दमकमा महिला संघको स्वास्थ्य शिविर

हाम्रो दमक

दमक,२६ जेठ/ झापाको दमकमा शनिवार वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । एकदिने सो शिविरमा ७६३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराए भने ९७ जनाले भिडीयो एक्सरेको सेवा लिएका थिए ।


नेपाली कांग्रेसको दमक नगर पार्टी कार्यालयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर नेपाल महिला संघ झापा क्षेत्रीय समिति क्षेत्र नम्बर ५ ले सञ्चालन गरेको हो ।
शिविरमा बिर्तामोडस्थित बिएण्डसी अस्पताल, एड्भान्स अस्पताल दमक र निम्स नेशनल अस्पताल दमकको प्राबिधिक सहयोगमा भएको थियो । शिविरमा महिला सम्बन्धी रोगहरु, हाडजोर्नी तथा नशारोग, बाल रोग, दन्त रोग बिषेशज्ञ साथै फिजिसियन र भिडियो एक्सरेको सुविधा पाएका संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईले जानकारी दिईन् । उनले कमजोर आर्थिक अवस्था भएका विरामीहरुलाई लक्षित गरेर निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताईन् ।
शिविरमा एडभान्सका मेडीकल सुपरिटेन्डेट डा.सन्तोष सुवेदीलगायतका आधा दर्जन चिकित्सकहरुले प्राविधिक सहयोग पुर्याँएका थिए भने दमक नगरपालिका र दाहाल फार्मेसीले औषधीहरु उपलब्ध गराएको थियो । शिविरमा दमकसहित यस क्षेत्रका सर्वसाधारणहरुले सेवा लिएका थिए ।


संघीय संसद सदस्य महेन्द्राकुमारी लिम्बुको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य शिविरको उद्घाटनमा वक्ताहरुले नागरिकको स्वाथ्य र शिक्षामा कांग्रेसले नागरिकको जिम्मेवारी लिने उद्देश्यले शिविरको आयोजना गरिएको बताएका थिए । शिविरमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, कांग्रेसका नेता पूर्णनन्द शर्मा, पार्टी नगर सभापति रोशन विष्ट,महिला संघकी नगर सभापति मन्दरा पौडेल,महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु लगायतका नेता,कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

शनि, जेष्ठ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

ताप्लेजुङ्गको साविक सिनाम गाविस पूर्ण खोप घोषणा ।

बिर्तामोड । ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोप घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१ आँै वडा र साविक ३९ औँ गाविसको रुपमा सिनाम एक नम्बर वडालाई आज पूर्ण...

दमक उवासंघको २७ औं बार्षिक साधारणसभा सम्पन्न

   पत्रकार उप्रेती पुरस्कृत दमक,१ भदौ/  दमक उद्योग वाणिज्य संघले शुक्रवार विभिन्न कार्यक्रम गरि आफनो २७ औं बार्षिकसाधारण सभा सम्पन्न गरेको छ । स्थानीय नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको सभाहलमा एक कार्यक्रम बार्षिक साधारणसभा सम्पन्न...

नेक्सट जेनेरेसनको दमकमा एकदिने सेमिनार सम्पन्न

दमक | अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुका लागि झापाको दमकमा आज एकदिने निःशुल्क शैक्षिक परामर्श सेमिनार सम्पन्न भएको छ । नेक्सट जेनेरेसनको आयोजनामा निशुल्क एक दिने सेमिनार सम्पन्न भएकोे हो । कक्षा १२ पास...

दमकको हिमाविमा कांग्रेसले रोक्यो, विद्यालय व्यवस्थापन समिति

दमक, १ भदौं /  दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयमा नगरपालिकाले विद्यालय व्यवस्थापन र अभिभावक संघ गठन गर्न असफल भएको छ । आज गठनका डाकिएको अभिभावक भेलामा असन्तुष्ट पक्षले कार्यक्रम विथोलेपछि नगरपालिकाले शुरु गरेको सो...

भदौं १३–१५ गते सम्म दमक जेसीज सप्ताह

दमक,१ भदौ/  यहाँस्थित दमक जेसीजले भदौंको दोश्रो सातादेखि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । आज दमक जेसीज सचिवालयमा सम्पन्न पाचौं बोर्ड बैठकले यहि भदौ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह...

नेफस्कुनद्धारा स्वर्णलक्ष्मी शाकोसलाई सम्मान

दमक,१ भाद्र / दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था वित्तिय कारोवारको क्षेत्रमा पुनः उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ ( नेफस्कुन ) को ३१ औ स्थापना दिवसका अवसरमा विहिबार...

संग्रौला ब्रर्दशमा आगलागी ,२ करोडको क्षति

दुधे ,१ भाद्र / विद्युत सर्ट भएर झापाको शिवसताक्षी–११ स्थित सग्रौला ब्रर्दशमा आगलागी हुदाँ करिव २ करोड मूल्य बरावरको क्षति भएको छ । गएराती ८ वजेतिर अचानक आगलागी हुदाँ व्रदर्शमा रहेको विद्युतीय सामाग्रीहरु टिभी,फ्रिज,भ्याकुम...

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, १ भाद्र । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । विहिबार एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता जिल्ला अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा भएको भेलाले अध्यक्षमा...

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...