मिस टीन प्रदेश नं. १ प्रतियोगिताका सहभागीे बन्द प्रशिक्षणमा

हाम्रो दमक

बिर्तामोड | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भइरहेको मिस टीन प्रदेश नं. १ प्रतियोगिताको चौथो संस्करणमा सहभागी प्रतियोगीहरुको बन्द प्रशिक्षण मंगलबारबाट बिर्तामोडमा शुरु भएको छ ।

प्रदेश नं. १ अन्तर्गत झापाको बिर्तामोड, दमक, इटहरी र इलाममा भएको छनौट चरणबाट छनौट भएका २२ जना प्रतियोगीहरु बन्द प्रशिक्षणमा सहभागी छन् । तालिमको उद्घाटन प्रमुख अतिथि वीरता जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार बस्नेतले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेतले जेसीज नेतृत्व तथा व्यक्तित्व विकास गराउने विश्व विद्यालय भएकोले प्रतियोगिताका सहभागीलाई तालिममा सिकेको कुरा ब्यबहारमा उतार्न आग्रह गरेका थिए । उनले तालिमको बन्द प्रशिक्षणमा रहेका प्रतियोगी बिरामी भए बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालले निःशुल्क उपचार गर्ने तथा प्रतियोगिताका विजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपलाई एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता मिडिया एण्ड इन्टरटेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजका तालिम संयोजक तथा कार्यक्रम संयोजक विकास बस्नेतले स्वागत, कार्यकारिणी उपाध्यक्ष मिक्की कार्कीले आस्था वाचन, कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले जेसीआई भिजन, मिसन, जेसीआई नेपाल थिम, जेसीआई वीरता थिम वाचन गरेका थिए ।

त्यस्तै बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, चेम्बर अफ कमर्स झापाका अध्यक्ष सन्तोषकुमार अग्रवाल, बोस्टन एजुकेशन फाउण्डेशनका सिइओ सुमन शर्मा जमरकट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिइओ जमरकट्टेलले प्रतियोगिताको उपाधि विजेतालाई बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति, प्रतियोगिताको फस्ट रनरअपलाई ५० प्रतिशत छात्रबृत्ति र सेकेण्ड रनरअपलाई २५ प्रतिशत छात्रबृत्ति र प्रतियोगितामा सहभागीलाई १५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने बताए ।

कार्यक्रममा अग्रसेन भवनका अध्यक्ष शिवकुमार अग्रवाल, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेती, महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई, छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष घनश्याम चौधरी, चलचित्र नायक तथा निर्माता गोपाल एक्तेन, मिस टिन पूर्वाञ्चल २०१७ की विजेता प्रजिता पाठक लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले वीरता जेसीजले नेतृत्व तथा व्यक्तित्व विकास र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मिस टिन प्रदेश नं. १ प्रतियोगिताको आयोजना गरेको बताए ।

मंगलबारबाट शुरु भएको बन्द प्रशिक्षणमा नेतृत्व तथा व्यक्तित्व विकास, उद्घोषण, पत्रकारिता, ट्राफिक सचेतना, साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना, लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, पर्यटन सम्बन्धी जानकारी, जुम्बा डान्स, स्वीमिङ, र्याम्प वाक लगायतका प्रशिक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराएर आन्तरिक पर्यटनबारे समेत जानकारी गराइने वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक राज सुब्बाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे (विनोद)ले गरेका थिए ।

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

वीरता जेसीजको सहयोग पाउँदा बिपन्न ६० बालबालिका फुलपातीमा फुरुङ्ग

कनकाई, असोज ३० ।  झापाको कनकाई नगरापालिका–१ प्रजापतिस्थित पशुपति प्राविका ६० बालबालिकालाई वीरता जेसीजले विभिन्न सामग्री सहयोग गरेको छ । बिर्तामोडस्थित वीरता जेसीजले आर्थिकरुपमा अति विपन्न अभिभावकका ती बालबालिकालाई ब्याग, जुत्ता–मोजा, टिफीन बक्स, पानी पिउने...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...

वीरता जेसीजद्वारा अक्षयकोषसहित दुई पुरस्कारको स्थापना

बिर्तामोड, असोज २४। झापाको बिर्तामोडस्थित वीरता जेसीजले दुई लाख रुपैयाँको अक्षयकोषसहित दुई जना पूर्व अध्यक्षको स्मृतिमा पुरस्कारको स्थापना गरेको छ । वीरता जेसीजको सचिवालयमा आज बुधबार आयोजित एक कार्यक्रमकाबीच पुरस्कार स्थापनाको घोषणासँगै अक्षयकोषका लागि रकम...

फस्टाउदै दमकमा रात्री बजार

नगेन्द्रमणी न्यौपाने दमक | पछिल्लो समय व्यापार गर्ने शैलिमा पनि निकै फेरबदल आएको छ । बदलिदो समाजिक परिवेश संगै व्यापार गर्ने तरिकामा पनि निकै परिवर्तन भएको हो । झापाको दमकस्थित नमुना बजारमा शुरुभएको रात्रि बजारमा...

दमकमा होटल व्यवसायीको मेची करिडोर स्तरीय भेला हुने

दमक | झापाको दमकमा होटल तथा पर्यटन व्यबसायीको मेची करिडोर स्तरीय भेला हुने भएको छ । होटल व्यवसायी सघं क्षेत्रीय समिति माई पश्चिमले भेला आयोजना गर्ने भएको हो । अगामी असोज ११ गते मेची अञ्चलका...

गोधुली युथ क्लब धाइजन क्वाटर फाइनलमा ।

शान्तिनगर । गोधुली एफसी धाईजन झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शनिबार सम्पन्न खेलमा कुटिडाँडा युवा क्लब इलामलाई २—० गोल अन्तरले हराउँदै धाइजन...

गरे के हुन्न, ब्यवसायिक बंगुरपालनमा सफल झापा तोपगाछीका सञ्जिब कुमार राई

केशवराज भण्डारी, झापा महेन्द्र राजमार्ग अन्तर्गत कमल गाउ“पालिका वडा नं. ४ मा पर्ने चुलाचुली मोड बाट २ किलोमिटर दक्षिण झरे पछि ब्यवस्थित बंगुरपालन फार्म युवा उद्यमी सञ्जिवकुमार राइले सञ्चालन गरेको कुलुङ बंगुर फर्ममा पुगिन्छ ।...

जेसिजकाे नेतृत्व बिकास तालिम सम्पन्न

दमक | नेपाल जेसिजकाे तालिम सप्ताह अन्तर्गत कमलनगर जेसिजकाे अाथित्यतामा १ दिने नेतृत्व बिकास तथा जीवन चक्र भन्ने तालिम समापन भएको छ । कमलनगर र अासपासका जेसिज शाखाहरूवाट ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।...

दमकमा स्वदेशी ब्राण्ड गोल्डस्टारको शोरुम

दमक | झापाको दमकमा गोल्डस्टार ब्राण्डका जुत्ता चप्पल सोरुमको एक कार्यक्रमका बिच उद्याटन गरिएको छ । दमक ८ स्थीत हाइवे नजिकै रहेको सो सोरुमको आज दमक उद्योग बणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले रिबन काटेर उद्याटन...

दमकमा डेढ दशकदेखि क्रियाशिल संचारकर्मी नगेन्द्रमणी न्यौपाने (काका) पुरस्कृत हुदै

दमक | झापाको दमकमा रहेर डेढ दशकदेखि क्रियाशिल संचारकर्मी नगेन्द्रमणी न्यौपाने डाँफे सहकारीता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । हिमशिखर टेलिभिजनको समाचार शाखामा कार्यरत न्यौपानेलाई दमकमा रहेको डाँफे सहकारी संस्थाले पुरस्कृत गर्न लागेको हो ।...