आगामी आवका लागि रु १३ खर्ब १५ अर्ब बजेट विनियोजन

हाम्रो दमक

काठमाडौँ, १५ जेठ | सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ रु ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट रु ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा रु चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने छ ।

बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट रु दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद रु एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उहाँले जानकारी दिनुभयो ।

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

दमकमा कांग्रेसले शिक्षा नियमावली जलायो

दमक,३१ साउन / झापाको दमक नगरपालिकाले जारी गरेको शिक्षा नियमावली नेपाली कांग्रेसले जलाएको छ । आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले विहिबार नगरपालिका घेराउ गर्दे सो नियमावलीको पुस्तिका जलाएको हो...

‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, ३१ साउन । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । जिल्लाको कनकाई, बिर्तामोड,...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

नबिना कुइकेल शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार...

मेची सहकारी संस्थाको बार्षिकोत्सवसहित साधारणसभा शुरु

दमक,२८ साउन/ यहाँस्थित मेची सहकारी संस्था आफनो बार्षिकोत्सवसहित साधारणसभा विविध कार्यक्रमको आयोजना गरि शुरु गरेको छ । सहकारीका बिभिन्न कार्यक्रमहरु सोमबार देखि शुरु भएका छन् । संस्थाले स्वास्थ्य जाँच, सचेतना कक्षा, पुरस्कार वितरण, रक्तदान, नेत्रदान र...

वर्तमान सरकारका ५ महिने मुख्य ३५ उपलब्धी [विस्तृत विवरणसहित]

काठमाडौं । वर्तमान सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृतवको वर्तमान सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरु सार्वजनिक गरेको हो । सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक...

जेसीज सामुदायिक भवनका लागि २२ लाखको सहयोग घोषणा

बिर्तामोड,साउन २७ । वीरता जेसीजले निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आइतवार एकैदिन विभिन्न दाताहरुले २२ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वीरता जेसीजका अध्यक्ष एकराज...

संगममा ‘पल्सर १५० ट्विन डिक्स’ मोटरसाइकल

दमक, २७ साउन / यहाँस्थित न्यू संगम इन्टरप्राइजेजले बजाज कम्पन्नीको नयाँ ‘पल्सर १५० ट्विन डिक्स’ भएको मोटरसाइकल दमकमा ल्याएको छ । आइतबार इन्टरप्राइजेजले एक कार्यक्रमको आयोजना गरेर सो मोटरसाइकलकोऔपचारिक रुपमा विक्री सुरु गरेको हो...

दमकमा एक वर्षमा ७ सय व्यवसाय थपिए

दमक,२५ साउन / झापाको दमकमा व्यवसायीक आर्कषण बन्दै गएको छ । पूर्वी पहाडदेखि ग्रामीण भेगका मानिसहरु रोजगारी र दमकमा बसाईसरेसंगै व्यापार ,व्यवसायमा दिनानुदिन आर्कषण बन्दै गएको हो । दमक उद्योग वाणिज्य संघका अनुसार दमकमा बर्सेनी...

मन्दिरका सचिव विष्ट र सदस्य भण्डारी कारवाहीमा

दमक,२४ साउन/ मन्दिर निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा दमकको एक मन्दिरका सचिव र सदस्य कारवाहीमा परेका छन् । दमक–१० स्थित शिव मन्दिर निर्माणको क्रममा आर्थिक अनियमितता भएको पाईएपछि मन्दिरका सचिव चन्द्रवहादुर विष्ट र सदस्य...