दमकमा तरुणका लागि प्रशिक्षण

हाम्रो दमक


दमक,१२ जेठ /  नेपाल तरुण दलले दमकमा शनिवार नगरस्तरीय तरुण कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित सो प्रशिक्षण कार्यक्रममा नगर क्षेत्रका सय तरुणहरुको सहभागिता रहेको थियो । सो प्रशिक्षण कार्यक्रममा अधिबक्ता तथा प्राध्यापक राजन बहादुर ढुंगाना र शिक्षक प्रकाश भण्डारीले सहजीकरण गरेका थिए ।
तालिम पूर्व उद्घाटन कार्यक्रममा सहभागि नेताहरुले मुलुकमा कम्युनिष्ट सरकार गठन भएयता अलोकतान्त्रिक र सर्वसत्तावादी अभ्यास भईरहेको बताउँदै तरुण कार्यकर्ताहरुलाई वैचारिक रुपमै त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने खाँचो रहेको जोड दिएका थिए ।
कांग्रेस नेतृ एवम् संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले तरुण सक्षम भए पार्टी समक्ष हुने भन्दै तरुण युवाहरुका लागि यस्ता प्रशिक्षण उपयोगी हुने जोड दिइन् ।
कांग्रेस झापाका प्रशिक्षण विभाग सदस्य तथा सहजकर्ता राजन बहादुर ढुंगानाले पार्टी संगठनमा आन्तरिक सांगठानिक प्रशिक्षण जरुरी भएको औल्याए ।
प्रशिक्षणको महत्वका बारे प्रकाश पार्दे तरुण दल झापा क्षेत्र नं ५ का अध्यक्ष गोकुल श्रेष्ठले अहिले सरकार सुन तस्करी र यससंगै जोडिएको ठगीका विरुद्ध कारवाहीमा उत्रिएको भ्रम छरेर त्यो भन्दा ठुलो ठगीका रुपमा राष्ट्रवादको ठगी गर्न उद्धत रहेकाले त्यसको सशक्त प्रतिकारमा उत्रिनु पर्ने आवश्यक रहेको बताएका थिए । कार्यक्रममा तरुण दलका केन्द्रीय पार्षद भुमीराज राईले कम्युनिष्ट सरकार हिंस्रक शैलीमा प्रस्तुत भईरहेको भन्दै सशक्त ढंगबाट देशैभर तरुणहरु त्यसको प्रतिवादमा उत्रिने चेतावनी दिए ।

                  गौरीगञ्जमा पनि प्रशिक्षण

नेपाल तरुण दल गौरीगञ्ज गाउँसमितिले शनिवार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका महासमिति सदस्य घनश्याम रिजालको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा महासमिति सदस्य फुलवति राजवंशी, कांग्रेस गौरीगञ्ज गाउँ समिति संयोजक राजेन्द्र कार्की, शिक्षक संघ गौरीगञ्ज गाउँ सभापति गोपाल ताजपुरिया लगायतले प्रशिक्षणको महत्वका बारेमा बालेका थिए ।
प्रशिक्षण कार्यक्रममा सप्तरंगी एपएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई र तरुणदलका महाधिवेसन प्रतिनिधि दिपेन्द्र थापाले सहजीकरण गरेका थिए । प्रशिक्षणमा गाउँपालिका भरिका करिब ७० कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

वासुआविमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

दुहागढी । भुकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुबोधिनि आधारभुत विद्यालयमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको...

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

झापाको काँकरभिट्टामा सवारी दुर्घटना हुँदा एकको मृत्यू ।

बिर्तामोड । झापाको काँकरभिट्टामा आज साझँ सवारी दुर्घटना हुँदा एकको मृत्यू भएको छ । बेलुका ७ बजे मेचीनगर ६ पालिया खोला छेउ राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...