मन भित्रको ‘म’

सुजता निङलेकु

जिन्दगी एउटा अनगिन्ती वाटो हरु रहेछ, जहाँ एउटा लक्ष्य प्राप्तिका लागि उकालो ओरालो चिप्लो बाटो हिँड्नु पर्ने । सबै ब्यक्तिको एउटा चाहना हुन्छ, म आफ्नो लक्ष्यमा पुग्न सकौं, हो तिनै लक्ष्य भित्र का प्रत्येक पाइलामा आएका बाधा अवरोध हरु सँग जुध्न कैयौं कठिन परिस्थितिहरु आइलाग्छन । तिनै समस्या अनि संघर्ष मा जन्म लिएको मेरो जिन्दगी न त पर्दा अगाडि देखाउन सकिने काल्पनिक चलचित्र नै हो यी संघर्ष जे छ भोगाइ तिनै हुन मेरा हँसाइ का नेपथ्यमा रहेका संघर्ष । पुर्वी नेपाल को हिमाली जिल्ला संखुवासभा जहाँ मकालु हिमाल को काखमा अवस्थित छ भने अरुण नदिको कोमल चरण मा रहेको हो तिनै संखुवासभा को सुन्दर सदरमुकाम खाँदबारी मा जन्म भयो मेरो ।

सुजता निङलेकु

हजारौं सपनाका झिना तेन्द्रो हरु तुन्दै बुन्दै दर्शने धारा को कलकल चिसो पानीको वुँदहरु सँगै मेरो किशोरावस्था पार भयो । खोइ किन हो कुन्नी मेरो ती बाल मस्तिष्क हरुमा खाली नेपाल टेलिभिजन बाट समाचार वाचन गर्ने अनिता विन्दु दिदिको आवाज यत्रतत्र मेरा मनमस्तिष्क मा गुन्जिन्थ्यो।मलाई पनि उहीँ दिदी को नक्कल गर्न मन लाग्थ्यो। खोइ त्यो तेर्ह चौध बर्ष को उमेर मलाई लाज लाग्दैन्थ्यो१ कुनै सागबारी होस वा घर को भित्ता ठ्याक्कै नेपाल टेलिभिजन को समाचार अनि अनिता दिदी को नक्कल गर्न मन लाग्थ्यो, अनि मेरो बुबाले सुन्नुहुने आठ बजे को बिबिसी समाचार सुन्दा मलाई पनि रेडियो भित्र पसेर बोल्न मन लाग्दथ्यो, हाँसो लाग्छ त्यो बालापन र त्यो बेला मनमा कुँदिएको लक्ष्य र अठोट १ तिनै समय देखेका स्वर्णिम सपनाहरू लाई यथार्थ जीवन को परिदृष्य मा बदल्न एउटी नारीको लागि त्यति सहज हुन्न ।

नेपाली समाजमा एउटी छोरी घरको आँगन छोडेर एक रात को लागि राम्रै काम मा हिँडे पनि समाज अनि पारिवारिक कुप्रश्न का तिर हरुले आक्रमण गर्दछ१ हो त्यहीँ समाज मा हुर्किएको म र मेरा मनष्पटलमा गुथिएका मेरा सपनाहरु के थाहा किशोरावस्था लाई पनि राम्रोसँग गोडमेल नै नगरी परआँगनमा धकेली परसामाजिक दायित्व र जिम्मेवारी का चाङ सहित का नवीन सम्बन्ध हरुको कोपिला टुसाउँछ भन्ने सत्य कुरा। छोरी थिएँ बुहारी अनि श्रीमती पनि हुनुपर्दाे रहेछ एउटा नारी जिन्दगी को शब्दकोष मा कोरिएका ती सम्बन्ध हरु भोग्न अनि निभाउन त त्यति सहज नहुँदो हो तर पनि स्विकार्नु आम नारीको धर्म बनेर आइ दिँदोरहेछ१ ती बाल्यकाल का स्वर्णिम सपनाहरू लाई मैले पूरा गर्न सकिन अनिता दिदी ले समाचार वाचन गरे जस्तै अहँ कहाँ पाएँ त त्यो अवसररु एउटा सम्बन्ध को त्यस्तो फलामे जन्जिर ले बाँधियो त्यो कहिले मानसिक यातना त कहिले शारीरिक यातना त कहिले सामाजिक यातना उफ ।

त्यो जन्जिर लाई फुकाउन प्रथम परिवार सँग लडनु पर्नेरु त्यो भन्दा ठूलो चुनौती अरु के हुन सक्छरु अनि समाज का बुझेर देखेर नि अन्जान बन्ने ती ढोंगी मान मर्यादा का बितन्डाहरु सँग लड्न कहाँ सजिलो छ ररु मलाई याद छ मैले २०६२ साल मा दिनुपर्ने एस एल सि परिक्षा २०६५ सालमा मात्र निजितह वाट परिक्षा मा भाग लिएँ, जुन बेला म संसार कै सुन्दर सृष्टिकर्ता नारी अर्थात आमा बन्ने अवस्था मा थिएँ । ती मेरी गर्भमा कान्छी छोरी थिइन भने दुई बर्ष कि ठुली छोरी मावली बाजे बोजु सँग छोडेर मेरी कान्छी छोरी लाई गर्भमा बोकिबोकी परिक्षा दिएँ, कता कता काउँकुती लाग्दथ्यो, हिमावि को प्राङ्गणमा पाइला राख्दा कतै मलाई कसैले नियाली रहेकोे त छैन भन्ने जस्ता आभास हुन्थ्यो अनि मेरा साथीहरू कलेज पड्दैछन भन्ने आवाज ले कता कता जिस्काइ रहेकोे अनुभुति हुन्थ्यो, तर हौसला र आत्मबल नै अप्ठ्यारोमा मेरो सहारा बनिदियो, भगवान ले हरेक नारी हरुमा गुण हरु बरदान स्वरुप प्रदान गरेको हुन्छ । पक्कै पनि असल छोरी आमा श्रीमती अनि बुहारी यी सबै नाम हरुले जोडिएकी नारी हुँ । त्यसमाथि म एउटी आमा. मेरा साना साना दुईवटी उज्वल भविष्यहरु अर्थात मेरी छोरी हरु संखुवासभा कै मदरल्याण्ड इङ्लिस स्कुल को होस्टेल मा राखेर अध्ययन अध्यापन गराउँदैछु१ सायद यो सम्भव थिएन तर यो संसारमा यस्ता पनि सम्बन्ध हरु जोडिन पुग्छन जुन सम्बन्ध ले मानिस लाई जिउन अनि हाँस्न सिकाउँछ१ यसरी म आफ्नो बालापन को सपना का गोरेटोहरु पछ्याइ रहँदा झापाको दमक मा आएर मेरा कदम हरु अडिए । त्यहीँ रहेर केही गर्ने योजना र अवसर प्राप्त भयो ।

त्यस समय मैले पहिलो पटक कलम चलाउने हिम्मतका साथ धार्मिक पत्रीका कवचमा सम्मीलित भएँ र जुन अवसर मलाई आदरणीय गुरु चक्रपाणी गौतम ज्युले प्रदान गर्नु भयो, त्यही क्रममा अर्काे समाचार पत्रीका उज्वल भविष्य साप्ताहिक साथै झापा पोष्ट राष्ट्रिय दैनिकमा पनि आफ्नो कलम चलाउने अवसर पाएँ जसको श्रेय आदरणीय दाजुहरु नगेन्द्र मणि न्यौपाने, विष्णु सुब्बा आङ्देम्बे र आत्मीय भाइहरु पवन निरौला र उमेश खड्का लगायतका श्रद्देय महानुभावहरु द्वारा मेरो दोस्रो जीवन पथमा अभिभावकत्व प्रदान गर्नु भयो । त्यहीँबाट म र मेरो सपनाको भुमण्डलिय परिक्रमा अघि बड्दै गयो त्यही दौरान आज मेरा भविष्यका उज्वल तारा दुई बालक छोरीहरुको खुशी र मेरा बालापन का लक्ष्य को खोजीमा नेपालको राजधानी काठमाडौ आएकी छु ।

एउटी आमा हुँ म भित्र म सँगै हुर्किएका इच्छा र बालापन मै देखिएका सपनाहरू छन१ यसरी नै हजारौं ले देख्ने गरेका सपनाहरू झैँ मैले पनि सानो अनि सुन्दर सपना देखेको छु१ एउटी नारी यो साँगुरो समाजमा आफु साँगुरिएर आफ्नो लक्ष्य लाई डगमगाउनु दिने छैन । यो काठमाडौ जहाँ धुवाँ र धुलो ले कहिलेकाहीँ ती सुन्दर सपनाहरू लाई फोहर बनाइ दिने हो कि जस्तो महसुस हुन्छ । अनि कहिलेकाहीँ पैदलमार्ग लाई पछ्याइ रहँदा ती सडक मा गुडिरहेका कमिला को ताँती जस्तै देखिने मोटर का लस्कर हरुले मलाई नै जिस्काइ रहेका छन कि जस्तै महसुस हुन्छ, बडो अचम्मको शहर यो काठमाडौ जहाँ दुख बिनाको मानिस भेटिन्न र सपना बिना यात्री देखिन्न, जहाँ पैसाले पेट पैसाले सम्बन्ध पैसाले खुशी अनि पैसाले नै संसार जित्छु भन्ने मानसिकता हरु पनि भेटिन्छन । कस्तो अचम्म हो यस्तै यस्तै रुखी मानसिकतामा हुर्केका मेरा सपनाका मुना

संखुवासभा, हाल: काठमाण्डौ

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...

बलात्कार

दिपक राज जोशी  नेपालमा छोरी हुनु भनेको आमा, बाबा, दाइ लाई चिन्ताको विषय भएको छ। छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउन भन्दा अगाडि घर आउनु पर्ने, लुगा विचार पुर्याएर लगाउनु...

भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो

रमेश ढकाल सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई...