गणतन्त्र दिवसको विदा निरन्तरताको माग

हाम्रो दमक

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट गरेको छ ।
युनियनका शाखा अध्यक्ष कृष्ण हुमागाँईको अध्यक्षतामा आइतबार विर्तामोडमा बसेको संयुक्त बैठकले जनआन्दोलन २०६२/०६३ मा नेपाली जनताको अपार जनसहभागितामा सफल जनआन्दोलनको सम्मान गर्दै गणतन्त्र दिवसका दिन दिइदै आएको विदालाई निरन्तरता दिन आग्रह गरेको छ ।

सार्वजनिक विदा निरन्तरताको माग गर्दै युनियनले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने कार्यक्रममा १० बजे उपस्थित हुन युनियनका सदस्यहरुलाई आह््वान समेत गरिएको छ ।

यसैगरी युनियनको विधानलाई अविलम्ब परिमार्जन गरी संकठनलाई प्रादेशिक संरचनामा लैजान केन्द्रीय समिति समक्ष माग गरेको छ । बैठकले तत्काल विधान संशोधन गरी जिल्ला अधिवेशनको मिति खुल्ला गर्न पनि माग राखेको छ ।

त्यस्तै बैठकले नेपाल पत्रकार महासंघ प्रदेश समितिमा युनियनका तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित केन्द्रीय प्रतिनिधि रेजिना गौतम, उपाध्यक्षमा निर्वाचित इलामका सोमनाथ सुसेली, पाँचथरका विपेन्द्र गौतम, उदयपुरका डिल्लीराम खतिवडा, मोरङका ब्रम्ह्रदेव यादव र सुनसरीका इकवाल अहमदलाई बधाई ज्ञापन गरेको छ ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

मन्त्री स्थापितमाथि यौनहिंसाको संगिन आरोप ! भनेको नमान्दा जागिरै चैट

काठमाडौं, ५ कात्तिक। प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौनहिंसाको आरोप लागेको छ । लगभग १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले महिला कर्मचारीमाथि...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...