अवैध काठसहित ट्रिपर बरामद

हाम्रो दमक


दमक,६ जेठ /  झापा र ईलामको सीमावर्ती क्षेत्र चुलाचुली गाँउपालिका ५ स्थित रतुवा खोलाबाट शनिबार प्रहरीले अवैध काठसहित ट्रिपर बरामद गरेको छ । टिपर युवा संघका एक जना क्षेत्रीय नेताको रहेको बुझिएको छ ।
प्रहरी चौकी पेल्टिमारीका अनुसार ना. अ. ४ प. ७८३ नम्बरको १० चक्के टिपरमा लोड भएको साखु जातको अवैध काठको गोलीया १४६.९६ क्यूफिट बरामद गरेको प्रहरी चौकी पेल्टीमारीका प्रहरी नायव निरीक्षक पुष्प अधिकारीले बताए ।
सो टिपर संघका तत्कालिन झापा क्षेत्र नं ६ का क्षेत्रीय उपाध्यक्ष जगतबहादुर राईको भएको समाचार स्रोतले जनाएको छ । गौरादह–१ निवासी राई आफूलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आफ्नो नातेदार दाजु भएको बताउने गरेका छन् । उनी साम्सुङ विल्डर्स प्रालिका सञ्चालक समेत हुन् । ठेकेदारी काम गर्ने उनले पछिल्लो समय राजनीतिक पहुँच उपल्लो तहसम्म भएको बताउने गरेका छन् ।
प्रहरीले काठ, ट्रिपर र चालक समेत रहेका मोरङ उर्लाबारी नगरपालिका ३ का पदम ढुङानालाई नियन्त्रणमा लिएर वन कार्यालय चुलाचुली बाह्रगोठेको जिम्मा लगाएको जनाएको छ । बरामद गरिएको काठसहित ट्रिफर वन कार्यालयसम्म नपुरयाउन प्रहरीलाई चौतर्फी दबाब आएको बताइएको छ । ट्रिपर धनी जगत आफैं काठको चोरी निकासीमा संलग्न हुन वा उनको ट्रिपर प्रयोग मात्रै भएको हो भन्ने बारे भने विस्तृत सार्वजनिक भएको छैन् । यद्यपी सो काठ दमकतर्फ ल्याउनका लागि प्रहरी अधिकारीहरुसंग समेत साँठगाँठ भएको बताइएको छ । दमक लगायतका क्षेत्रमा सखुवाका काठहरु त्यही चुरे क्षेत्रबाट आयातित हुदै आएको र प्रहरीको सेटिङमा यस्तो धन्दा हुने गरेको समाचारमा जनाईएको छ ।
शनिबार सो काठ ल्याइँदै गरेको सूचना पाएको प्रहरीले कडा सुरक्षा चुनौतीका बिच ट्रिपर नियन्त्रणमा लिएको हो । प्रसनि अधिकारीका अनुसार सो टिपर भन्दा अघि अघि अर्को एक खाली टिपर समेत थियो । अगाडी खाली टिपर गुडाएर पछि पछि सो काठ बोकेको टिपर दमक तर्फ ल्याउदै गरेको अवस्थामा स्थानीयले थाहापाएपछि प्रहरीलाई खवर गरेपछि सो बरामद गरिएको स्रोतले जनाएको छ । यस अघि समेत दमकको हंसेदुम्से सामुदायिक वनबाट काठको चोरी निकासी गरि प्रहरीकै सेटिङमा ट्रयाक्टरमा लोड गरेर मोरङको पथरी एरियाबाट इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको थियो ।

आइत, जेष्ठ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

बर्षा पछि दमकका अधिकांश भूभाग डुबानमा, जताततै पानी

दमक | आज सवेरै देखि भएको अबिरल वर्षापछि झापाको दमक बजारका अधिकांश भूभाग डुवानमा परेका छन । बजार तथा व्यापारिक क्षेत्रमा पानीको उचित निकास हुननक्दा दमकका धेरै भूभाग डुबानमा परेका छन । बर्षाका कारण दमक...

दमक नगरपालिकाको बजेट १ अरब २० करोड

दमक, ८ असार | दमक नगरपालिकाले आर्थिक वर्ष ७५÷७६ कालागि करिब १ अरब २० करोड रुपैया बराबरको बजेट सार्वजानिक गर्ने भएको छ । दमक नगरपालिकाको असार ९ गते शनिवार तेस्रो नगरसभाबाट सो बरावरको बजेट सार्वजानिक...

झापामा काँचो मम बेचेर मासिक ३० हजार बढि कमाई, फोटो फिचर सहित

झापा | जहा इच्छा तिहा उपाय भन्ने नेपाली उखानलाई झापा विर्तामोडक एक युवकले व्यवहारमा परिणत गर्नुभएको छ । बैदेशिक रोजगारीकालागि कोरिया जाने योजना असफल भएपछि स्थानीय स्तरमा नै आफै स्वरोजगार बनेर झापा भद्रपुरका सन्देश...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात गर्ने: प्रधानमन्त्री

बेइजिङ, ७ असार | प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

एक करोडको बिमा गरेवापत नेशनल लाईफ इन्सुरेन्सको दमकका एक जोडीलाई सम्मान

दमक । झापाको दमकमा रहेको नेशनल लाईफ इन्सुरेन्स कम्पनीले मंगलबार दमक ५ का एक दम्पतिलाई सम्मान गरेको छ । एक महिना अघि अमृत बिमा अन्तरगत एक करोड रुपैयाको जिवन बिमा गरेका दमक ५ निवासी नारयण...

वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने सरकारको निर्णय

काठमाडौं | सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले...

गौरीगञ्ज गाँउपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

गौरीगञ्ज , ३ असार / झापाको गौरीगञ्ज गाँउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । गाँउपालिकाले फागुन २६ गते बाट शुरु गरेको अभियानलाई तीव्रता दिदै आइतबार एक औपचारिक कार्यक्रम गरि गाँउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र...

डाक्टर राईलाई सहयोग हस्तान्तरण

दमक,३ असार / दुई साता अघि देखि विरामी परेका डाक्टर भम्पा राईलाई भुटानी शरणार्थीसहित विभिन्न संघसंस्था,व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । शनिवार शरणागत भुटानीहरुले रु १ लाख ५० हजार आर्थिक सहयोग गरे भने आइतबार दमक...

भुकम्प प्रतिरोधी र सुलभ मुल्यमा नौलो प्रविधिबाट दमकमा घर बन्दै

दमक | भुकम्प प्रतिरोधी र सुलभ मुल्यमा घर निर्माणका लागि दमकमा नौलो प्रविधिबाट घर निर्माण गर्न शुरु गरिएको छ । करिब ३ दशक देखि निर्माणका क्षेत्रमा काम गर्दै आउनु भएका तिलकुमार गुरुङ्ले दमकमा पहिलो पटक...

दमकमा मेशिनबाट धान रोपाई

दमक | झापाको दमक १० मा आधुनिक मेशिनबाट धान रापाई गरिएको छ । स्थानीय कृषक बद्रि सापकोटाको खेतमा आधुनिक मेशिनको प्रयोग गरेर धान रोपाई गरिएको हो । आधुनिक प्रविधिबाट ट्रेमा ग्रिन टनेल भित्र उमारिएको १५...