झापाकै पूरानो गौरादह वजार व्यवस्थित गरिदै

हाम्रो दमक

 

गौरादह ,२८ जेठ / साप्ताहिक रुपमा दुई दिन हाटवजार लाग्दै आएको झापाकै पूरानो वजार गौरादहलाई व्यवस्थित बनाउन शुरु गरिएको छ । वजार क्षेत्रलाई थप सुविधासम्पन्न बनाउन नगरपालिकाले गुरुयोजनाका साथ काम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।


गौरादह नगरपालिका वडा नं. १ मा पर्ने मुख्य बजार बढ्दो जनघनत्वसंगै अव्यवस्थित र साँघुरो हुन थालेपछि व्यवस्थित बनाउने कार्य थालिएको नगर प्रमुख रोहितकुमार शाहले बताए । त्यहाँ आइतबार र बिहीबार हाटवजार लाग्दै आएको छ । बजारमा व्यवस्थित टहराका ब्लक, ड्रेन, पार्क, आकर्षक पानीका फोहोरा, गार्डेन, पार्किङ, पुस्तकालयलगायतका भौतिक संरचना निर्माण गर्ने गरी काम थालिएको नगरपालिकाका सवइन्जिनियर प्रेम बाँस्तोलाले जानकारी दिए ।
गौरादह बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापाका अनुसार बजार निर्माणमा कुल रु दुई करोड २० लाख हाराहारीमा खर्च लाग्ने छ । बजारमा व्यापारीका लागि पसल राख्न व्यवस्थित १३ वटा टहराका ब्लक निर्माण गरिने छ । टहरा निर्माणमा रु एक करोड ४४ लाख १७ हजार २ सय ७१ रुपैयाँ लाग्ने बताइएको छ । त्यस्तै बजार क्षेत्रको चारैतिर ढल व्यवस्थापन हुने गरी ड्रेन निर्माण गरिने छ । डे«नका लागि रु ३२ लाख ३९ हजार ५ सय २० रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
विस्तृत अध्ययन प्रतिवेदनमा निर्माण हुने वजार क्षेत्रको थोक बजार, खुद्रा बजार, मासु, माछा, फेन्सी पसलका व्यवसायीक स्टल रहने छन् । बजार निर्माणका लागि आवश्यक तयारीका साथ काम थालिएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताएका छन् ।
गौरादह जिल्लाको दक्षिण पश्चिम क्षेत्रहरु गौरादह, बैगुन्धुरा, महारानीझोडा, कोहबरा, जुरोपानी, कोरोबारीको मुख्य बजार हो । गौरादह बजारमा २ हजार ४ सय दर्ता भएका व्यवसायीहरुले व्यवसाय गर्दै आएको उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जीवन राईले जानकारी दिए ।

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बर्षा पछि दमकका अधिकांश भूभाग डुबानमा, जताततै पानी

दमक | आज सवेरै देखि भएको अबिरल वर्षापछि झापाको दमक बजारका अधिकांश भूभाग डुवानमा परेका छन । बजार तथा व्यापारिक क्षेत्रमा पानीको उचित निकास हुननक्दा दमकका धेरै भूभाग डुबानमा परेका छन । बर्षाका कारण दमक...

दमक नगरपालिकाको बजेट १ अरब २० करोड

दमक, ८ असार | दमक नगरपालिकाले आर्थिक वर्ष ७५÷७६ कालागि करिब १ अरब २० करोड रुपैया बराबरको बजेट सार्वजानिक गर्ने भएको छ । दमक नगरपालिकाको असार ९ गते शनिवार तेस्रो नगरसभाबाट सो बरावरको बजेट सार्वजानिक...

राजविस दमकमा पुनः भरुवा

दमक, असार ८ / राजवंशी समाज विकास समिति दमकको नगर समिति पुर्नगठन भएको छ । समितिको आज शुक्रबार सम्पन्न पाँचौं नगर अधिवेशनले नगर समिति पुर्न गठन गरेको हो । पुर्नगठित समितिको अध्यक्षमा पुनः भरुवा राजवंशी...

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात गर्ने: प्रधानमन्त्री

बेइजिङ, ७ असार | प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

नियुक्ति अनुसारको उपदान नपाएको गुनासो

दमक,७ असार / आम्दा नेपालद्धारा सञ्चालित आम्दा अस्पताल दमकबाट सेवानिवृत भएका स्वास्थ्यकर्मी चन्द्र शाहले नियुक्ति अनुरुपको उपदान नपाएको गुनासो गरेका छन् । २०५१ सालमा पाँचौ तहमा नियुक्ति भएका सिनियर स्वास्थ्य सहायक शाहले सेवानिवृत हुदाँ...

भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

दमक , ७ असार / अढाई दशकदेखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको औल्याईएको छ । विश्व शरणार्थी अवलोकन दिवश २०१८ को अवसर पारेर बुधबार दमकस्थित वेलडाँगी भुटानी शिविरमा आयोजित...

चन्द्रदर्शन शाकोसको सातौ बार्षिकोत्सव सम्पन्न

कमल,७ असार / कमल गाउँँपालिका–५ पाडाजुंगीमा रहेको चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाको प्राङगणमा एक कार्यक्रम गरि संस्थाले खुल्ला रक्तदान, दन्त शिविर...

श्रीमतिद्धारा यातना पाएको शर्माको गुनासो

दमक,५ असार /  पछिल्लो समय समाजमा महिला हिंसाका घटनाले महत्व पाउदै गइरहेका बेला झापाका एक युवक भने आफनै श्रीमतीबाट पीडित बनेको गुनासो गरिरहेका छन् । ती युवक अहिले न्यायको खोजीमा भौतारिरहेका छन् । ती...

वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने सरकारको निर्णय

काठमाडौं | सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले...