लघुकथा: चर्को एड्मिसन शुल्क

राजकुमार श्रेष्ठ, दोहा

बोर्डिङ स्कुलमा एड्मिसन गर्न आउने गार्जेन हरू धेरै थिए । ती मध्ये दोर्जेका बुबाले भन्दै थिए, ” पोहोर साल पनि मेरो छोराले दुई बिषय दाग लगाएर पास गर्यो । यसपाली पनि बल्ल बल्ल पास भयो । यत्रो महँगो पैसा तिरेर बर्षेनी नाम लेखाएर पढायो गुनायो पासै हुन गाह्रो । हैन हौ, किन बोर्डिङ पढाउनु त ? सरकारी स्कुलमा हाल्दिए भैगो नि ।” त्यो कुरा सुनेर शुभेच्छाको मामुले पनि कुरा थप्दै थिए, ” मेरा त झन दुइ जना पढ्ने छन् । एड्मिसन त छदैछ तर झन प्रत्येक महिना फी नतिरीकन हुँदै हुदैन । परिक्षा शुल्क त झन चार पल्ट अरे । के अर्थ भयो र ? पैसा चै खादेर टन्न झोला भरि ल्याएर तिर्दा पनि पुग्दैन ।” बरू तीन पल्ट सम्म मात्रै परिक्षा हुने भए त सरहरूले पनि पूरै किताब पढाउने समय निक्लिन्थ्यो र बिध्यार्थीले पनि किताबका सबै कुराहरू शिक्षा पाउथे । स्कुलले यस्तो के गर्या होला ?

लेखक: राजकुमार श्रेष्ठ

अरू गार्जेनले पनि आ – आफ्नो कुरा राख्दै थिए । “बोले धेर नबोले अबेर” भन्दै यता रामको आमाले पनि अफिसमै बोलिन् , “हाम्रा त झन् तीन तीन जना पढ्ने छ्न । पैसाको खै के कुरा गर्नु र ? मकै भुट्दा उठेको फूल भुइँमा झरेर गए सरि जान्छ । धेरै साल बितिसक्दा पनि बिध्यार्थीले एउटै पाठ भएको किताब पढिरहनु पर्छ । समय सापेक्ष पाठ्यक्रम र निर्धारित पाठहरू लामो समय सम्म परिवर्तन हुदैन ।

हैन कुन र कहाँको प्रकाशनले किताब छापेको हो ? किताब भित्र के – कस्ता पाठहरू पढाइन्छ ? स्कुललाई थाहा हुनुपर्ने कुरा हो नि । तर यस्तो कुरा थाहा हुन्न रहेछ है । यहाँ त नेपाल र नेपालीको स्वाभिमानमा आँच आउने पाठहरू पढाइन्छ जुन बिध्यार्थीको कलिलो दिमागमा कालो छाप पर्छ । उसले जिन्दगीभर बिर्सन्दैन । कुनै कुनै स्कुलले त झन भारत तिर प्रकाशन भएको किताब मगाएर भारततिरै दिइने शिक्षा दिइदो रहेछ । उसले कुन दिमागले कहिले आफ्नो देशको बारेमा सोच्छ ? त्यसैले हाम्रो देश नेपालमा समय समयमा शिक्षा र पाठ्यक्रममा सुधार हुनु अत्यावश्यक छ । ” रामको आमाको यो कुरा सुनेर सबै जनाले हो त हो भन्दै सहि थप्दै थिए ।

अर्का एज जना गार्जेनले पनि चौरीमा बसेर अरू सग गफ गर्दै थिए । प्रत्येक साल कलेजमा आइ ए., बि ए., एम. ए. पास गरेर योग्य ब्यक्तिहरू खाली हात बसिरहेका हुन्छन् । स्कुलले बिज्ञापन निकालेर पनि के गर्ने र ? यहाँ आफ्नै मान्छे मात्रै सुटुक्क घुसाउछन । के अनि बिध्यार्थी, देश र समाजले चाहेको गुणस्तरीय शिक्षा पाउँछन, हैन ? हो नि बिचराहरू बेरोजगार भएर बसिरहेका हुन्छन् है ? राम्रो ठाउँमा राम्रोसँग काम गर्नु पाए ती मान्छेहरूले कति मजाले मन लाएर काम गर्थे होलान् है ? कसैले कुरा सुनेर हो भन्दै सहि थप्दै थिए ।

स्कुलले एक कक्षा देखि नै कम्प्युटर बिषय राख्छ । कितावमा फोटाहरू देखाएर घोकाइन्छ । तर खै ब्यवहारिक ज्ञान ? कम्प्युटर, ल्याब टप देख्नु पाउदैन । एड्मिसन चै हामी साधारण मान्छेको ढाड फुस्किने गरि महँगो न महँगो राखेको हुन्छ । अनि फेरि चर्को मासिक शुल्क ? हामी साधारण मान्छे, खेती किसानले कसरी थाम्नु ? देश र समाजको सबै क्षेत्रमा पर्ने भार जति कृषि क्षेत्रमा अरे ।

यता कोही मिसहरू मुखामुख गर्दै थिए भने कोही मेडम गार्जेनहरूलाई सम्झाउदै थिए, “स्कुलले अभिभावक बैठक भनेर बोलाको दिन बैठकमा आउनु पर्छ नि । तपाइहरू कसैलाई बजार नगइ नहुने, कसैलाई त्यही दिन खेतमा धानको बीउ राख्नुपर्ने, कसैलाई सस्था र अफिसको मिटिङ्गमा नगइ नहुने ? स्कुलले बोलाको मिटिङमा चै तपाइँहरू आउनु हुन्न । यदि आउनु भएमा पनि कसैले बोल्ने कुरा बोल्नु हुन्न । अनि अहिले चै किन ठूल्ठूला गर्नु हुन्छ नि ? यसरी कहाँ हुन्छ त हजुर ? खै तपाइँहरूले कुरा बुझेको ? हाम्रा पनि पढ्ने छोराछोरी छन आखिर लाग्ने रकम त लागिहाल्छ नि । “

शुक्र, जेष्ठ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

लघु यौन कथा: एकाकार हुन नसकेको त्यो रात

सुनेको थिएँ–‘कुनै पनि षोडसी जवानीले मदमस्त यूवती एक पुरुष सामु परेपछि पुरुष चाहे ८० बर्ष कै भए पनि जुर्मुराएर उठ्छ र जीवनको सोह्र सत्र उमेरको स्वाद लिन कत्ति पनि कञ्जुस्याईं गर्दैन।’ समाजमा बेला बखत...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

भाषाशास्त्री सापकोटाको १२३ औं जन्मजयन्ति मनाँइदै

शान्तिनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्ति बैशाख ३० गते सोमवार विभिन्न कार्यक्रम गरि मनाउँदै छ । इलामको रोङ गाउँपालिका-५ (साबिक इरौंटार-८) देवनछापमा निर्मित महानन्द सापकोटाको सालिक परिषरमा उनको जन्मजयन्ति मनाउन लागिएको हो...

प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत...

हल्दीबारीमा उद्घोषण तालीम सम्पन्न

बिर्तामोड । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले झापाको हल्दीबारीमा सञ्चालीत सात दिने आधारभुत उद्घोषण तालीम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउपालीका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गते...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन...

गजल

-कुमार आङदेम्बे अबि पुर्णिमाको रात उज्यालो, जुनले जुन नस्विकारे पछि | पसिनाले भिजेको कमिज, गुनले गुन नस्विकारे पछि | मैले जानी जानी पित्तल भन्नै पर्छ समाजको लागि, पहेंलो सिक्का मुल्यवान, सुनले सुन नस्विकारे पछि | गितकारको गित संगितकारको संगित...

कविता: देश भित्र

आकाशले धर्ति ढाकिन्ने सिमानामा जंगे डाकिन्ने सगरमाथा जस्ता पिलरहरु, रातारात ढालिन्ने छाटिन्ने मदेश असुरक्षा ! बोराका बोरा, सिंहदरबार भित्र बाटिन्ने सम्झौता पत्र पतिङ्गर ! नदि वा खोला बगर, छिमेकीसंग हस्ताक्षर साटिन्ने सत्य बोल्नेको जिब्रो काटिन्ने गरिब आर्य, बाहुन, क्षेत्रि ब्राह्मण नभनिने ! धनि दलित, आदिवासी, जातले नचिनिने ! साशक...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...