बुधबारेमा गुन्जिए पराजुलीका कविता

हाम्रो दमक

डिल्ली हुमागाई
झापा

नेपाली साहित्यको कविता विधामा थोरै तर स्तरीय सिर्जना गरेर नयाँ आयाम कोरेका ‘सगरमाथाको गहिराई’ का सर्जक कवि नवराज पराजुलीको कविता कन्सर्ट सम्पन्न भएको छ।

जेठ ६ गते आइतबार कविताप्रेमीहरुका लागि बुद्ध शान्ती गाउपालिकाको आयोजना तथा बुद्ध शान्ती साहित्यिक सास्कृतिक प्रतिष्ठानको सह प्रायोजनमा ‘बुद्ध शान्ति कविता कन्सर्ट’ झापा बुधबारेको राम जानकी मन्दिरको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा कवि पराजुलीले आफ्ना चर्चित कविता सुनाएका थिएँ। उनका कविता सुन्न बुधबारेका साहित्यानुरागीहरु, विशेष गरी कविताप्रेमीहरु र नवराजका फ्यानहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

पृथक वाचन शैली र सरलतामा गहन भावको सिर्जना पस्किन खप्पिस पराजुली पछिल्लो समय देश तथा विदेशका साहित्यिक मञ्च लगायत सामाजिक सञ्जाल र मिडियाहरुमा लोकप्रिय मानिनुका साथै नेपाली साहित्यलाई बिदेशिएका नेपालीहरु माझ पस्किदै विभिन्न देशमा कविता कन्सर्टमा देखिने गरेका छन।

कविता बाचनको समयमा उपस्थित सम्पुर्ण एकदमै भावुक भएर श्रवण गरिरहेका थिए भने रुख कबिता बाचनको समय मा अधिकाशले आँशु रोक्न नसकेको देखिन्थ्यो।

चौथो पटक आफ्नो गृह जिल्ला कबिता कन्सर्टमा आएका कवि नवराज पराजुलिले कार्यक्रमको क्रममा आफुले आफ्नो गृह जिल्लामा यस्तो कार्यक्रम गर्न पाउनु साथै यसरी माया पाउनु उपलब्धि रहेको बताउदै देश बिदेशको यात्राको क्रममा आफुले पाएको माया र सदभाव आफ्नो गृह जिल्लामा पनि पाएकोले अन्य यस्ता धेरै कार्यक्रममासँगै रहने इच्छा जागेको बताए।

 

पराजुलि कविता भन्नु भन्दा पहिलादेिख नै निकै भावुक देखिन्थे। गृह जिल्लामा चौथो पटक कबिता कन्सर्ट भएको भए पनि सरकारी निकाय द्वरा गरिएको पहिलो कबिता कन्सर्ट रहेको पराजुलिले बताए।

सगरमाथाको गहिराई बाट आफ्नो कबिता बाचन सुरु गरेका कवि पराजुलीले च्याउ, रुख, मैझारो, मोक्क्ष,ह्यापि बर्थ डे लगायतका कविता बाचन गरेका थिए। कार्यक्रममा प्रमुख अथिती तथा कार्यक्रम सभापतीले कवि पराजुली जस्तो एक होनहार कबिलाई सरकारले बिशेष स्थान र सम्मान दिनु पर्ने मा जोड दिदै सफलाले उचाई चुमोस भन्ने शुभकामना दिएका थिए।

बुद्ध शान्ती गाउपालिका अध्यक्ष रमेश कुमार भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनक राज दाहालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको सन्चालन पत्रकार टक बिकल्पले गरेका थिए।

आइत, जेष्ठ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

कविता – प्रेम

नजन्मिदै आमाले सन्तानलाई निस्वार्थ रूपमा अथाह सुरु भएको प्रेम बुबाको हात समाइ ताते ताते गरेर सन्सार घुम्दा घुम्दै खै के मा परिवर्तन भैदिन्छ? अनि नि हटेर स्वार्थमा फेरि सुरु हुन्छ आफ्ना नामका आफन्त भन्नेहरूसंग प्रेम! अनि भ्रमको बजारमा रुपसंगको ब्यापारबाट फेरि पनि गरिन्छ प्रेम ! अनि नचाहादै गरिबीले...

वातावरण दिवस-बिद्या आचार्य

मेरो देश हरेक दिन एउटा बेग्लै दिवस मनाउछ कहिले राष्ट्रीय त कहिले अन्तराष्टिय आज विश्व वातावरण दिवस मेरो देश वातावरण गूमाएर पनि वातावरण दिवस मनाउछ एक दिनको लागि, रोप्छ गमलामा रुख!! अनि रमाउछ मनाउछ हरियो रूख विरूवा, सफा खोला नाला मैले केहि हद सम्म त देखें तर मेरो पूस्ताले देख्ने हून...

लघुकथा: चर्को एड्मिसन शुल्क

बोर्डिङ स्कुलमा एड्मिसन गर्न आउने गार्जेन हरू धेरै थिए । ती मध्ये दोर्जेका बुबाले भन्दै थिए, ” पोहोर साल पनि मेरो छोराले दुई बिषय दाग लगाएर पास गर्यो । यसपाली पनि बल्ल बल्ल पास...

दमकमा ‘जिउँदो आकाश’ नाटक मञ्चन हुने

दमक,३१ बैशाख/  झापाको दमकमा यहि जेठ ११ गतेदेखि १३ गतेसम्म‘ जिउँदो आकास’ नामक नाटक मञ्चन हुने भएको छ । साइलेण्ट एक्टको व्यानर तथा चुलाचुली थियटरको संयोजनमा जेठ ११,१२ र १३ गतेसम्म नाटक मञ्चन हुन...

भाषा शास्त्री महानन्द सापकोटाको १२२ औं जन्मजयन्ती मनाइयो

रोङ । भाषा शास्त्री महानन्द सापकोटाको १२२ औं जन्मजयन्तीको अवसर पारेर शनिबार रोङ गाउँपालिका वडा न.ं ५ देवानछापमा वृहत साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महानन्द स्मृति प्रतिष्ठान झापा, इलामले आयोजना गरेको कार्यक्रममा...

लघुकथा: फेसबुक स्टाटस

सुन्नोस त हजुर, ” तपाइँको कान्छी सालीले पनि यसपाली एस. इ. इ.मा फस्ट डिभिजन निकालेर पास गरिन् । हामी सबैको प्यारो अनि एउटै बहिनी हो । भिनाजु बिदेशबाट आउदा एउटा राम्रो खाले मोबाइल ल्याइदिए...

गुप्त मिलनको प्रेमिल यात्रा !

बकवास बन्द गर्नुस मान्छे मान्छे भनेर तपाइले गरेका ठुलठुला कुरा मलाइ सहन हुदैनन बुझ्ने र बुझाउने कुराको नाममा के मान्छेले मान्छेलाइ चेसको चारवर्ग भित्र क़ैद गरेर नचाउन पाउछ राख्न पाउछ ? के तपाइ मलाइ बुझ्न सक्नु हुन्छ के तपाइ कुनै जुनीमा...

साहित्य चौतारी झापाको काव्य सभा हुने ।

विर्तामोड । साहित्य चौतारी झापाले नव वर्षको अवसर पारेर वैशाख ७ गते शुक्रबारदेखि सांगीतिक काव्य सभालाई निरन्तरता दिइने भएको छ । आफ्ना बुवाआमा भीमबहादुर श्रेष्ठ, पञ्चकुमारी श्रेष्ठ, धनमाया विमलीको स्मृतिमा देवीभक्त श्रेष्ठ र उहाँकी धर्मपत्नी...

दमकमा मुकारुङ र सुब्बाको सास्कृतिक संक्रमण र फेरींदो साैन्दर्य बिषयमा अन्तकृया, भिडियो सहित

दमक, १४ फागुन । बुधबार बिहान दमकस्थित युथ नेटवर्कको कार्यालयमा सिर्जनशील अराजकताका अभियन्ताद्वय राजन मुकारुङ र उपेन्द्र सुब्बाले सास्कृतिक संक्रमण र फेरींदो साैन्दर्य बिषयमा अन्तकृया गरेका छन्  । विशेषतः कलेज पढ्ने उमेरका, विद्यार्थी राजनीतिमा सक्रिय विद्यार्थी...

झापामा जननाट्य मञ्च गठन ।

बिर्तामोड । नेकपा एमाले सम्बद्ध जनबर्गिय संगठन जनसास्कृतिक माहासंघ मातहतको जननाट्य मञ्च झापाको गठन भएको छ। झापाको बिर्तामोडमा एक कार्यक्रमका बिच नाट्य कर्मी कृष्ण अनमोलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो। नव गठित समितिको...