अर्नाखाडीमा जात्री पर्व मनाइयो

हाम्रो दमक


दमक, १० जेठ । झापाको दमक –४ स्थित अर्नाखाडीमा बिहिवार धिमाल समुदायको मौलिक पर्व जात्री मनाईएको छ । ठुलो अर्नाखाडीको ग्रामथान सय वर्ष पुगेको अवसर पारेर विशेष उत्साहका साथ जात्री पर्व मनाईएको हो । विक्रम सम्बत १९७५ सालमा तेलपाने धिमालले करिव १ विगाहा जमीनमा आफना धर्मसंस्कार अनुसार पूजाआजा गर्न ग्रामथान स्थापना गरेका हुन् । त्यस यता बर्सेनी ग्रामथानमा भेला भएर सामूहिक रुपमा जात्री पर्व मनाउदै आएको छ ।
ठुलो अर्नाखाडी गाउँ टोल समितिका अध्यक्ष पुजारी धिमालका अनुसार बिभिन्न सांस्कृतिक कार्यक्रम, खेल तमसा, ढोल प्रतियोगिता र धिमाल जातिका बिभिन्न खानाका प्रदर्शनी गरिएर जात्री पर्व मनाईएको हो । सोही अवसरमा अर्नाखाडी टोलको विकासका लागि योगदान पुर्याँउने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा गिरिराज धिमालले स्वागत मन्तव्य राखेका थिए । त्यस अवसरमा वक्ताहरुले धिमाल जातिको भाषा,संस्कृति संरक्षण गर्न आफै जुट्नुपर्ने औल्याएका थिए ।
धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा बैशाख २ गते बर्सेनी जात्रीपर्व शुरु हुन्छ । भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपूजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइने गरिआएको धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले बताए ।

बिहि, जेष्ठ १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...

बल आश्रमलाई सहयोग हस्तान्तरण

दमक, १ कातिक / झापा, दमक–२ मा निर्माणाधीन हाम्रो वाल आश्रमलाई विभिन्न क्षेत्रहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा दमक वजारमा सञ्चालन हुदैआएको सक्रिय युवा क्लव मेला व्यस्थापन समितिले पनि आश्रमको भवन निर्माणका...

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...

दोश्रो फुलबारी च्यालेन्ज कपको उपाधि दमकलाई

धरमपुर,१ कार्तिक / झापाको धरमपुरमा बुधबार सम्पन्न दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगिताको उपाधि दमक टे«निङ्ग सेन्टरले जितेको छ । धरमपुरस्थित फुलबारी खेल मैदानमा भएको सो खेलमा दमकले जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड लाई टाइब्रेकरमा...