पर्यटनको प्रचुर सम्भावना बोकेको तिनकुने पोखरी अझै ओझलमा

हाम्रो दमक

पर्यटनको प्रचुर सम्भावना बोकेको इलाम चुलाचुली २ मा रहेको सिमसार क्षेत्रको तिनकुने पोखरी निर्माण शुरु भएको छ ।

प्रचार प्रसार तथा आर्थिक अभाबका कारण यो सिमसार क्षेत्र ओझेलमा परेको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिले करिब १७ लाख आर्थिक सहयोग गरे पछि अहिले यो सिमसार क्षेत्रमा विकाश निर्माणको काम धमाधम भइरहेको छ ।

इलामको दक्षिणी गाँउपालिका चुलाचुली २ मोरङ्गे झोडामा रहेको यो सिमसार क्षेत्रमा लाई पर्यटकीय स्थलका रुपमा विकाश गर्न स्थानीय अहिले जुटेका छन । करिब ५ बिघा क्षेत्रफलमा फैलिएको सो सिमसार क्षेत्रमा अहिले पोखरी बिस्तार, सडक स्तरोन्तीको काम भैसकेकोले आन्तरिक तथा बह्यि पर्यटकलाई भित्रयाउनका लागी बिभिन्न योजना अघि सारेको तिनकुने पोखरी सिमसारक्षेत्र संरक्षण समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

२०४९ सालमा स्थानीयले सिंचाईको लागी बाध निर्माण गरेपछि यो क्षेत्रमा पोखरी बनेको थियो । तर पछिल्लो समय राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिको १६ लाख ९६ हजार ७ सय ५२ रुपैयाको आर्थिक सहयोगमा अहिले सिमसार क्षेत्रको बिकाश बिस्तार गरिदै आएको तत्कालीन गाबिस अध्यक्ष ओमनारयण खनालले बताउनु भयो ।

चुरे पाहाडको काखमा रहेको यो सिमसार क्षेत्र भौगोलिक रुपमा समेत पर्यटनको प्रचुर संभावना रहेकाले गाउपालीकाको तर्फबाट सक्दो सहयोग भइरहेको २ नम्बर वाडका अध्यक्ष रनबहादुर लिम्बु बताउनु हुन्छ । तिनकुने पोखरी तथा सिमसार क्षेत्रसम्म पुग्नकालागी झापाको केर्खा मुख्य राजमार्गबा सडक खण्डबाट करिब ३ किलोमिटर उत्तरको यात्रा पछि पुग्न सकिन्छ ।

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

ओजन पानी उद्योग उर्लाबारीमा लाग्यो ताला

दमक | मोरङको उर्लावारीमा संचालित आर के इन्डस्ट्रिज प्रालिले उत्पादन गर्दैआएको ओजन पानी उद्योगलाई क्षेत्रिय खाद्य तथा गुणनियन्त्रण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । क्षेत्रीय खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरको टोलीले सो उद्योगमा शिलबन्दी...

इलाममा सुकिलुम्बा विमानस्थल, गर्यो तारा एयरले सफल परीक्षण उडान, फोटो फिचर

इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरको विमानले सफल परीक्षण उडान गरेको छ। सोमबार मध्यान्ह उक्त विमान इलाममा अवतरण गरेको हो। पूर्वी पहाडको प्रमुख पर्यटकीय स्थल इलाम पनि अब हवाई मार्गमा जोडिने भएको छ। इलाममा...

मिस टीन प्रदेश नं. १ प्रतियोगिताका सहभागीे बन्द प्रशिक्षणमा

बिर्तामोड | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भइरहेको मिस टीन प्रदेश नं. १ प्रतियोगिताको चौथो संस्करणमा सहभागी प्रतियोगीहरुको बन्द प्रशिक्षण मंगलबारबाट बिर्तामोडमा शुरु भएको छ । प्रदेश नं. १ अन्तर्गत झापाको...

दमकमा अत्याधुनिक वर्कशप सन्चालनमा

दमक । दमक ५ मा रहेको न्यु सगम ईन्टरपाइजेजले अत्याधुनिक वर्कशपको आज एक कार्यक्रमबिच उदघाटन गरेको छ । वर्कशपको दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङले रिबन काटेर उदघाटन गर्नु भएको हो । ईन्टरप्राइजेजका संचालक बिमल...

लैङ्गीक समानता सम्बन्धि झापामा दिने प्रशिक्षण

दुहागढी | लैङ्गीक समानता तथा कानुनी सचेतना सम्बन्धि एक दिने प्रशिक्षण झापाको दुहागढीमा शुक्रबार सम्पन्न भएको छ । महिला शसक्तिकरण अभियान मेचीनगर १४ को आयोजनमा सम्पन्न प्रशिक्षणमा स्थानिय ७० जना भन्दा बढी महिला तथा पुरुषहरुको...

मिक्लाजुङ लायन्समा भण्डारी

मधुमल्ला, ११ जेठ | मोरङको मिक्लाजुङमा लायन्स क्लव अफ मिक्लाङजुङ गठन भएको छ । लायन्स क्लव दमक स्वीट सिटीको समन्वयमा विहिबार लायन्स क्लव अफ मिक्लाजुङ गठन गरिएको हो । समाजका विभिन्न क्षेत्रमा संलग्न युवाहरुको भेलाले रुद्र...

लुक मि फेसन ग्यालरीको दाेस्राे शाखा दमकमा

दमक | झापाको दमकमा बुधवारबाट लुक मि फेशन ग्यालरीको दोश्रो शाखा संचालनमा आएको छ । शाखाको नेपालका राष्ट्रिय फुट्बल खेलाडी देवेन्द्र तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् । ग्यालरीमा विश्व प्रसिद्ध ब्राण्डका कपडाहरु तथा खेलकुदका...

पोषणयुक्त बुटी मोरिङ्गाको व्यवासायीक उत्पादन तथा विक्री वितरण नेपालमा सुरु

नेपालमा पाइने वहु पोषणयुक्त बुटी मोरिङ्गाको व्यवासायीक उत्पादन तथा विक्री वितरण सुरु गरिएको छ । आइतबार देखि मोरिङ्गा नेपाल प्रा.लि.ले उत्पादन तथा बजारीकरणको सुरुवात गरेको हो । काठमाडौंको बालुवाटरस्थित चियापान रेष्टुरेन्टमा एक कार्यक्रम गरि मोरिङ्गा...

बिर्तामोड स्थित वीरता जेसीज पुनः उत्कृष्ट

बिर्तामोड बैशाख ३०। झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ अप्रिल २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ । वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी...