बहुप्राबिधिक शिक्षालय समितिले प्रतिबेदन बुझायो

हाम्रो दमक

दमक,१जेठ  / झापाको दमकमा बहुप्राबिधिक शिक्षालय स्थापनार्थ गठित अध्ययन समितिले आफनो प्रतिबेदन बुझाएको छ ।
२०७४ चैत २ गते गठित अध्ययन समितिले ६ पेज लामो सुझाव सहितको प्रतिबेदन मंगलवार स्थानीय सरकार समक्ष पेश गरेको हो । १० बुँदे सुझाव सहितको प्रतिबेदन बहुप्राबिधिक शिक्षालय संभावना अध्ययन कार्यदलका संयोजक हेमनाथ अधिकारीले नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरेका हुन् ।
समितिले १ नम्वर प्रदेशका साथै काठमाडौका बिभिन्न बहुप्राबिधिक शिक्षालयहरु र नेपाल सरकारका सम्बन्धित निकायहरुसम्म पुगेर स्थलगत अध्ययन तथा सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरि प्रतिबेदन तयार पारेको संयोजक अधिकारीले जानकारी दिए । त्यस्तै समितिले दमकको बर्तमान अवस्था र सम्भावनाको पनि अध्ययन गरि प्राप्त अनुभवका आधारमा सुझाव सहितको प्रतिवेदन तयार पारिएको संयोजक अधिकारीले बताए ।

मङ्ल, जेष्ठ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

कमल ,३१ साउन / रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले विहिबार जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी...

तलहवाज विरुद्धको खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ विकेट लिन सफल

बिर्तामोड । जमैका तलहवाज विरुद्धको खेलमा नेपालका युवा वलर सन्दिप लामिछानेले आज बिहान सम्पन्न भएको खेलमा  खेलमा २ विकेट लिएका छन् । क्यारेवियन प्रिमियर लिग अर्थात सीपीएल क्रिकेटमा एसटी किट्स एण्ड नेभिस प्याट्रोइड्सबाट खेलिरहेका सन्दिपले...

इलाम माइजोगमाईमा अलैंची खेती मासिंदै , किसानहरु चिन्तित

इलाम । उत्पादनमा केही सुधारोन्मुख देखिपनि पछिल्लो समय लगाइएको अलैंचीमा समेत रोग देखा पर्न थालेको छ । रोगको प्रकोप देखा परेपछि कतिपय किसानले अलैंची नै फाडेर पूरानै खेती सुरु गरेका छन् । दुई दशक...

घर घरमा नागको तस्बिरमा पूजा गरेर नागपञ्चमी मनाइँदै

बिर्तामोड । आज श्रावण शुक्ल पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व अर्थात नाग वा सर्पको पूजा गरेर मनाउँदैछन् । आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...