दमकमा बन्दै गरेको बोटल घर, फोटो फिचर

हाम्रो दमक

दमक | झापा दमकका एक युवकले पुराना बोत्तलको प्रयोग गरेर शिशाको अनौठो घर निर्माण गरेका छन ।

बैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका दमक २ का तिगेनहाङ लिम्बूले पुराना वियर र सक्सिका बोत्तलको प्रयोग गरेर नयाँ ढंगले आकर्षक शिशाको घर बनाएका हुन । सो घरमा होटल व्यवसाय सञ्चालनगर्ने गरि अहिले घरको निर्माण धमाधम गरिरहेका छन । पछिल्ला दिनमा बढदो इट्टाको बजार मुल्य भन्दा कम दाममानै बत्तल पाइएने र खेर गएका शिशापनि प्रयोगमा आउने भएकाले नयाँ ढंगको घर निर्माण गरेको लिम्बूले बताउनु भयो ।

दमक २ खरखरे मा निर्माणाधिन सो घरको भित्तामा र पिलरमा पनि सिमेन्ट बलुवा र बोत्तलको नै प्रयोग गरिएको छ । पुराना बोत्तलको प्रयोग गरिएको भएपनि घर भुकम्प प्रतिरोधि हुने लिम्बुले बताउनु भयो । करिब एक करोडको लागतमा निर्माण भइरहेको घरको सवै भित्तामा आठ इन्च बोत्तलको पर्खाल लगाइएको छ् । लिम्बुको निर्माणाधिन बोत्तल हाउसमा विभिन्न कम्पनीका वियर र वाइनका बोत्तलहरु कवाडी पसलबाट पाँच रुपैया देखि ३ रुपैया ५० पैसा सम्ममा खरिद गरिएको हो ।

घर पुर्ण रुपमा सम्पन्न हुदा २० हजार बोत्तल लाग्ने अनुमानगरिएको लिम्बूले बताउनु भयो । मलेशियामा शिशाबाट निर्माण भएको एउटा मन्दिरको सिको गर्दैै आफुलेपनि अघिल्लो वर्ष शिशाबाट निर्माण गरेको बाथरुम निकै भरपर्दो र प्रभाबकारी भएपछि शिशै शिसाको घर निर्माण गरेको लिम्बुले जानकारी दिनुभयो । लिम्बूले निर्माण गरेको सो बोत्तलको घर नेपालमा नै पहिलो हुनसक्ने दावि समेत गर्नुभएको छ । बोत्तलको रंगलाई मिलाएर घरको निर्माण गरिएकाले घाममा घरका भित्ताहरु बाट छुट्टै प्रकारको चमक आउने लिम्बूले बताउनु भयो ।

बिदेशका धेरे मुलुकहरुमा यस्तो घर निर्माण गर्ने चलन पुरानै भएपनि निकै अध्यान पछिमात्र आफुले पनि बोत्तलको घर निर्माण गरेको लिम्बूले बताउनु भयो । अहिले यो घर हेर्न विभिन्न स्थानबाट दैनिक धेरै मानिसहरु आउने गरेको उहाँले बताउनु भयो ।

मङ्ल, असार १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

विजयादशमीको दिन बिहानैको ‘दमक’ फोटोमा

फोटो: नगेन्द्रमणि न्यौपाने, दमक  ...

रतुवाईमाईको यो भ्यु टावर

मोरगको रतुवाईमाई नगरपालिका ७ बर्मेली टोलस्थित कल्याणपुर बजारमा पुननिर्माण गरिएको भ्यु टावर । यस स्थानमा काठको टावर रहेको थियो । झोडाको समयमा चोरी नियन्त्रण गर्नका लागी गाँउको सुरक्षाकालागि स्थानीयले सो टावर निर्माण गरेका थिए । ...

हिमशिखर मिडियाको दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह

दमक | झापाको दमकमा रहेको हिमशिखर मिडिया ग्रुपले आज दमकमा दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । मोफसलमा रहेर करिब एक दशकयता स्थानीय स्तर देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर...

मेची सहकारी तीर्थयात्रा गराउदै

मेची सहकारी संस्थामा आवद्ध ज्येष्ठहरुलाई तीर्थयात्रा गराउदै । शुक्रवार उनीहरुलाई पूर्वको चतराको तीर्थयात्रा गराईएको थियो । ...

दमकमा मिडिया कप

दमकमा मिडिया कप ...

घटस्थापना अवसरमा ठाँउ– ठाँउमा सरसफाई ( फोटो फिचर )

दमक,२४ असोज/  घटस्थापनाका अवसर पारेर आज दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् । आफनो गाँउ,ठाँउलाई सधै सफासुग्घर राखौं भन्ने जनचेतनाका साथ विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा सरसफाईको आयोजना गरेका हुन् । यसैक्रममा कमल गाउँपालिका–५...

सेतुमारी– बालुवथान जोड्ने पुलको काम पुनः शुरु

दमक,२३ असोज/  झापाको दमक– १० स्थित सेतुमारीबाट गौरादह–९ स्थित बालुबथान जोड्ने रतुवा खोलामा पुल निर्माण कार्य पुनः अघि बढेको छ । ठेकेदार कम्पनी शर्मा एण्ड अनक जेभीले पुल निर्माण गरिरहेको हो । नेपाल सरकारको ३३...