नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ

हाम्रो दमक

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

गत जेठ ७ गते संसदमा प्रष्तुत सरकारको नीति तथा कार्यक्रममा संसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ ।” प्रधानमन्त्री ओलीले नीति कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताउनुभयो ।

सरकारले सुशासन,स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ । पाँच बर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ । “ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला । कसैले दिवास्वपना पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”

प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा रहेका एयरपोर्टहरुलाई पुनमरमत गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूले सामाजिक सद्धभावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सबैलाई एकताबद्ध भएर समृद्धिको बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दिनको २१ घण्टा सञ्चालन हुन थालेकोले अब आकासमा हुने टा«फिक जाम अन्त्य हुने बताउनुभयो ।

प्रतिपक्षी दलहरुले तीन बर्षमा हुने काम तीन महिनामा किन भएन भनेर गरेको प्रश्नप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “साथीहरुलाई म प्रति कत्रो विश्वास रहेछ । तीनबर्षमा हुने काम तीनै महिनामा गर्नेछ भन्ने विश्वासका आधारमा वहाँहरुले यस्तो प्रश्न गर्नुभएको हो ।”

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको छ । संसदको बहुमतले आजै सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

दमकको हिमाविमा कांग्रेसले रोक्यो, विद्यालय व्यवस्थापन समिति

दमक, १ भदौं /  दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयमा नगरपालिकाले विद्यालय व्यवस्थापन र अभिभावक संघ गठन गर्न असफल भएको छ । आज गठनका डाकिएको अभिभावक भेलामा असन्तुष्ट पक्षले कार्यक्रम विथोलेपछि नगरपालिकाले शुरु गरेको सो...

दमकमा कांग्रेसले शिक्षा नियमावली जलायो

दमक,३१ साउन / झापाको दमक नगरपालिकाले जारी गरेको शिक्षा नियमावली नेपाली कांग्रेसले जलाएको छ । आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले विहिबार नगरपालिका घेराउ गर्दे सो नियमावलीको पुस्तिका जलाएको हो...

‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, ३१ साउन । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । जिल्लाको कनकाई, बिर्तामोड,...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

नबिना कुइकेल शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार...

वर्तमान सरकारका ५ महिने मुख्य ३५ उपलब्धी [विस्तृत विवरणसहित]

काठमाडौं । वर्तमान सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृतवको वर्तमान सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरु सार्वजनिक गरेको हो । सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक...

धनसिं बाँध निर्माण भए पछि विर्तामोड बसपार्क क्षेत्र सुरक्षित

झापा | झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरवन्दि स्थित अदुवा खोलामा बाँध निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको २५ लाख अनुदान सहयोग, १ नम्बर प्रदेश सरकार संसद विकास कोष अन्तर्गतको रु ३...

जेसीज सामुदायिक भवनका लागि २२ लाखको सहयोग घोषणा

बिर्तामोड,साउन २७ । वीरता जेसीजले निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आइतवार एकैदिन विभिन्न दाताहरुले २२ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वीरता जेसीजका अध्यक्ष एकराज...

विराटनगर महानगरपालिकाभित्र बिस्फोट

विराटनगर । विराटनगर महानगरपालिकाभित्र बिस्फोट भएको छ । बम वा अरु कुनै उपकरण के पड्किएको हो भन्ने पहिचान हुन नसकेपनि बिस्फोटबाट कार्यालयका झ्यालका सिसा फूटेका छन् । मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित...

दमकमा एक वर्षमा ७ सय व्यवसाय थपिए

दमक,२५ साउन / झापाको दमकमा व्यवसायीक आर्कषण बन्दै गएको छ । पूर्वी पहाडदेखि ग्रामीण भेगका मानिसहरु रोजगारी र दमकमा बसाईसरेसंगै व्यापार ,व्यवसायमा दिनानुदिन आर्कषण बन्दै गएको हो । दमक उद्योग वाणिज्य संघका अनुसार दमकमा बर्सेनी...