कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

हाम्रो दमक


बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् ।
आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत र सचिव दुर्गा आचार्यले १० हजार २ सय ११ रुपैयाँ पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका थिए । पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषको संयोजक एकराज गिरीलाई समितिको तर्फबाट उक्त रकम हस्तान्तरण गरिएको थियो ।
कल्भर्ट निर्माण समितिका अध्यक्ष बस्नेत सञ्चारकर्मी समेत हुन् भने सचिव आचार्य एकल महिला समूह झापाकी अध्यक्ष हुन् । कल्भर्ट निर्माण गरेर उपभोक्ता समितिमा बचत उक्त रकम सामाजिक सेवामा समर्पित गर्ने निर्णय बमोजिम पत्रकार उपचार कोषलाई दिइएको बताइएको छ ।
विकास निर्माणबाट बचेको रकम पारदर्शी ढंगले सार्वजनिक गर्दै पत्रकार उपचार कोषमा प्रदान गरेकोमा महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरीले धन्यवाद ज्ञापन गरे ।
पत्रकार महासंघले एक करोड रुपैयाँको अक्षयकोष बनाइ त्यसको ब्याजबाट घाइते तथा विरामी पत्रकारको उपचार गर्ने योजनाका साथ चलाएको अभियान अन्तर्गत हालसम्म ३५ लाखभन्दा बढी जम्मा भइसकेको छ । पत्रकार महासंघका सदस्यले उक्त कोषबाट सेवा लिन तीन हजार रुपैयाँ सदस्यता शुल्क बुझाउनुपर्ने कार्यविधि अनुसार सदस्यता लिनेक्रम समेत जारी रहेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए ।

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

ताप्लेजुङ्गको साविक सिनाम गाविस पूर्ण खोप घोषणा ।

बिर्तामोड । ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोप घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१ आँै वडा र साविक ३९ औँ गाविसको रुपमा सिनाम एक नम्बर वडालाई आज पूर्ण...

दमक उवासंघको २७ औं बार्षिक साधारणसभा सम्पन्न

   पत्रकार उप्रेती पुरस्कृत दमक,१ भदौ/  दमक उद्योग वाणिज्य संघले शुक्रवार विभिन्न कार्यक्रम गरि आफनो २७ औं बार्षिकसाधारण सभा सम्पन्न गरेको छ । स्थानीय नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको सभाहलमा एक कार्यक्रम बार्षिक साधारणसभा सम्पन्न...

भदौं १३–१५ गते सम्म दमक जेसीज सप्ताह

दमक,१ भदौ/  यहाँस्थित दमक जेसीजले भदौंको दोश्रो सातादेखि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । आज दमक जेसीज सचिवालयमा सम्पन्न पाचौं बोर्ड बैठकले यहि भदौ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह...

नेफस्कुनद्धारा स्वर्णलक्ष्मी शाकोसलाई सम्मान

दमक,१ भाद्र / दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था वित्तिय कारोवारको क्षेत्रमा पुनः उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ ( नेफस्कुन ) को ३१ औ स्थापना दिवसका अवसरमा विहिबार...

संग्रौला ब्रर्दशमा आगलागी ,२ करोडको क्षति

दुधे ,१ भाद्र / विद्युत सर्ट भएर झापाको शिवसताक्षी–११ स्थित सग्रौला ब्रर्दशमा आगलागी हुदाँ करिव २ करोड मूल्य बरावरको क्षति भएको छ । गएराती ८ वजेतिर अचानक आगलागी हुदाँ व्रदर्शमा रहेको विद्युतीय सामाग्रीहरु टिभी,फ्रिज,भ्याकुम...

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, १ भाद्र । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् । विहिबार एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता जिल्ला अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा भएको भेलाले अध्यक्षमा...

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...