पाँच दलले दिए नगरपालिकालाई ध्यानाकर्षण–पत्र

हाम्रो दमक


दमक,८ जेठ / झापाको दमक–७ स्थित हाटखोला क्षेत्रका सुकुम्बासीहरुलाई नगरपालिकाले बलप्रयोग गरि जर्वजस्ती घरटहराहरु भत्काएको घटना प्रति आपत्ति जनाउदै दमकका पाँच राजनीतिक दलहरुले निन्दा गरेका छन् ।
नेपाली कांग्रेस,संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्ति पार्टी नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
नगरस्तरिय ती दलीय नेतृत्वले मंगलवार नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, प्रशासकीय अधिकृत गणेश तिम्सीनालाई ६ वुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । सो ध्यानाकर्षण पत्रमा कांग्रेस नगर सभापति रोशन विष्ट, फोरमका नगर अध्यक्ष बासुदेव राई,लिम्बुवानका नगर अध्यक्ष यामबहादुर लिम्बु,नयाँ शक्तिका अध्यक्ष भेषराज भट्टराई र जनमुक्तिका नगर सचिव अबिन लिम्बुले हस्ताक्षार गरेका छन् । हाटखोलाका सुकुम्बासीको घटनासहित नगरपालिकाले एकलौटी रुपमा बनाएका विभिन्न कानुनहरु खारेजी गर्न लगायतका विषयहरुप्रति नगरपालिकाको ध्यानाकर्षण गरिएको उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा नगरपालिकाले दलीय सहमति भएको हवला दिदै हाटखोलामा बर्षोदेखि बस्दैआएका सुकुम्बासीहरुलाई बैकल्पिक बसोबास विना त्यहाँबाट विस्थापित गर्न नमिल्ने सुझाउ दिएको कांग्रेस नगर सभापति विष्टले जानकारी दिए ।
दलीय ध्यानाकर्षण पत्र बुझाउदै पूर्व सांसद विश्वदिप लिङदेनले दमक–७ स्थित हाटखोलामा बर्षोदेखि बस्दैआएका सुकुम्बासीहरुलाई बैकल्पिक बसोबास विना त्यहाँबाट विस्थापित गर्न मानवीय रुपले नमिल्ने सुझाव दिए ।
उनले विकास र समृद्धिमा दलीय सहमति जुटाएर अघि बढ्न नगरपालिकाको ध्यानाकर्षण गरिएको बताए । उनले भने ,–‘ जनप्रतिनिधिले सर्वसत्तावादको दम्भ त्यागेर जनताको जनजीविकाको विषयमा राहत दिन तर्फ ध्यान दिनुपर्छ ।’
त्यसक्रममा ध्यानाकर्षण बुझ्दै नगर उपप्रमुख अधिकारीले दलीय रुपमा बुझाईएको ध्यानाकर्षण पत्रलाई नगरपालिका गंभीर हुने आश्वासन दिएकी थिइन् ।
यसैगरि मंगलवारनै अखिल नेपाल सुकुम्बासी संघ प्रदेश नम्बर १ ले पनि नगरपालिकालाई भूमि सम्बन्धी समस्या निष्पक्ष रुपले समाधान गर्न आग्रह गर्दे ज्ञापन पत्र बुझाईएको संघका सह–इन्चार्ज डिबी सुब्बाले बताए । त्यस्तै, दमक–७ स्थित हाटखोलामा गत जेठ ५ गते डोजर लगाएर नगरपालिकाले सुकुम्बासीहरुका घरटहराहरु भत्काउने कार्य गरेकोमा समेत आपत्ति जनाईएको सुब्बाले बताएका छन् ।
यसैगरि विपी अध्ययन प्रतिष्ठान काठमाण्डौले समेत दमक–७ स्थित हाटखोला क्षेत्रमा नगरपालिकाले डोजर लगाएर सुकुम्बासीका घरटहराहरु भत्काएकोमा निन्दा गर्दे जनता आतंकित बनाउने काम त्तत्काल बन्द गर्न आग्रह गरेको छ । उसले सहमतिमा जुटाएर मात्र सुकुम्बासीलाई अन्यत्र सार्न सुझाव दिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र विक्रम नेम्बाङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मङ्ल, जेष्ठ ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

नेपालमा एक बर्ष भित्रमा पानीजाहाज चल्छ : मन्त्री ज्ञवाली

काठमाडौं ।  संघीय सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले केही बर्ष भित्रमा नेपालमा रेल तथा एक बर्ष भित्रमा पानी जहाज ल्याउने बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले वामीमा आयोजना गरेको बौैद्धिक सम्मेलनको उद्घाटन पछि बोल्दै उनले आगामी...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...