‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

हाम्रो दमक


दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् ।
नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव यसको छिनोफानो पाँच दलले लिने प्रतिवद्धता जनाएका छन् ।
शनिवार हाटखोलाका सुकुम्बासी बस्तीमा एक कार्यक्रम गरि दलका नेतृत्वले हाटखोला बस्तीको माग सम्बोधन गर्न पाँच दलले अव शान्तिपूर्ण ढंगले लडाई लडेको उद्घोष गरे । यस वस्तीको न्यानोचित माग विरुद्ध नगरपालिकाले अव पनि शक्तिको हर्कत देखाए त्यसको परिणाम राम्रो नहुने समेत उनीहरुको चेतावनी थियो ।
विरोध सभामा बोल्दै संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले स्थानीय सरकारले मनपरि गर्ने अधिकार संविधानले कसैलाई नदिएको बताईन् । हाटखोलाका बस्ती नगरपालिकाको स्वामित्वमा नभएको जिकीर गर्दे उनले भनिन्,–‘ सुकुम्बासीले बर्षोदेखि त्यहाँ बसोबास गरिआएका छन्, नगरपालिकाले षडयन्त्रपूर्वक ढंगले जमीन हडप्ने कार्य मान्य हुदैन् ।’ त्यस बस्तीमा विकासका पूर्वाधार वनाउने नगरपालिकाको योजना राम्रो भएपनि त्यहाँका विवाद समाधान नगरि नगरपालिका अघि बढ्ेका कारण समस्या चर्किएको उनको भनाई थियो । उनले अव यहाँको विवाद सुकुम्बासीका लागि मात्र नभएर नगरका सिंगो पाँच्च दलको नै मुद्या बनेको बताईन् । उनले नगरपालिकाले सत्ताका आँडमा जनता तर्साउने काम त्तत्काल बन्द गरि संवादका माध्यमबाट विवाद सुल्झाउन नगर सरकार अविलम्ब सच्चिन सुझाव दिइन् ।
सांसद लिम्बुले हाटखोलामा विजुली गत जेठ ५ गतेदेखि काटिएकाले अव विद्युत प्राधिकरणले विना सर्त विजुली पुनः नजोडे प्राधिकरण विरुद्ध जनता उर्ताने समेत चेतावनी दिइन् ।
त्यस्तै, संघीय समाजवादी फोरमका प्रतिनिधि खेम दाहाल, संघीय लिम्बुवान पार्टीका नगर अध्यक्ष याम लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका नगर सचिव अविन लिम्बुलगायतका दलीय प्रतिनिधिले नगरपालिकाले गरिव वस्तीमाथि बलपूर्वक दमन गरि घरटहरा भत्काउने कार्यको निन्दा गरेका थिए । उनीहरुले अव यस मुद्दा सुकुम्बासीका लागि मात्र नभएर यहाँका पाँच राजनीतिक दलका लागि नै मुख्य मुद्या बनेको बताएका थिए ।
गत जेठ ५ गते नगरपालिकाले त्यस वस्तीका ३५ घरटहरा डोजर लगाएर भत्काउन शुरु गरेपछि त्यहाँको विवाद झनै बढ्दै गएको छ । स्थानीय सरकारको नेतृत्वमा रहेको नेकपा र राप्रपाबाहेक अन्य दलहरु त्यस कार्य विरुद्द आन्दोलित हुदै आएका छन् ।

यसैगरि आजनै नगरपालिकाको बोर्ड बैठक जारी छ । स्रोतका अनुसार बैठकमा हाटखोलासहित पाँच दलले उठाएका भूमि,शिक्षा नियमावली,कानुन खारेजी माग गरेको सम्बन्धमा समेत छलफल हुने छ । नगरपालिकाले संविधानत आफै सरकार भएकाले आफना कानुन आफै बनाउन पाउने जिकीर गरिआएको छ । सत्ता बाहिरका दलहरुले भने सत्ता बाहिरका दलहरुका सुझाव,सहभागितालाई पनि समावेश गर्न माग गरिआएका छन् ।

शनि, जेष्ठ १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकका दुर्गा प्रसाई राष्ट्रिय पुरस्कार बाट पुरस्कृत

दमक | झापाको दमक ८ का युवा व्यवसायि दुर्गा प्रसाद प्रसाई यस वर्षको निजी बन राष्ट्रि पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रसाई सामुदायिक बन राष्ट्रिय दिवस २०७५ को अवसरमा पुरस्कृत भएका हुन् । बन तथा...

दमकको हिमाविमा कांग्रेसले रोक्यो, विद्यालय व्यवस्थापन समिति

दमक, १ भदौं /  दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयमा नगरपालिकाले विद्यालय व्यवस्थापन र अभिभावक संघ गठन गर्न असफल भएको छ । आज गठनका डाकिएको अभिभावक भेलामा असन्तुष्ट पक्षले कार्यक्रम विथोलेपछि नगरपालिकाले शुरु गरेको सो...

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

दमकमा कांग्रेसले शिक्षा नियमावली जलायो

दमक,३१ साउन / झापाको दमक नगरपालिकाले जारी गरेको शिक्षा नियमावली नेपाली कांग्रेसले जलाएको छ । आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले विहिबार नगरपालिका घेराउ गर्दे सो नियमावलीको पुस्तिका जलाएको हो...

‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, ३१ साउन । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । जिल्लाको कनकाई, बिर्तामोड,...

विद्यालय वन्द गर्ने विद्यालय कर्मचारी परिषदको चेतावनी

दमक,३० साउन/ पेशागत हकहितका विभिन्न माग राखेर आन्दोलित नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ । सरकारले परिषदले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै दुई दिन...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

नबिना कुइकेल शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार...

ध्रुवतारा स्पोर्टिङ क्लवको भवन पूरा हुने क्रममा

दमक, २९ साउन /दमककै पूरानो ध्रुवतारा स्पोर्टिङ क्लवको निर्माणाधिन भवनको काम अन्तिम चरणमा पुगेको छ । दमक–८ स्थित ९ धुर जमीनमा थालिएको क्लवको पक्की भवनको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका संयोजक कमल कटुवालले...

वर्तमान सरकारका ५ महिने मुख्य ३५ उपलब्धी [विस्तृत विवरणसहित]

काठमाडौं । वर्तमान सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृतवको वर्तमान सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरु सार्वजनिक गरेको हो । सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक...