मेरो दमक महान: जब ठुलो आवाज गर्दै एउटा विमान मेरै घर छेउको एयरपोर्टमा ल्याण्ड हुन्छ…

हुनत मेरो दमककले राजनीतिक रुपमा मुलुकको उपल्लो दर्जाको हैसियत भेटेको भर्खरै मात्र हो तर पनि यो कस्तो जादुको छडि एका एक धमाधम दमक त सम्मृद्ध सभ्य र भब्य बने छ ।

नगेन्द्रमणि न्यौपाने

झापा जिल्लाकै दोस्रो पुरानो नगरपालिका हो दमक । करिब १ लाखको हाराहारिमा जनसंख्या रहेको मेरो दमक पछिल्लो समय हरेक हिसाबले चर्चाको शिर्ष स्थानमा पनि छ । यो नगरको मुख्य चौक अर्थात गणतन्त्र चोकका डाँफे मुनाल यो नगरको शोभाका प्रतिक बनेका छन ।मेरो दमक यति महान सुन्दर र अनुपम छ खै कहाँबाट यसको वर्णन शुरु गरौ । दमकको उत्तरमा रहेको विश्वकै अग्लो बुद्धको मुर्तिबाट गरौ की दक्षिणमा निर्माण भएको त्यो बिशाल औधोगिक क्षेत्रबाट गरौ । अहिले म आफै अलमल्ममा परेको छु । अहिले मेरो दमकको बर्णन गरिसाध्य नै छैन । यतिमात्र भनेर काहाँ यो विशाल दमकको कुरा पुरा हुन्छ र । अझै बर्णन गर्न लायक धेरै कुराहरु छन यहाँ । त्यो भ्यू टावर सहितको सपिङ कम्प्लेक्स जाहाँ प्रचण्ड गर्मिमा चोभलिनकालागि सुइमिग पुलको समेत राम्रो व्यवस्था छ ।

त्यो भ्यूटावरबाट देखिने बिशाल दमकको चित्र अनि नगरको वरिपरि निर्मार्ण भएको चक्रपथ त्यो चक्रपथ आफ्नै शुरुमा दौडिरहेका नगर बस देख्दा आफैलाई सपनाको कुनै नयाँ दुनियाँमा पुगेको भान हुन्छ ।

प्रसंग जोडौ बुद्ध मुर्तिको जाहाँ म बारम्बार पुग्ने गरेको छु । त्यो चुरेको फेदिमा एउटा जंगल भित्र अवस्थित यो ठाँउ सम्म जानकालागि मैले दमकको जुनै ठाँउबाट पनि नगर वा त मोनोरेल चढेर पुग्ने गरेको छु । बिशाल भिमकाय त्यो बुद्धको मुर्ति भित्र पसेर अनि लिफटमा चढेर पाँचौ तलामाथि जाहा बुद्ध शिर छ अनि शान्तिका प्रतिक ति दुई बुद्धका कोमल नयनबाट दमकलाई हेर्दा पाउदाको त्यो क्षण भनिसाध्यकै छैन । कति वर्णन गरेपनि अधुरो नै हुन्छ । अपुरो अपुरो हुन्छ । मेरा धेरै मित्रहरुले मलाई बारम्वार सोधिरहनु हुन्छ । मित्र हामिपनी लालाहित छौ त्यो बुद्धको छायामा पस्न अनि दमकको दृष्य अवलोकन गर्न । त्यसैले हामीले पनि भोली दिउसो १२ बजेको हवाइ उडानबाट दमककालागि टिकट गरिसकेका छौ । सुनेका छौ दमककमा त सुविधा सम्पन्न एयरपोर्ट पनि छ अरे । त्यसैले अरु आनन्दको महशुस गरि रहेका छौ ।

मित्र दमकमा जव प्लेनले लेण्ड गर्छ अनि हामिले दमकको कुन स्थानबाट मोनोरेल यात नगरवस चढन सहज हुन्छ । अनि म भन्ने गर्छु मित्र तपाईहरुले जे जस्तो भएपनि नगर बस त धेरै चढने भएको होला तर मेरो दमकमा आएपछि अवश्यपनि एक पटक चै रेल नै चढिदिनु होस न है । आ हा यसो भन्न पाउदा यति आन्नदको अनुभुति हुन्छ जसको वर्णन भनि साध्यकै छैन । अनि आफैले आफैलाई गर्वको भान हुन्छ मुसुुस्क मुहार मुस्कुराउ छ अनि थाहै नपाउदै मुुसुस्क मूस्कान फुत्कि हाल्छ ।

यहाँको शिक्षा स्वास्थ्यको त झन कुरै छोडौ हिजो जस्तो लाग्न तल्लो घरका छिमेकीका छोराले विदेशमा गएर डाक्टर पढेर आएको । तर आज त आहाँ हाम्रा भाइ बहिनिहरु कति भाग्य मानी आफनै घरको खाना खाएर डाक्टर, पाइलट अरु धेरै वियषय यहिका क्याम्पसहरुमा अध्ययन गर्नपाएका छन ।

त्यो बुद्ध भूमिमा मेरा धेरै मित्रहरु पुगिसके अझ विदेशबाट आउने पर्यटकहरुको पनि लस्करै हुन्छ आज भोली त त्यहाँ । जताँ गएपनि विदेशी नागरिक हातमा अत्याधुनिक क्यामेरा लिएर आफनै शुरमा व्यस्त हुन्छन । बोल्ने कसैलाई फुर्सद नै हुदैन । यो बुद्ध भूमि भन्दा केहि तलमात्र अर्को गगन चुम्मि महल ठडिएको छर्लगै देखिन्छ । त्यो गगन चुम्मि भवन हो मेरो दमकलाई दुनियाँले हेर्ने भ्यू टावर जाहाँ बाट हेर्दा फेरि दमक नै देखिन्छ । यो भ्युटावरमा चढेर थोरै पश्चि फिरेर हेर्यो भने त झन मेरो छिमेकी जिल्लाको मुधुमल्ला र उर्लावारी आगननै देखिन्छ । अनि फेरि मलाई अर्को गौरवको अनुभुति हुन्छ । साँच्चै हामि सम्मृद्ध मुलुकका सुखि जनता भएको मा । त्यो भ्यूटावरबाट देखिने बिशाल दमकको चित्र अनि नगरको वरिपरि निर्मार्ण भएको चक्रपथ त्यो चक्रपथ आफ्नै शुरुमा दौडिरहेका नगर बस देख्दा आफैलाई सपनाको कुनै नयाँ दुनियाँमा पुगेको भान हुन्छ । अनि एक पटक झसग हुन्छ तेतिनै खेर ठुलो आवज गर्दै एउटा विमान मेरै घर छेउको एयर पोर्टमा ल्याण्ड हुन्छ । त्यहाँ बाँट धेरै विदेशी नागरिकहरु ठुला ठुला झोल बोकेर हुलका हुल निस्कन थाल्छन । अझै यस्ता ठाँउ कति छन कति ।

त्यो एक लाख मानिसलाई एकै ठाँउमा रोजगारी दिइरहेको औधोगिक क्षेत्रको त कुरै गर्न बाँकी छ । दमक कै पहिचान बनेको बिच दमकको त्यो हरियाली चियाबगान जसले हिजै देखि दमकलाई चिनायो तर आज दमकलाई चिनाउने त्यस्ता कति छन कति । अलिक पर मुख्य राजमार्गमा निर्माण भएका दूइवटा आकाशे पुुलको पनि कम शान छ र यतिबेला दमकमा । बिशेष गरेर साँझको समय निकै व्यस्त देखिने ति आकाशे पुलमा युवा यूवतिहरुको हुलका हुल भेटिन्छन । सेल्फि हान्ले देखी मया पृती साटेसम्मलाई पनि स्वागत छ यहि आकाशे पुलमा ।

अझ साँझ पख विच बजारको नमुना मार्गमा पुग्नु भयो भने झन अचम्मित नै पर्न सक्नु हुन्छ । । सडका विचमा राखेका फलैचा अनि फुल बगैचा बेला बेला रुप परिवर्तन गरि रहने त्यो पानीको फोहोरा र फाहोर छेउकै सिहं देख्दा फेरि छाति ढक्क फुलेर आउछ । यहाँको शिक्षा स्वास्थ्यको त झन कुरै छोडौ हिजो जस्तो लाग्न तल्लो घरका छिमेकीका छोराले विदेशमा गएर डाक्टर पढेर आएको । तर आज त आहाँ हाम्रा भाइ बहिनिहरु कति भाग्य मानी आफनै घरको खाना खाएर डाक्टर, पाइलट अरु धेरै वियषय यहिका क्याम्पसहरुमा अध्ययन गर्नपाएका छन । जता हेरर्यौ उतै कालो पत्रे फराकिला चिल्ला सडक अनि त्यो सडकमा हिडिरहेका भब्य नगरका सभ्य नागरिक अहिले मेरो दमकले विश्वलाई नै चिनाउदै छ ।

पूर्वको रतुवा र पश्चिमका मावा खोलापनि अब त स्वच्छ सफा र बाह्रै महिना पानी कुदन थालेको छ । मुख्य बजार विचको दिपेनी खोलाको छ झन के कुरा तिहा त अहिले जता जतै फुलबारी बगैचा अनि साना साना तालहरु बनेका छन ।

यति मात्र कहाँ होर अहिले त हाम्रो दमकमा विदेशी बिरामी हुदा पनि उपचार गराउन यहि आइपुग्छन । अहिले आफैलाई अचम्म लाग्छ अरे दमक । हुनत मेरो दमककले राजनीतिक रुपमा मुलुकको उपल्लो दर्जाको हैसियत भेटेको भर्खरै मात्र हो तर पनि यो कस्तो जादुको छडि एका एक धमाधम दमक त सम्मृद्ध सभ्य र भब्य बने छ । हिजो मात्र हो तल्लो घरका भाईहरु बैदेशी रोजगारीका लागि विदेशीएका तर आज मेरो दमकमा उल्टै विदेशीले समेत कमम पाउन थालेका छन । त्यो औधोगिक क्षेत्रका विशाल उद्योगहरु जसको उत्पादन आज विश्व बजार सम्म पुगकोछन । अनि ति प्रत्येक उत्पादनका बाहिर दमक लेखिएको छ । अहिले त हामिले अरु उत्पादनलाई विर्सिसक्यो जे चाहिएपनि यहि उत्पादन हुदैछन । अनि किन चाहियो हामिलाई अब ति जापानिज, चाइनिज, ताइवान र थाइलेण्डका उत्पादन अबत आफनै घर नजिकैका उत्पादनहरु हाम्रा घर भरि छन । अब कस्ले भन्न सक्छ हामिलाई तिमिहरु मेरो देशमा काम गर्न आउ । अब त हामि स्वाभिमानि भइनैसक्यौ नि । अभाब के हो थाहा नै हुन छोडयो । घरिघरि त लाग्छ हाम्रा पुर्खाहरु कति अभागि जसले दमकको सक्कली मुहार देख्न नपाउदै यो धर्ति छोडेर गए । अहिले त देश विदेशका राष्ट्र प्रमुख हरुपनि पहिला दमकमा नै आउन थालेका छन । उनिहरुलाई दमकको त्यो सुविधा सम्पन्न भब्य सिटिहलमा स्वागत गरिन्छ । अनि देश विदेशका बिचार मिर्शषहरु यहि भवनमा साटासाट हुन्छन । यहाँका सुविधा सम्पन्न खेल मैदानले अहिले धमाधम राष्ट्रिय स्तर देखी अन्तरराष्ट्रिय स्तर सम्मकै खेलाडीहरु उत्पादन गरिरहेका छन ।

दमकका ति धान फल्ने खेतहरु पनि अब चाहिएको छैन हामिलाई तिहा त अब ठुला ठुला व्यवसायिक उत्पादनका फमहरु बनि सकेका छन । पूर्वको रतुवा र पश्चिमका मावा खोलापनि अब त स्वच्छ सफा र बाह्रै महिना पानी कुदन थालेको छ । मुख्य बजार विचको दिपेनी खोलाको छ झन के कुरा तिहा त अहिले जता जतै फुलबारी बगैचा अनि साना साना तालहरु बनेका छन । वारिपारीका घरहरु यसको संरक्षण गरिरहेका छ । यतिले मात्र आनन्दको अनुभुती नहुदा अलिक तलतिरको इन्द्र्ेणी ताल सम्म झर्दा त झन तिहाको वर्ण गरिसाध्य नै छैन । एक विहानै देखि मानिसका हुलहरु यहि तालका वरिपरि झुमिन्न थाल्छन । यो तालको आसपासमा व्यापार पनि राम्रो फस्टाएको छ अहिले ।

त्यसैले त मेरो दमक निकै महान बनेको छ अनि मलाई गौरब छ मेरो दमक प्रति आहा म कत्ति भाग्यमानी । यस्तो गौरब गर्न सवै नेपालीले काहा पाएका होलान र तर म धन्य छु किन की म दमकको नागरिक हुन पाएको मा यति गौरब गर्न पाएको छु । यदि म दमकमा नभए र अन्य क्षेत्रमा भएको भए सायदै यो गौरब गर्न पनि पाउदिन थिए होला त्यसैले फेरि पनि अफैले आफैलाई धन्यवाद दिन चाहन्छु । अब त मलाई कुनै संकोच नै छैन ढुक्कका साथ भन्न सक्छु मित्रहरु एक पटक अवश्य पनि आउनु होस स्वागत छ तपाईलाई पनि दमकमा…

शनि, जेष्ठ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

दमकमा कांग्रेसले शिक्षा नियमावली जलायो

दमक,३१ साउन / झापाको दमक नगरपालिकाले जारी गरेको शिक्षा नियमावली नेपाली कांग्रेसले जलाएको छ । आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले विहिबार नगरपालिका घेराउ गर्दे सो नियमावलीको पुस्तिका जलाएको हो...

‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, ३१ साउन । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । जिल्लाको कनकाई, बिर्तामोड,...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

नबिना कुइकेल शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार...

वर्तमान सरकारका ५ महिने मुख्य ३५ उपलब्धी [विस्तृत विवरणसहित]

काठमाडौं । वर्तमान सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृतवको वर्तमान सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरु सार्वजनिक गरेको हो । सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक...

जेसीज सामुदायिक भवनका लागि २२ लाखको सहयोग घोषणा

बिर्तामोड,साउन २७ । वीरता जेसीजले निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आइतवार एकैदिन विभिन्न दाताहरुले २२ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वीरता जेसीजका अध्यक्ष एकराज...

दमकमा एक वर्षमा ७ सय व्यवसाय थपिए

दमक,२५ साउन / झापाको दमकमा व्यवसायीक आर्कषण बन्दै गएको छ । पूर्वी पहाडदेखि ग्रामीण भेगका मानिसहरु रोजगारी र दमकमा बसाईसरेसंगै व्यापार ,व्यवसायमा दिनानुदिन आर्कषण बन्दै गएको हो । दमक उद्योग वाणिज्य संघका अनुसार दमकमा बर्सेनी...

मन्दिरका सचिव विष्ट र सदस्य भण्डारी कारवाहीमा

दमक,२४ साउन/ मन्दिर निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा दमकको एक मन्दिरका सचिव र सदस्य कारवाहीमा परेका छन् । दमक–१० स्थित शिव मन्दिर निर्माणको क्रममा आर्थिक अनियमितता भएको पाईएपछि मन्दिरका सचिव चन्द्रवहादुर विष्ट र सदस्य...

दमकमा आर्कषक ‘फनपार्क’ बन्दै

दमक,२३ साउन / झापाको दमकमा सुविधासम्पन्नसहित आर्कषक फनपार्क वन्ने भएको छ । दमकमा मनोरञ्जनस्थलको अभाव भईरहेको वेला दमक–२ स्थित भाङवारीमा स्थानीय युवा व्यवसायीहरुले करोडौको लागतमा फन पार्क वनाउन लागेका हुन् । फन पार्कको नाम ‘हाम्रो...

औकात भन्दा माथि उठ्ने संकल्प

जीवनका भिन्न भिन्न कालखण्डमा भिन्न भिन्न मानिसहरुले गरेका भिन्न भिन्न अनुभुतिका आधारमा सफलताको अर्थ पनि भिन्न भिन्न नै हुने गरेको हामीले सुनेका छौँ, अनुभव गरेका छौँ। जस्तै कसैका लागि नाम कमाउनु, कसैका लागि पैसा...