दूधेमा राष्ट्रिय कराँते प्रतियोगिता हुने

हाम्रो दमक


दूधे ,१ जेठ । शिवसताक्षीको दूधेमा प्रथम शिवसताक्षी राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।
शिवसताक्षीे दूधे स्थित संयुक्त भुतपूर्व सैनिक संघ नेपालको कभर्डहलमा जेष्ठ २५ र २६ गते प्रतियोगिता हुने शिवसताक्षी नगर कराँते संघका अध्यक्ष जगन कार्की (दुर्वासा) ले बताए ।
शिवसताक्षी नगरमा रहेर खेलकुदको माध्यमबाट खेलको विकास र विस्तारका लागि राष्ट्रिय स्तरको खेलको आयोजना गरिएको खेल संयोजक प्रविन लिम्बुले जानकारी दिए । उनले स्थानीय स्तरमा खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरसम्म पुर्याउन लागि परेको बताए ।
खेलमा सातै वटा प्रदेशबाट ७ वटा टिम र आयोजक १ गरी ८ टिमले सहभागिता हुने छ ।

प्रतियोगितामा पुरुष कुमुते खेल तर्फ ४५ केजी देखि ६७ केजी सम्म र सो भन्दा माथीकाले सहभागिता जनाउने छन् । त्यस्तै महिला तर्फ ४५ केजी देखि ६८केजी र सो भन्दा माथिका खेलाडीले सहभागिता जनाउन पाउने संयोजक लिम्बुले जानकारी दिए । त्यस्तै डोजो र एकल महिला पुरुष काता खेल हुने बताइएको छ । खेलमा जम्मा ३१६ जना खेलाडीहरुले सहभागिता हुनेछन् ।
खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव दर्शन तुम्बापोले बताए ।
प्रतियोगितमा १० लाख खर्च हुने आर्थिक संयोजक यामनाथ काफ्लेले बताए । उनले विभिन्न संघ संस्था, खेल प्रेमी, पूर्व खेलाडी र वैदेशिक रोजगारीमा गएका स्थानीय खेल प्रेमी र नगरपालिकाको सहयोगमा प्रतियोगिताका लागि रकम जुटाइने जानकारी दिए ।
त्यसैगरी जेठ २४ गते सोही कभर्ड हलमा अन्तर नगर झापा जिल्ला स्तरिय कराँते प्रतियोगिता समेत हुने बताइएको छ ।
प्रतियोगिता शिवसताक्षी प्रथम कराँते संघ, लाइन्स क्लब अफ शिवसताक्षीको सहकार्य र दूधे डोजोको आयोजनामा हुने भएको हो ।

मङ्ल, जेष्ठ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...