दमक गोल्डकपको हिसाव सार्वजनिक भएन्

हाम्रो दमक

दमक,२७ जेठ / झापाको दमकमा महिना दिन अघि सम्पन्न भएको दमक गोल्डकप फूटबल प्रतियोगिताको आयव्यय अझै सार्वजनिक भएको छैन् । प्रतियोगिता नाफामा गएको भनिएपनि यथार्थ आयव्यय सार्वजनिक नगरिदाँ आयोजकमाथि यतिखेर चौतर्फी लाञ्छना लाग्न थालेको छ ।

प्रतियोगिता सम्पन्न भएको एक,दुई सातामा नै यथार्थ हिसाव किताव सार्वजनिक गरिने अभ्यास हुने गरेको भएपनि आयोजकले यतिका दिन वित्दा पनि त्यसतर्फ चासो देखाएको छैन् । कतिपय खेलकुदजन्य संस्थाले भने गोल्डकप सफल भएपनि त्यसले दमकको खेलकुदमा सकरात्मक प्रभाव नपारेको गुनासो गरिआएका छन् । गोल्डकपमा राजनीतिकरण बनेको उनीहरुको जिकीर छ ।

दमकसहित गत कातिकमा झिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपले समेत हालसम्म हिसाव सार्वजनिक गरेको छैन् ।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले गत बैशाख १९ देखि २८ गतेसम्म दमक गोल्डकपको आयोजना गरेको थियो । विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार पाएका थिए ।

आयोजक दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईका अनुसार प्रतियोगिता सवैको सहयोगबाट भव्य रुपमा सम्पन्न भएपनि हालसम्म केहि प्रायोजकका रकम समयमा भुक्तान नहुदाँ हिसाव सार्वजनिक हुन केहि ढिलाई हुन पुगेको छ । काठमाण्डौमा रहेका अध्यक्ष प्रसाईले गोल्डकपको यथार्थ हिसाव केहिदिन भित्रमै सार्वजनिक गरिने बताउदै भने,–‘ प्रतियोगिताका सवै हिसाव आउनेक्रममा छ, अव चाडै आम्दानी,खर्च सार्वजनिक गर्छो ।’ उनले लक्ष्य अनुसार प्रतियोगिता सफल भएको समेत बताएका छन् ।

दमक –९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको सो गोल्डकपमा एक करोड ३६ लाख रुपैयाँ संकलन गरिने त्यसमध्ये ९३ लाख खर्च हुने अनुमान गरिएको थियो ।

त्यस्तै उक्त रकममध्ये ४२ लाख ५० हजार रुपैयाँ बचत गर्ने नगर खेलकुद विकास समितिको बैंक खातामा राख्ने लक्ष्य राखिएको थियो । गोल्डकप सम्पन्न गर्न नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने भनिएको थियो । त्यस्तै आधा दर्जन सरकारीसहित विभिन्न एक दर्जन बढी व्यवसायीक प्रतिष्ठानले प्रायोजकमा सहयोग पुर्याँएका थिए ।

दमक गोल्डकपमा प्रवेश शुल्क मार्फत मात्र यसपटक ३० लाख बढी रकम जुटेको आयोजकको अनुमान छ । गोल्डकपको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

असोजमा जिल्लाको शिवसताक्षीस्थित दुधेमा प्रथम दूधे गोल्डकप, कार्तिक–मंसिरमा दोस्रो सताक्षी गोल्डकप, मंसिरमै तेस्रो काँकडभिट्टा गोल्डकप र फागुनमा तेस्रो झापा गोल्डकप सम्पन्न भएका थिए । जसमध्ये दूधे बाहेक सबै सताक्षी, काँकडभिट्टा र झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो भने दमकको भने नेपाल पुलिसले उपाधि जितेको थियो ।

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

झापा फाल्गुनन्द गोल्डकपको च्याम्पियन

फिदीम,३० पुस । झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो । सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा...