जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

हाम्रो दमक

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् ।
‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको पहिचान, किरात प्रदेश निर्माण गर्ने हाम्रा अभियान’ भन्ने नाराका साथ किरात राई यायोक्खा झापाले आज कमल गाऊँपालिकास्थित साकेला स्थल सितापुरीमा जिल्लास्तरिय कार्यक्रम गरि उभौली मनाएका हुन् ।


सो कार्यक्रममा राई समुदायका अगुवाहरुलाई सम्मान गर्नुका साथै जिल्लास्तरिय साकेला सिली नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संघीय संसद सदस्य, प्रदेश सभासहित राई समुदायबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुने सांसदहरुमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, प्रदेश नं १ का सांसद अर्जुन राई र इन्दिरा राई रहेका छन् ।

त्यसैगरी कमल गाउँपालिका वडा नं ७ का निर्वाचित वडाध्यक्ष पृथ्वीपति राई, वडा नं ४ का वडाध्यक्ष प्रेम बहादुर राई वडा नं ६ की वडा सदस्य गंगादेवी राई लगायत झापाका विभिन्न स्थानीय तहका गरी कूल २० जना सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवाहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई यायोक्खाका केन्द्रीय अध्यक्ष तथा तिलक राईले सम्मान गरेका थिए ।अध्यक्ष राईले किराँत राज्य स्थापना हुनुपर्ने यायोक्खाको माग यथावत रहेको जोड दिए । उनले ऐतिहासिक पृष्ठभुमी र पहिचानका आधारमा किराँत राज्य स्थापना गर्न राज्यले आनाकानी गरे त्यसको डटेर सामना गर्ने चेतावनी पनि दिए ।

साकेला कार्यक्रममा यायोक्खाका संस्थापक केन्द्रीय उपाध्यक्ष जितमान राई, यायोक्खाका अगुवा दिलीप राई, आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई,जनजाति महासंघका केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियालगायतले आदिवासी,जनजातिहरुको सांस्कृतिक पक्षको महत्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका २६ वटा समूहले साकेला नृत्य प्रस्तुत गरेका छन् ।
सोकला परिसर क्षेत्र भित्र लागेको सांस्कृतिक एक दिने मेलामा विभिन्न खेल तमासा, साँस्कृतिक नृत्य, साँस्कृतिक सामाग्रीका स्टल, जातीय परिकारका व्यापारिक स्टलहरु समेत राखिएको थियो ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...

कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि...

कांग्रेस दमकले निकाल्यो, नयाँ वर्षको क्यालेण्डर

दमक, २६ चैत । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझै यसवर्ष पनि पार्टी गतिविधिहरुलाई समेटेर नयाँ वर्ष २०७६ को क्यालेण्डर प्रकाशन गरेको छ । जनआन्दोलन दिवसका अवसर पारेर मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच...

एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि...

अब विदेशीका सन्तानलाई पनि नागरिकता, नागरिकतामा राष्ट्रघात गर्दै सरकार ! (भिडियो)

विदेशीका सन्तानलाई नेपाली नागरिकता ! विवादका कारण नागरिकता विधेयक संसदमा विचारधीन रहेको स्थितिमा सरकारले अंगीकृत नागरिकता पाएकाहरुका सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अंगीकृत नागरिकता लिएका बा–आमाबाट...

पार्टी सभापति देउवासहितका नेताहरु दमक आउने

दमक,२३ चैत । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दमक आउने भएका छन् । यहि बैशाख ९ गते हुन लागेको भवन उद्घाटन गर्न...