दमकमा यसरी बन्दै छ बोतलबाट घर, भिडियो सहित

करिब एक करोडको लागतमा निर्माण भइरहेको घरको सवै भित्तामा आठ इन्च बोत्तलको पर्खाल लगाइएको छ ।

हाम्रो दमक

दमक | झापा दमकका एक युवकले पुराना बोत्तलको प्रयोग गरेर शिशाको अनौठो घर निर्माण गरेका छन ।

बैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका दमक २ का तिगेनहाङ लिम्बूले पुराना वियर र सक्सिका बोत्तलको प्रयोग गरेर नयाँ ढंगले आकर्षक शिशाको घर बनाएका हुन । सो घरमा होटल व्यवसाय सञ्चालनगर्ने गरि अहिले घरको निर्माण धमाधम गरिरहेका छन । पछिल्ला दिनमा बढदो इट्टाको बजार मुल्य भन्दा कम दाममानै बत्तल पाइएने र खेर गएका शिशापनि प्रयोगमा आउने भएकाले नयाँ ढंगको घर निर्माण गरेको लिम्बूले बताउनु भयो ।

दमक २ खरखरे मा निर्माणाधिन सो घरको भित्तामा र पिलरमा पनि सिमेन्ट बलुवा र बोत्तलको नै प्रयोग गरिएको छ । पुराना बोत्तलको प्रयोग गरिएको भएपनि घर भुकम्प प्रतिरोधि हुने लिम्बुले बताउनु भयो । करिब एक करोडको लागतमा निर्माण भइरहेको घरको सवै भित्तामा आठ इन्च बोत्तलको पर्खाल लगाइएको छ् । लिम्बुको निर्माणाधिन बोत्तल हाउसमा विभिन्न कम्पनीका वियर र वाइनका बोत्तलहरु कवाडी पसलबाट पाँच रुपैया देखि ३ रुपैया ५० पैसा सम्ममा खरिद गरिएको हो ।

घर पुर्ण रुपमा सम्पन्न हुदा २० हजार बोत्तल लाग्ने अनुमानगरिएको लिम्बूले बताउनु भयो । मलेशियामा शिशाबाट निर्माण भएको एउटा मन्दिरको सिको गर्दैै आफुलेपनि अघिल्लो वर्ष शिशाबाट निर्माण गरेको बाथरुम निकै भरपर्दो र प्रभाबकारी भएपछि शिशै शिसाको घर निर्माण गरेको लिम्बुले जानकारी दिनुभयो । लिम्बूले निर्माण गरेको सो बोत्तलको घर नेपालमा नै पहिलो हुनसक्ने दावि समेत गर्नुभएको छ । बोत्तलको रंगलाई मिलाएर घरको निर्माण गरिएकाले घाममा घरका भित्ताहरु बाट छुट्टै प्रकारको चमक आउने लिम्बूले बताउनु भयो ।

बिदेशका धेरे मुलुकहरुमा यस्तो घर निर्माण गर्ने चलन पुरानै भएपनि निकै अध्यान पछिमात्र आफुले पनि बोत्तलको घर निर्माण गरेको लिम्बूले बताउनु भयो । अहिले यो घर हेर्न विभिन्न स्थानबाट दैनिक धेरै मानिसहरु आउने गरेको उहाँले बताउनु भयो ।

हेर्नुहोस यो भिडियो

सोम, जेष्ठ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

बर्षा पछि दमकका अधिकांश भूभाग डुबानमा, जताततै पानी

दमक | आज सवेरै देखि भएको अबिरल वर्षापछि झापाको दमक बजारका अधिकांश भूभाग डुवानमा परेका छन । बजार तथा व्यापारिक क्षेत्रमा पानीको उचित निकास हुननक्दा दमकका धेरै भूभाग डुबानमा परेका छन । बर्षाका कारण दमक...

दमक नगरपालिकाको बजेट १ अरब २० करोड

दमक, ८ असार | दमक नगरपालिकाले आर्थिक वर्ष ७५÷७६ कालागि करिब १ अरब २० करोड रुपैया बराबरको बजेट सार्वजानिक गर्ने भएको छ । दमक नगरपालिकाको असार ९ गते शनिवार तेस्रो नगरसभाबाट सो बरावरको बजेट सार्वजानिक...

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात गर्ने: प्रधानमन्त्री

बेइजिङ, ७ असार | प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

एक करोडको बिमा गरेवापत नेशनल लाईफ इन्सुरेन्सको दमकका एक जोडीलाई सम्मान

दमक । झापाको दमकमा रहेको नेशनल लाईफ इन्सुरेन्स कम्पनीले मंगलबार दमक ५ का एक दम्पतिलाई सम्मान गरेको छ । एक महिना अघि अमृत बिमा अन्तरगत एक करोड रुपैयाको जिवन बिमा गरेका दमक ५ निवासी नारयण...

वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने सरकारको निर्णय

काठमाडौं | सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले...

गौरीगञ्ज गाँउपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

गौरीगञ्ज , ३ असार / झापाको गौरीगञ्ज गाँउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । गाँउपालिकाले फागुन २६ गते बाट शुरु गरेको अभियानलाई तीव्रता दिदै आइतबार एक औपचारिक कार्यक्रम गरि गाँउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र...

डाक्टर राईलाई सहयोग हस्तान्तरण

दमक,३ असार / दुई साता अघि देखि विरामी परेका डाक्टर भम्पा राईलाई भुटानी शरणार्थीसहित विभिन्न संघसंस्था,व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । शनिवार शरणागत भुटानीहरुले रु १ लाख ५० हजार आर्थिक सहयोग गरे भने आइतबार दमक...

भुकम्प प्रतिरोधी र सुलभ मुल्यमा नौलो प्रविधिबाट दमकमा घर बन्दै

दमक | भुकम्प प्रतिरोधी र सुलभ मुल्यमा घर निर्माणका लागि दमकमा नौलो प्रविधिबाट घर निर्माण गर्न शुरु गरिएको छ । करिब ३ दशक देखि निर्माणका क्षेत्रमा काम गर्दै आउनु भएका तिलकुमार गुरुङ्ले दमकमा पहिलो पटक...

दमकमा मेशिनबाट धान रोपाई

दमक | झापाको दमक १० मा आधुनिक मेशिनबाट धान रापाई गरिएको छ । स्थानीय कृषक बद्रि सापकोटाको खेतमा आधुनिक मेशिनको प्रयोग गरेर धान रोपाई गरिएको हो । आधुनिक प्रविधिबाट ट्रेमा ग्रिन टनेल भित्र उमारिएको १५...