मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

हाम्रो दमक

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् ।

प्रदेश नं. १ अन्तर्गत झापाको बिर्तामोड, दमक, इटहरी, इलाममा भएको छनौट चरणबाट उनीहरु छनौट भएको वीरता मिडिया एण्ड इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक एलसी श्रेष्ठले जानकारी दिए । ती स्थानमा भएका छनौटका लागि ५० भन्दा बढीले सहभागिता जनाए पनि प्रतियोगिताका लागि २२ जनाको छनौट गरिएको उनले बताए ।

१३ बर्षदेखि १९ बर्ष उमेर समूहका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले वीरता जेसीज बिर्तामोड र वीरता मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले जानकारी दिए । वीरता जेसीजले नेतृत्व तथा व्यक्तित्व विकास र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मिस टिन पूर्वाञ्चल प्रदेश नं. १ को आयोजना गरिएको उनले बताए ।

यसैबीच प्रतियोगिताको अन्तिम छनौट बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोडको हवि स्वीमिङ कम्प्लेक्समा भएको अन्तिम छनौटबाट नौ जना प्रतियोगी छनौट भएको कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए । उनीहरुलाई मिस टिन पूर्वाञ्चल तेस्रो संस्करणकी विजेता प्रजिता पाठक, कोरियोग्राफर असिमा दूतराज, मोडल स्वेता केसी, वीरता जेसीजका तालिम संयोजक विकास बस्नेत, बिर्ता मिडिया एण्ड इन्टरटेनमेन्टका राज शर्मा लगायतले छनौट गरेको उनले बताए ।

छनौट भएका प्रतियोगीहरुको आगामी जेठ १५ गते मंगलबारदेखि बिर्तामोडस्थित रेड मगमा बन्द प्रशिक्षण सञ्चालन गरिने कार्यक्रम निर्देशक एलसी श्रेष्ठले जानकारी दिए । उनीहरुलाई १५ दिनको बन्द प्रशिक्षण दिइने र बन्द प्रशिक्षणमा नेतृत्व तथा व्यक्तित्व विकास, उद्घोषण, पत्रकारिता, ट्राफिक सचेतना, साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना, लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, पर्यटन सम्बन्धी जानकारी, जुम्बा डान्स, स्वीमिङ, र्याम्प वाक लगायतका प्रशिक्षण प्रदान गरिने उनले बताए । त्यस्तै कोरियोग्राफर असिमा दुतराजको कोरियोग्राफीमा प्रतियोगिता सञ्चालन गरिने उनले बताए ।

आगामी असारको पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा गरिने र प्रतियोगिताको उपाधि विजेतालाई बिर्तामोडस्थित बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रबृत्ति, फस्ट रनरअपलाई ५० प्रतिशत छात्रबृत्ति र सेकेण्ड रनरअपलाई २५ प्रतिशत छात्रबृत्ति प्रदान गरिने वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...