यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

हाम्रो दमक


दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् ।
तामाङकी श्रीमती बसन्तीले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि हिरासतमा मानसिक यातना दिएका कारण आफना श्रीमान विहिबार रातिदेखि विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचाररत रहेको बताए । विरामी तामाङको दमकको लाइफलाइन अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि विर्तामोड लगिएको परिवारिक स्रोतले बताएको छ । बसन्तीले भनिन्,–‘ निर्दोषलाई बयानका क्रममा मानसिक यातना दिने काम भएको छ, त्यसैले गर्दा आफै विरामी झनै थलिएका छन् ।’
लामो समयदेखि प्यारालाइसीस विरामी भएका आफना श्रीमानलाई समाजमा अगुवाइ गरेका कारण वडाध्यक्षसहित प्रहरी मिलेर फसाउन खोजेको उनको आरोप थियो । उनले आफना श्रीमान निर्दोस भएको र विनासर्त रिहाइ गर्न माग गरिन् ।
त्तत्कालीन माओवादी केन्द्रका वडा सचिव रहेका ५५ बर्षिय तामाङले हाटखोलास्थित टोलका अगुवाई गरिआएका छन् । बम बिष्फोटको घटना हाटखोलाको विषयसंग जोडिएर आएपछि तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको अनुमान छ ।
दमक–७ स्थित वडाध्यक्ष भिमप्रसाद पौडेलको घरमा भएको बम बिष्फोटको घटनामा तामाङको संलग्नता रहेको भन्दै नगरपालिकाले किटानी उजुरी गरेपछि मिठु तामाङलाई गत जेठ ७ गते विहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङलाई म्याद थप गरि मुद्या चलाईएको प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । डिएसपी गिरीले अनुसन्धानका क्रममा तामाङ समातिएका भएपनि उनलाई त्यस्तो कुनै यातना नदिएको स्पष्ट पारे । विरामी अवस्था देखिएका उनको थप उपचारका लागि विर्तामोडस्थित सुविधा सम्पन्न अस्पतालमा लगिएको डिएसपी गिरीले बताए ।
यसैवीच बम विष्फोटको घटनामा पक्राउ परेका तामाङको संलग्नताबारे निष्पक्ष छानवीन गर्न संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले प्रहरीसंग आग्रह गरेकी छन् । उनले सत्यतथ्य घटनालाई बङग्याएर मानिसलाई जर्वजस्ती अपराधी बनाउन खोजिए त्यस विरुद्ध आफू ढृणताका साथ उभिने चेतावनी दिइन् ।

शुक्र, जेष्ठ ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

आर्थिक अभावले उपचार गर्न बन्चित भएकाहरुको साहारा बन्दै तेजन

समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखेकै भरमा धेरै विरामीका लागि हालसम्म करोड बढि उपचार खर्च जुटेको छ । उपचार खर्च मात्र हैन, समाजको बिकासका लागि आर्थिक स्रोत र सहयोगी हात...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

भिरबाट लडेर र छिमेकीको कुटपिटबाट २ को मृत्यु

ताप्लेजुङ् | ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर स्थानीय बर्ष ४५ को श्री प्रसाद गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गुरुङ बजार बाट घर फर्कने क्रममा भिरबाट लडेर ३०...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

नमूना बाल गृहमा दशैँ, मेयरले लगाईदिए टिका

उर्लाबारी | मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि धुमधामका साथ दशै मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिएका छन्...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...