युवा एकल महिलालाई बाख्रा वितरण

हाम्रो दमक

गौरादह ,३० जेठ / एकल महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन युवा एकल महिला समूह झापाले यहाँका एकल महिलाहरुलाई उन्नत जातका बाख्रा बितरण गरेको छ ।


झापाको गौरादह नगरपालिकास्थित पशु सेवा शाखाको कार्यालयमा मंगलवार एक कार्यक्रमको आयोजना गरी समूहले गौरादहका २७ जना एकल महिलालाई बाख्रा वितरण गरेको हो । प्रत्येक वडाबाट तीन जना युवा एकल महिला छनौट गरि ती बाख्रा वितरण गरिएको समूहकी अध्यक्ष मिरा भट्टराईले बताईन् ।
ती बाख्राहरु नगरपालिकाका प्रमुख रोहितकुमार शाह,उपप्रमुख गीता कटुवालले हस्तान्तरण गरेका थिए । बाख्रा बितरणका क्रममा नगरप्रमुख शाहले एकल महिलाहरुलाई आत्मनिर्भर बनी आयआर्जन गर्न सहज बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको जोड दिए । त्यस्तै, गौरादह नगर पशु सेवा शाखा प्रमुख गणेश ओझा, वार्ड नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारी ,वडा नम्बर ३ का वडाध्यक्ष गजेन्द्र घिमिरेले एकल महिलालाई पेशा तर्फ उन्मुख गराउन बाख्रा वितरण गरिएको बतएका थिए ।

बुध, असार २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

कमल ,३१ साउन / रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले विहिबार जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी...

तलहवाज विरुद्धको खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ विकेट लिन सफल

बिर्तामोड । जमैका तलहवाज विरुद्धको खेलमा नेपालका युवा वलर सन्दिप लामिछानेले आज बिहान सम्पन्न भएको खेलमा  खेलमा २ विकेट लिएका छन् । क्यारेवियन प्रिमियर लिग अर्थात सीपीएल क्रिकेटमा एसटी किट्स एण्ड नेभिस प्याट्रोइड्सबाट खेलिरहेका सन्दिपले...

इलाम माइजोगमाईमा अलैंची खेती मासिंदै , किसानहरु चिन्तित

इलाम । उत्पादनमा केही सुधारोन्मुख देखिपनि पछिल्लो समय लगाइएको अलैंचीमा समेत रोग देखा पर्न थालेको छ । रोगको प्रकोप देखा परेपछि कतिपय किसानले अलैंची नै फाडेर पूरानै खेती सुरु गरेका छन् । दुई दशक...

घर घरमा नागको तस्बिरमा पूजा गरेर नागपञ्चमी मनाइँदै

बिर्तामोड । आज श्रावण शुक्ल पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व अर्थात नाग वा सर्पको पूजा गरेर मनाउँदैछन् । आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...