पाँचथर उवासंमा नेपाल विजयी

हाम्रो दमक


पाँचथर ,९ जेठ । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक नेपाल विजयी भएका छन् ।
संघको ११औं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । सोमबार भएको निर्वाचनको बुधबार बिहान सम्पन्न मतगणनाबाट नयाँ नेतृत्व घोषणा भएको हो ।
संघमा आवद्ध एक हजार ८३६ सदस्यमध्ये एक हजार ६२६ जनाले मतदान गरेका थिए । संघका पूर्व वरिष्ठ उपाध्यक्ष नेपाल ८५० मत ल्याई विजयी भए । अध्यक्षका अर्का प्रत्यासी संघका निवर्तमान महासचिव तुलसीदास श्रेष्ठले ७१७ मतमात्र प्राप्त गरेका छन् ।
चार उपाध्यक्ष पदमा नेपाल र श्रेष्ठ प्यानलबाट २–२ जना विजयी भए । उपाध्यक्ष पदमा श्रेष्ठ प्यानलका यामनाथ काफ्लेले सर्वधिक मत प्राप्त गरे । काफ्लेले ७१४ मत प्राप्त गरेर विजयी भए ।
उपाध्यक्षमा तिलबिक्रम नेम्वाङ ६५६ मत, प्रयागराज सुवेदी ६५१ मत र राजु न्यौपाने ६३८ मतमा साथ विजयी भए । लिम्बुवान समर्थित नेम्वाङ र कांग्रेस सम्वद्ध न्यौपाने नेपाल प्यानलबाट उम्मेद्वार बनेका थिए भने राप्रपा सम्वद्ध सुवेदी श्रेष्ठ प्यानलबाट उम्मेद्वार भएका थिए ।
महासचिव पदमा संघका पूर्व कार्यकारी अधिकृत नवराज घिमिरे विजयी भए । घिमिरेले ७७७ मत प्राप्त गरे । उनी श्रेष्ठ प्यानलका हुन । उनका प्रतिद्वन्द्वी उमानाथ अधिकारी (उमेश)ले ६०५ मत प्राप्त गरे ।
सचिव र कोषाध्यक्ष पदमा नेपाल प्यानलकै उम्मेद्वार विजयी भए । सचिव पदमा कमल बाँस्कोटा ६७७ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी नवीनकिशोर घिमिरेले ६६३ मतमात्र प्राप्त गरे ।
कोषाध्यक्ष पदमा विमला हाङसरुम्बा विजयी भइन् । उनले ६८५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी चन्द्रप्रकाश काफ्ले ६६५ मत प्राप्त गरे ।
सदस्यका उम्मेद्वारहरुको मत गणना मध्यान्ह सकिएको छ । जसअनुसार महिला सदस्य पदमा कुमारी मिश्र विजयी भएकी छन् । उनले ६१९ मत प्राप्त गरिन् । प्रतिद्वन्द्वी मेनुकादेवी मैनालीले ५१४ मत प्राप्त गरिन् ।
खुल्ला सदस्य पदमा मिलन गिरी (७९०), दिलिप अधिकारी (७७५), सुबास कान्दु (७६१), चन्द्रप्रसाद डाँगी (७३८), शान्ति थेवे श्रेष्ठ (७३७), विकेन्द्र वाइवा (७२३), नरेन्द्रकुमार राई (७१५), सूर्यकुमार मगर (७०८), भीम केरुङ (७०१), विकास थापा (६८२) र केशव खनाल (६७६) विजयी भएका छन् ।
काँग्रेस, लिम्बुवान, राप्रपा प्रजातान्त्रिकलगायत दलको साथ पाएका नेपाल समूह र नेपाल कम्युनिष्ट पार्टी, संघीय समाजवादी फोरम र राप्रपाको समर्थन पाएको श्रेष्ठले आआफना प्यानल खडा गरेर निर्वाचनमा उत्रिएका थिए ।

बुध, जेष्ठ ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

झापामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

झापा,७ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु: घिसिङ

काठमाडौँ | संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो। सांसद मोदीले प्राधिकरणमा...

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड,६ जेठ । झापामा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न सञ्जालको दोश्रो अधिबेशनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...