सकारात्मक परिबर्तन: युवाको नैतिक दायीत्व

पिपला ढुंगाना 

पिपला ढुंगाना 

हामी देश बदल्ने अाँट बोकेर दौडेको एक जमात।कति सक्षम छौँ त अाफ्नो कर्तव्य निभाउन ?

हामीले दैनिकी चलाउने सिलसिलामा कहाँ अनि कति अाफुलाइ इमानदार भएर आफ्नो कर्तव्य पालना गर्यौँ? हो सोच्ने बेला अाएको छ। कसरी आफुलाइ इमान्दार बनाउने भन्ने बारे ।आजको समय ब्यस्तताको अर्को नाम भएको छ सहरमा। सडकमा हुने ट्राफिक जाम र धुलाम्मे सडक त हामी लाई आदत परिसकेको छ ।त्यो माथी पनि सडक भरि फालिने फोहोर त हामिले वास्ता गर्ने विषयभित्र पर्छ कि पर्दैन भन्ने मा पनि शंका लाग्छ। समय जति नै बदलिए पनि हामीले आफू लाई नबदलेको खण्डमा परिबर्तन सम्भब छैन ।जसको निम्ति सकारात्मक सोच र पहल कदमी एउटा अपरिहार्यता हो।

कसरी परिवर्तन गर्ने आफू लाई?

सडक फोहोर हुनु मा तपाईं अनि म नै दोषी हौं ।हुन त हामी सरकारले केही गरेन भन्नमा यति विघ्न ब्यस्त छौँ कि मैले के गरिन भन्ने बारे सोच्ने फुर्सद नै छैन ।तपाईं अनि म मध्ये कति जना ले आफू ले खाएका चक्लेट का खोल सडक मा फालेनौ ? आफू लाई बिर्सिएर एक पटक सोच्नुस् त! मैले कहाँ कहाँ चुरोट का ठुटा , परागको खोल, केरा को बोक्रा , अन्य यस्तै यस्तै फालेँ भनेर ।केही दिन आघिको कुरा हो म नेपाल ल क्याम्पस बाट पुरानो बसपार्क जादै थिए ।बीच मा रहेको आकासे पुल नजिकै एउटा जमात देखेँ के रहेछ भनेर हेर्न गएको एक जना दाइ केरा को बोक्रा मा चिप्लिएर लड्नु भएको रहेछ।हामी ले उहाँ लाई उठाएर केही बेर अाराम गरायौँ ,चोटपटक धेरै नलागेको ले उहाँ जानूभयो।

भाग्यबश चोट धेरै थिए

न। र उहाँ लाई आफैं घर जान सजिलो भयो।सम्झनुस त त्यो घटना तपाईं आफैं माथी घट्न सक्थ्यो या सक्दैनथियो?कैयौंपटक सडक मा फोहोर फाल्नु हुँदैन भन्ने बिषय मा साथिहरु को जवाफ मैले एउटाले गरेर सफा हुने होर भन्ने पाएको छु। म आफु लाई शिक्षित हुँँ भन्नमा पनि गर्ब लाग्दैन ।हाम्रो प्रतिनिधित्व गर्ने जमात नसुध्रने हो भने एकाध थान मानिस सचेत भएर केही हुदैन ।सडक हाम्रो सम्पत्ति हो जसको रक्षा गर्नु हाम्रो कर्तव्य पनि हो।हामी अधिकारका नारा लिएर जसरी अाफ्नो आवाज बुलन्द बनाउछौँ त्यसरी नै कर्तव्य को पाटो लाई पनि निभाउन सक्नुपर्छ ।हामी लाई घर सफा राख्नु पर्छ भन्ने थाहा छ।तर किन तेहि घर बाट निस्केको फोहोर आफ्नो करेसो भन्दा अलि पर अर्काको करेसो मा फाल्नु हुदैन भनेर थाहा छैन । थाहा नभएर या जानिजानि ? मान्छेले दुनियाँ लाई ढाँट्यो भने पनि आफू ले आफू लाई कहिले पनि ढाट्न

सक्दैन ।कम्तीमा हामी तेहि आफू भित्र को आफू लाई नढाँट्ने प्रयत्न गरौं न।

सरकारले के गरेन होइन के गर्यो भनेर पनि हेर्ने गरौं

फोहोर तथा प्लास्टिक जन्य फोहोर अव्यवस्थित रूपमा नफाल्न सरकारले निर्देशन जारी गर्‍यो ।२०७३ माघ १ गते भएको सो निर्देशन को ११ महिना कटिसकेको छ

।त्यो बिच मा सरकारले बानी लगाउन को लागि भनेर १ महिना को समय पनि दिएकै हो।सरकारले आफ्नो निर्देशन लाई शसक्त निगरानी नगरेको भन्ने कुरामा शंका नै छैन तर हामी ले त्यो १ महिना लाई यसरी लियौँ कि जे गरे पनि हुने रहेछ।भनिन्छ नि औंला दियो भने डुडुल्नो नै निल्छन मान्छे भनेर।हो तेस्तै बनायौ हामीले त्यो १ महिना को गलत फाइदा उठाएर।सरकारले नेपाल यातायात व्यावसायि महासंघ र स्थानीय बिकास मन्त्रालय बीच सम्झौता गरेर गरेको उक्त निर्देशन लाई सरकारले गरेको उत्कृष्ट कार्य मान्नु पर्छ।भलै त्यस लाई स्थायी रुप ले स्थापित गर्न सकेन।या हामीले साथ दिएनौ।केही थान यातायातका साधनमा डस्टविन राख्ने काम पनि भएकै हो।हामी ले प्रयोग गर्यौँ या गरेनौं त्यो त सडक ले आज पनि छर्लङ्ग नै पारिदिएको छ ।

२०७३ कै फाल्गुन १

८ गते भएको २० बर्ष पुराना सवारीसाधन बिस्थापन गर्न गरेको निर्णय पनि सह्रानिय नै छ।सरकार ले व्यावसायि लाई उचित सहुलियत नदिइकन सो निर्णय लिएको भन्ने कुरा पनि छ।तर जे होस सहुलियत लिने दिने सरकार र यातायात व्यावसायि बीच को किचलो मेटिनु जरुरी छ।र पनि यो कार्य लाई हामीले साथ दिनु नै पर्छ।एउटा सकारात्मक कदम हो भनेर स्विकार्नु पर्छ ।काठमाडौं उपत्यकाको प्रदुषण बढ्नु मा ४०% हिस्सा यातायात को साधनको रहेको कुरा बाताबरण बिभाग को एक अध्ययनले देखाएको छ।जसलाई नियन्त्रण गर्न पनि यो कार्य जरुरी छ।

सरकारले गरेको अर्को काम हो २०७४ बैशाख १ गते देखि उपत्यकामा हर्न बजाउन निषेध गर्नु । सवारी तथा यातायात ब्यबस्था एेन २०४९ लाइ आधार बनाएर यो नियम लागु गरिएको हो। विशेष परिस्थिति बाहेकमा हर्न नबजाउदा पनि बाताबरण केही हद सम्म शान्त भएको पाउछौँ हामी।ध्वनि प्र

दुषण र मानव स्वास्थ्य माथिको प्रतिकुल असर लाई मद्यनजर गरेर सरकारले गरेको यो कार्य पनि प्रसंशा लायक छ।

हुन त दैनिक रूपमा नियम मिच्ने हरु को तथ्यांक पनि आइरहेको छ।तर हामीले त्यो तथ्यांक लाई समान्य मान्नु पर्छ।केही थान गल्ति हरु लाई आधार बनाएर कामकारबाही भएको छैन भन्नु हाम्रो मुर्खता हुन जान्छ ।

सरकार ले गरेको अर्को राम्रो काम हो सर्बजनिक स्थलमा धूम्रपान रोक्ने निर्णय ।सार्बजनिक स्थलमा धूम्रपान गर्दा जनस्वास्थ्यमा पर्ने नकारात्मक असर बारे ध्यानाकर्षण गर्दै २०६८ साल मा सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन लागू गर्यो।जसले सम्पूर्ण रुपमा नभए पनि केही हद सम्म सार्वजनिक स्थलमा धूम्रपान गर्नेको संख्यामा कमि अायो।जसले पुर्णता नपाउनुमा तपाईं हामीनै दोषी छौँ।

के हो त हाम्रो नैतिक

 कर्तव्य ?

हामी प्रथा र परम्परा लाई अंगालेर हाम्रो निति नियम लाई पनि पछाडी छाड्ने समाज का मान्छे र पनि किन हामी सकारात्मक कदम हरु लाई परम्परा बनाउने चेष्टा गर्दैनौ??आज पनि बैचारिक आधुनिकता भेट्टाउन मुश्किल छ।अस्ति भर्खर को कुरा हो म र मेरो साथि डिल्लिबजार को बाटो कुनै ईन्स्टिच्युट जादै थियौँ बाटोमा बिरालो ले बाटो काट्यो उसले बाटोमा बाइक रोक्यो ।अर्को बाइक आउँदा सम्म को पर्खाइमा ।।हामी कति सम्म छौ भने

जाबो बिरालोले बाटो काट्दा आशुभ हुन्छ भन्ने मनगणन्ते कुरा लाई पछ्याउन छाड्दैनौँ।अनि सफा सहर राखौं भनेर सरकारले हिडेको

एक कदम को पछाडि अाफ्नो अर्को कदम राख्न चाहन्नौँ।अनि भन्न पनि छाड्दैनौँ निरीह सरकार भनेर ।हामी सक्रिय बनेर देखाउनुपर्ने बेला हो यो ।अनि सक्रिय बन्नेछ देश।

हामीले आफुलाइ कर्तब्यनिष्ट नबनाउदा सम्म परिवर्तन आकासको फल अाँखा तरि मर कै स्थितिमा रहन्छ ।बिदेशी भुमिमा कडा कानुनी पालना गरेर फर्केको जमात जसलाई थाहा छ के गर्नुपर्छ वातावरण सफा राख्न भनेर,अनि उच्च शिक्षा को अभिलाषा बोकेर बिदेशीने रहरका जमातहरु महङ्गा इन्सटिच्युट का ब्रुसर बाटो भरि फाल्नु पुर्व १ पटक सोच्नु पर्छ हामीले फालेका ब्रुसरले कति कुरुप बनाउँदै छ देशलाई भनेर । हामीले मन बचन र कर्म ले परिवर्तन को सुरुवात गर्यौँ भने असम्भव भन्ने कुरा केही छैन ।स्मार्ट सिटीको अवधारणा लाई लिएर हस्यास्पद मजाक बनाउने समय अाफुलाइ सुधार्न तिर लगाअौँ।नैतिक दायित्व कानुनी दायित्व भन्दा शक्तिशाली हतियार हो ।

एक देशको सफलता त्यो देश का मान्छेको गुणबाट देख्न सकिन्छ । सामाजिक परिवर्तनको लागि विशेष गरी युवाहरूको ठूलो भूमिका छ। युवाहरू राष्ट्रको भविष्य हुन् । युवा हरु परिवर्तनको एजेन्ट हुन । उनीहरूमा समाज लाइ परिवर्तन गर्न शक्ति छ।कुनै एक व्यक्ति नैतिकवान हुन लाई उसको व्यवहार सामाजिक मुल्य र मान्यता अनरुप हुनु पर्छ । सकारात्मक परिबर्तन एउटा प्रक्रिया हो । यो प्रक्रियालाई संघर्ष को रुप मा आउनु पर्छ । सुनौलो भबिस्व निर्माण को लागी सकारात्मक परिबर्तन युद्ध गरे जस्तै हो । सुरुवात अझै ढिला भएको छैन । के परिबर्तन को लागी तपाई युद्ध लड्न तयार हुनुहुन्छ ?

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...

बलात्कार

दिपक राज जोशी  नेपालमा छोरी हुनु भनेको आमा, बाबा, दाइ लाई चिन्ताको विषय भएको छ। छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउन भन्दा अगाडि घर आउनु पर्ने, लुगा विचार पुर्याएर लगाउनु...

भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो

रमेश ढकाल सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई...