आदिवासी रंगशालामा वजेट दिन माग

हाम्रो दमक


दमक,१ जेठ / झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसंग सहयोगको माग गरेको छ ।
प्रतिष्ठानको नेतृत्व टोलीले मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो संग भेटेर रंगशालाको भोगाधिकारसहित क्रमागत बजेटको माग गरेका हुन् । मन्त्री आङवोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउदै अध्यक्ष राईले निर्माणाधिन आदिवासी रंगशालालाई पहिचानसंगै विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनले आदिवासी,जनजातिको समाधिस्थल नष्ट गरेर रंगशाला बनाउने कार्यलाई पूर्णता दिन मन्त्री आङवोसंग माग गरेका थिए । उनले भने,–‘ रंगशालालाई लक्ष्य अनुरुप पूर्ण दिन सवैको सहयोगको अपेक्षा गछौं ।’
अध्यक्ष राईले प्रदेशका मुख्यमन्त्री शरेधन राईसहितका मन्त्रीहरुलाई समेत भेटेर प्रतिष्ठानका तर्फबाट आफना माग राख्ने तयारी गरिएको बताए ।


ज्ञापन पत्र बुझदै मन्त्री राईले प्रस्तावित योजना अनुसारनै रंगशाला निर्माण गर्न प्रदेश सरकारले प्राथमिकता दिने आश्वासन दिए । हामीले प्रदेशकै सम्पदाका रुपमा रहेको त्यस रंगशालालाई जुन परिकल्पनाका साथ शुरु गरिएको छ ,त्यसै अनुरुप पूरा गराउन चाहेको मन्त्री आङवोको भनाई थियो ।
तर उनले सवैको सहमति कायम गरेर रंगशालाको कामलाई गति दिनु पर्ने सुझाए । उनले भने,–‘ सवैको सकरात्मक प्रयास विना रंगशालाको स्वरुप बन्न सक्दैन्, त्यसमा सवै क्षेत्रको लचकता खाँचो छ ।’
त्यस क्रममा प्रतिष्ठानका उपाध्यक्ष पदम जवेगु, महासचिव दिपेनवाला राई,सदस्यद्धय चन्द्रकला सुब्बा,विष्णु भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
यसैवीच प्रतिष्ठानले रंगशालाको निर्माण गरिदिन माग गर्दे प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्रीहरु, योजना आयोग, राजनीतिक दलहरुलगायतलाई समेत रंगशालामा बजेट माग गर्दे ज्ञापन पत्र बुझाउने तयारी गरिएको महासचिव राईले बताए ।
२०५९ सालमा पाथीभरा शसस्त्र प्रहरी वल स्थापना पश्चात सो स्थानमा २०६६ साल पौष १ गते त्तत्कालिन गणपति गणेश ठाडा मगरको पहलमा चार किल्ला भित्रको ७४५ चिहानहरुलाई व्यवस्थापन गरी सो ठाँउमा दिंवगत पितृहरुको सम्मान स्वरुप त्यहाँ अन्तराष्ट्रिय स्तरको रंगशालासहित स्मृति पार्क निर्माण शुरु गरिएको थियो । त्यस रंगशालाको त्तत्कालीन रक्षा मन्त्री तथा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिईन् । करिव ३५ विगाहा जमीनमा फैलिएको रंगशाला पछि नामकरण विवादले निर्माणाधिन रंगशालाको काम रोकिन पुगेको थियो ।

मङ्ल, जेष्ठ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् । नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव...

दमकमा अझै चर्पीको समस्या ! नगरपालिका सधैंभरि अन्यौलमै

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांक अनुसार अझै...

झापाको बुद्धशान्तिमा बन्दै गरेको रिङरोडले गति लिँदै

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको सबै ७ वटै वडाहरुलाई जोड्ने बुद्धशान्ति रिङरोडको निर्माण कार्यले गति लिएको छ । रिङरोड निर्माणका लागि गाउँपालिकाले विभिन्न सडक क्षेत्रमा समिति निर्माण गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले...

हाटखोलाका बस्ती माथि दमन भए प्रतिकार : सांसद लिम्बु

दमक,११ जेठ / नेपाली कांग्रेसकी नेतृ तथा सघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दमक–७ स्थित हाटखोलाका सुकुम्बासी बस्तीलाई नगरपालिकाले शक्तिका आडमा डोजर लगाएर बस्तीका घरटहराहरु भत्काउने कार्य उपयुक्त निकास नभएको बताएकी छन् । उनले बर्षोदेखि...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

दमक जेसीजले ट्रेनिङ इन्स्टिच्यूट बनाउने

दमक,१० जेठ / दमक जेसीजले यहाँ सुविधासम्पन्न ट्रेनिङ इन्स्टिच्यूट बनाउने भएको छ । दमक–८ स्थित बालुवाटार क्षेत्रमा सुविधा सम्पन्न ट्रेनिङ इन्स्टिच्यूट निर्माण गर्न तयारी थालिएको दमक जेसीजले जनाएको छ । विभिन्न तालिमहरु सञ्चालनका लागि आवश्यक...

पाँच दलले दिए नगरपालिकालाई ध्यानाकर्षण–पत्र

दमक,८ जेठ / झापाको दमक–७ स्थित हाटखोला क्षेत्रका सुकुम्बासीहरुलाई नगरपालिकाले बलप्रयोग गरि जर्वजस्ती घरटहराहरु भत्काएको घटना प्रति आपत्ति जनाउदै दमकका पाँच राजनीतिक दलहरुले निन्दा गरेका छन् । नेपाली कांग्रेस,संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय...

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७०...