीईएफको अभियानले टेवा पुग्ने चर्चा गरेका थिए ।
सार्वजनिक रुपमा सूचना आह्वान गरेर आवेदन गर्नेमध्येबाट २० जनालाई निःशल्क कम्प्युटर शिक्षाका लागि छनौट गरिएको हो । बिर्तामोडको भद्रपुर रोडस्थित झापा सुपरमार्केटमा रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनमा बुधबारबाट नै छनौट भएका विद्यार्थीले कम्प्युटर शिक्षा लिन शुरु गरेका छन् । छनौटमा अनिता खतिवडा, मिलन ढुंगेल, अनिषा लिम्बू, कुमार नेवार, खिलमाया विक, टिकाराम गिरी, अम्बिका कार्की, बालिका ढुंगेल, देवराज गिरी, विपिन सञ्जेल, सरिता लिम्बू, प्रियंका सोनी, ईश्वर राई, आषित खड्का, करिनाकुमारी राजवंशी, मन्दिला लावती, निरज प्रसाईं, विवेक भण्डारी, सवा परवीन र नेहाल आलम शेख रहेका छन् ।
छनौटमा पर्नेहरुमा झापा, इलाम र पाँचथरका विपन्न तथा सिमान्तकृत परिवारका रहेका छन् । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ कोर्ष मध्ये विद्यार्थीको रोजाईमा निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक वीरता जेसीजका प्रकरण निर्देशक विशाल थापाले जानकारी दिए ।

बुध, असार २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...