पोषणयुक्त बुटी मोरिङ्गाको व्यवासायीक उत्पादन तथा विक्री वितरण नेपालमा सुरु

हाम्रो दमक

नेपालमा पाइने वहु पोषणयुक्त बुटी मोरिङ्गाको व्यवासायीक उत्पादन तथा विक्री वितरण सुरु गरिएको छ । आइतबार देखि मोरिङ्गा नेपाल प्रा.लि.ले उत्पादन तथा बजारीकरणको सुरुवात गरेको हो ।

काठमाडौंको बालुवाटरस्थित चियापान रेष्टुरेन्टमा एक कार्यक्रम गरि मोरिङ्गा नेपालको उत्पादनहरु सार्वजनिक गरिएको छ । मोरिङ्गा नेपालका अध्यष शिसिर भट्ट, डा. ऋषिकुमार काफ्ले, डा. अरुणा उप्रेति लगाएतका अतिथिहरुले मोरिङ्गाबाट बनाइएको चिया एकैसाथ पिएर उत्पादनको बजारीकरणको उत्घाटन गरिएको हो । मोरिङ्गालाई शीतलचिनी, सजिवन, सैजन लगाएतका विभिन्न नामले नेपालभर चिनिने गरिएको छ । पोषणको दृष्टिकोणले अति महत्वपूर्ण रहेको मोरिङ्गाको व्यवसायीक रुपमा व्यवस्थित उत्पादन तथा वितरण प्रणालीको सुरु गरिएको हो ।

सामान्यतया समुन्द्र सतहदेखि ११ सय मिटरको उचाइसम्म, तुसारो र हिउँ नपर्ने स्थानमा यसको खेति गर्न सकिन्छ । तराइ क्षेत्र यसको उर्वर भूमि हो भने पहाडमा पनि यसको उत्पादन गर्न सकिन्छ । हाललाई काभ्रे र गोरखामा पाँच हजार विरुवा रोपेर व्यवसायीक उत्पादन थालिएको बताइएको छ । परिवारको आम्दानी बढाउन र स्वास्थ्यमा पनि फाइदाजनक भएकाले कृषकले घरमै उत्पादन गरेर पनि यसको उपभोग गर्न सक्छन् । यसको व्यवासायीक उत्पादन गरेर मुलुक र मुलुक बाहिर पनि निर्यात गर्ने लक्ष्यकासाथ काम समेत सुरु भएको छ । हाललाई १०० ग्रामको मोरिङ्गा पाउडर, २५ टिब्याग अदुवाका स्वादमा र २५ टिब्याग दालचिनीको स्वादमा विक्रीका लागि उपलब्ध गराइएको छ ।

कार्यmक्रमा बोल्दै राष्ट्रिय मृगौला केन्द्रका बरिष्ठ डा. ऋषिकुमार काफ्ले भन्नुभयो, “विश्वमा गरिएका अनुसन्धानबाट मोरिङ्गा स्वास्थ्यका लागि फाइदाजनक देखिएको छ । नेपालमा पनि यसको प्रयोग परम्परागत रुपमा गरिएको छ तर व्यवस्थित रुपले उत्पादन र विक्री वितरण नभएको सन्दर्भमा मोरिङ्गा नेपालले यसको उत्पादन र बजारिकरण गरेको छ । यो सराहनिय छ । यसमा रहेको पोषक तत्वले सबैलाई फाइदा हुने देखिन्छ । त्यसैले तपाइ यसको उपभोग गर्न सक्नुहुन्छ । सुरुमा दिनमा एक चम्चा उपभोग गर्नुहोस् । तीन चार हप्तामा दुइ चम्चा बढाउन सकिन्छ र यहाँ भनिए जस्तै दिनको तीन चम्चा उपभोग गर्न सकिन्छ ।”

डा.अरुणा उप्रेतीले मोरिङ्गालाई संजीवनी (मृत्यू वाट वचाउने जडिबुटी) का रुपमा ब्याख्या गर्नु भएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेपालमा ४५ देखि ५० प्रतिशत बालवालिका कुपोषणबाट पीडित छन् । सरकारले कुपोषण अन्त्य गर्न विभिन्न भिटाभिनयुक्त गोलिहरु वितरण गर्दै आएको छ । तर, हामीले हाम्रै गाउँघरमा पाइने यो मोेरिङ्गाको प्रयोग गरिरहेका छैनौं । यसमा सरिरलाई चाहिने पोषक तत्वको भण्डार हुने भएकाले यसलाई संजीवनीको रुपमा नाम दिने गरिएको पनि छ । के कति मात्रामा कति उपभोग गर्ने भन्ने थप अध्ययन आवश्यक छ । तर, बाललालिकालाई दिनमा ५ ग्राम मात्र पनि मोरिङगा दिन सकिन्छ ।”

मोरिङ्गा र यसको महत्व

बिगत ५००० बर्ष देखि मोरिङ्गा प्रयोगमा आएको वनस्पती हो । मोरिङ्गालाई फरक फरक नामद्धारा चिन्ने गरिन्छ । संस्कृतमा शिग्रु, हिन्दीमा सहिजन, नेपालीमा सितलचिनी, र वोटानिकल नेमका रुपमा मोरिङ्गा वलिफेराको रुपमा परिचित यस वनस्पती पोष्टिकताका साथ–साथै धेरै रोगको निम्ति प्रतिरक्षात्मक क्षमता बिकास गर्न उपयोगी भएकोले भारतको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड फेमिली कियरले मोरिङ्गालाई प्लान्ट अफ दि एयर २००८ द्धारा सम्मानित गर्यो । नेपालमा मोरिङ्गाका पातवाट निर्मित पाउडरहरु उपलब्ध भयतापनि नेपाल सरकारको अनुमति तथा खाद्य गुणस्तर तथा गुण नियन्त्रक बिभागको स्वीकृतिमा मोरिङ्गा नेपाल पहिलो कम्पनीका रुपमा स्थापित भएको हो ।

बिश्वका धेरै देशहरुले यसलाई अर्थको जडीबुटीका रुपमा स्वीकारेका छन । जसले गर्दा पोषणको अभाववाट मानिसलाई अकाल मृत्यु हुन वाट बचाउँछ भने बिभिन्न किसिमका रोगकानिम्ति प्रतिरक्षात्मक क्षमता प्रदानगर्न मद्धत गर्दछ । मधुमेह, मुटुरोग, रक्तअल्पता, जोर्नीका समस्या, कलेजोको समस्या,श्वासप्रश्वास, चर्मरोग, पक्षघात, नपुंसकता, तथा पाचनप्रकृया जस्ता रोगहरुका निम्ति यसले महत्वपुर्ण भुमिका निभाउछ भने सुगर तथा प्रेशरका निम्ति समेत उपयोगी मानिएको छ । । यो बनस्पतीवाट एन्टीफङ्गल, एन्टीभाइरल, एन्टीएर्बोटीफीसेन्ट (अधिग्रो बिरुद्ध) को प्रतिरक्षात्मक क्षमता पैदा गर्छ भने प्रोटिन, भिटामीन बि ६, भिटामीन सी,क्याल्सीयम लगायत बिभिन्न पोष्टीक तत्वहरुको प्रचुर श्रोतका रुपमा यसलाई लिइएको छ । द्रैनिक७ ग्राम मोरिङ्गा ३ महिना सम्म नियमित सेवन गरेका ३० जना महिलाहरुको रक्त परिक्षणमा चिनीको मात्रा १३.५ प्रतिशतले कमिआएको छ (स्रोतः हेल्थलाइन डटकम)

नेपालमा पाइने स्थान

तत्काललाई मोरिङ्का उत्पादनहरु काठमाडौंको बालुवाटारस्थित चियापान रेष्टुरेन्ट बालुवाटार र लग्गी नीति डिमार्टमेन्टल स्टोर बत्तिसपुतली पुरानो बानेश्वर विक्री वितरण भइरहेको बताइएको छ । निकट भविष्यमै उपभोक्ताको मागलाई मध्यनजर गरेर थप स्थानहरुमा पनि विक्रीको प्रवन्ध गरिने बताइएको छ । हरेक घरमा एउटा मोरिङ्गाको रुख रोपेर पनि यसको फाइदा लिन सकिन्छ ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

लैङ्गीक समानता सम्बन्धि झापामा दिने प्रशिक्षण

दुहागढी | लैङ्गीक समानता तथा कानुनी सचेतना सम्बन्धि एक दिने प्रशिक्षण झापाको दुहागढीमा शुक्रबार सम्पन्न भएको छ । महिला शसक्तिकरण अभियान मेचीनगर १४ को आयोजनमा सम्पन्न प्रशिक्षणमा स्थानिय ७० जना भन्दा बढी महिला तथा पुरुषहरुको...

मिक्लाजुङ लायन्समा भण्डारी

मधुमल्ला, ११ जेठ | मोरङको मिक्लाजुङमा लायन्स क्लव अफ मिक्लाङजुङ गठन भएको छ । लायन्स क्लव दमक स्वीट सिटीको समन्वयमा विहिबार लायन्स क्लव अफ मिक्लाजुङ गठन गरिएको हो । समाजका विभिन्न क्षेत्रमा संलग्न युवाहरुको भेलाले रुद्र...

पाँचथर उवासंमा नेपाल विजयी

पाँचथर ,९ जेठ । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक नेपाल विजयी भएका छन् । संघको ११औं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । सोमबार भएको निर्वाचनको बुधबार बिहान सम्पन्न मतगणनाबाट नयाँ नेतृत्व...

लुक मि फेसन ग्यालरीको दाेस्राे शाखा दमकमा

दमक | झापाको दमकमा बुधवारबाट लुक मि फेशन ग्यालरीको दोश्रो शाखा संचालनमा आएको छ । शाखाको नेपालका राष्ट्रिय फुट्बल खेलाडी देवेन्द्र तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् । ग्यालरीमा विश्व प्रसिद्ध ब्राण्डका कपडाहरु तथा खेलकुदका...

बिर्तामोड स्थित वीरता जेसीज पुनः उत्कृष्ट

बिर्तामोड बैशाख ३०। झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ अप्रिल २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ । वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी...

मन लोभ्याउदै दोमुखा

झापाको शिबसताक्षी १० स्थीत दोमुखामा पछिल्लो दिनहरुमा आन्तरिक पर्यटकहरुको आर्कषण बडदै गएको छ । यस क्षेत्रको प्राकृतिक मनोरम दृष्य संगै कन्काइमाई खोलामा निर्माण भएको झोलु¨े पुल आनन्द लिन आउने आन्तरिक पर्यटकहरुको संख्या बढदै गएको हो...

पत्रकार महासंघ प्रदेश नं १ को अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानल विजयी

झापा । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी हुनु भएकाे छ। शनिबार सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो। त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली विजयी...

अब झापाको शान्तिनगरबाट सरर सिधै पाथिभरा केवलकारमा ! फिजिवीलिटी अध्ययन पूरा

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ बाट इलामको धार्मिक पर्यटकीय स्थल पाथिभरासम्म जाने केवलकारको फिजिवीलिटी अध्ययन पूरा भएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले शान्तिनगर र रोङ गाउँपालिकामा रहेको पाथिभरा न्दिरलाई अव...

फोहोरबाट दमकमा ५० किलोवाट बिद्युत उत्पादन हुने

दमक ,१६ बैशाख /  झापाको दमकको फोहोरबाट अब दैनिक ५० किलोवाट बिजुली र अग्र्यानिक मल उत्पादन हुने भएको छ । यसका लागि नगरपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच प्रारम्भिक चरणको सम्झौता भएको हो । नगरपालिकाका...

पर्यटनको प्रचुर सम्भावना बोकेको भाषाशास्त्रिको गाँउ-देवानछाप ।

शान्तिनगर । पछिल्ला समयमा नेपालीहरु धेरै घुमन्ते भएको पाइन्छ । परम्परागत सामाजिक व्यबहारलाई हेर्दा धार्मिक रुपमा गरिने तिर्थ यात्रा नेपालीको मौलिक पहिचान रहेता पनि मनोरञ्जनात्मक भ्रमण भने कमै हुने गरेको यथार्थ सबैलाई बोध नै छ...