‘एकलौटी अघि बढ्न खोजे सह्य हुदैन् ’

हाम्रो दमक


ज्ञापनपत्र बुझाउदै कांग्रेस नेताहरु

दमक,३१ बैशाख / नेपाली कांग्रेसले दमक नगरपालिकाको कार्यसम्पादन प्रति आपत्ति जनाउदै नगरपालिकाको ध्यानकर्षण गराएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएका एक बर्ष भएपनि नगरपालिकाले उपलब्ध गराउदै कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै नगरपालिकाको ध्यानकर्षण गराएका हुन् ।
कांग्रेस क्षेत्रीय कार्यसमिति र दमक नगर समितिको एक बृहत टोली सोमबार नगरपालिकामा पुगेर नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीको ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराईएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । ज्ञापनपत्र कांग्रेस नेताहरुले संयुक्त रुपमा बुझाएका थिए । त्यसक्रममा नेतृत्वले नेपालको संविधानलाई नै लत्याएर स्थानीय सरकारका नाममा कतिपय नियमहरु वनाएर आफै तानाशाह बन्न खोजेको बताउदै वेलैमा नसच्चिए कडा आन्दोलन गर्न बाँध्य हुने चेतावनी दिएका थिए । नगरपालिका एकलौटी ढंगले अगाडी वढे् त्यस विरुद्ध कांग्रेस आन्दोलित हुन बाँध्य हुने बताएका थिए ।


ज्ञापनपत्रमा नगरपालिकाले बनाएको शिक्षा नियमावली खारेज हुनुपर्ने तथा खानेपानी तथा सरसफाई ,कृषि , स्वास्थ्य , खेलकुद,विकास निर्माणका कार्यमा नगरपालिका जनउत्तरदायी नबनेको उल्लेख गरिएको छ । त्यस्तै, वडा कार्यालय स्थापनामा समेत नगरपालिका गंभीर नभएको ज्ञापनपत्रमा जनाईएको छ ।
ज्ञापन पत्रमा कांग्रेसले शैक्षिक वेरोजगार युवाहरुको तथ्यांक निकालेर रोजगारमुखी निशुल्क प्राविधिक तालिमको व्यवस्था गर्न तथा अर्धदक्ष सवैवर्गलाई तालिम दिनुका साथै व्यवसायीक अनुदान उपलब्ध गराई वेरोजगारीको अन्त्य गर्न समेत माग गरिएको नगर सभापति रोशन विष्टले बताए ।
त्यसक्रममा ज्ञापनपत्र बुझ्दै नगर प्रमुख ओलीले नगरपालिकाको सेवा,सम्पादन सहज बनाउन नगरपालिका प्रयत्नशील रहेको तथा कांग्रेसबाट आएका लिखीत प्रस्ताव बोर्ड बैठकमा राखेर त्यस उपर गंभीर बन्ने प्रतिवद्धता जनाएका थिए ।
ज्ञापन पत्र बुझाउन महासमिति सदस्य सुरेश सुब्बा,शेरवहादुर भट्टराई, महाधिबेशन प्रतिनिधिहरु रेगिना भट्टराई,सत्यनारायण चौधरी, कांग्रेसका पूर्व सांसद विश्वदिप लिङदेन,जिल्ला सदस्यहरु, भातृ संगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकमा कांग्रेसले शिक्षा नियमावली जलायो

दमक,३१ साउन / झापाको दमक नगरपालिकाले जारी गरेको शिक्षा नियमावली नेपाली कांग्रेसले जलाएको छ । आफ्ना आसेपासेलाई मात्रै खुसी पार्ने उद्देश्यले शिक्षा नियमावली ल्याएको भन्दै कांग्रेसले विहिबार नगरपालिका घेराउ गर्दे सो नियमावलीको पुस्तिका जलाएको हो...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...

‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, ३१ साउन । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । जिल्लाको कनकाई, बिर्तामोड,...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

नबिना कुइकेल शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार...

वर्तमान सरकारका ५ महिने मुख्य ३५ उपलब्धी [विस्तृत विवरणसहित]

काठमाडौं । वर्तमान सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृतवको वर्तमान सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरु सार्वजनिक गरेको हो । सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक...

ससफोमा सामूहिक पार्टी प्रवेश

दमक, २८ साउन । दमकमा  विभिन्न पार्टीहरु परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । फोरम दमक नगर समितिले आइतबार दमक–५ मा एक कार्यक्रम गरि नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् । ससफो लिम्बुवान प्रदेश...

जेसीज सामुदायिक भवनका लागि २२ लाखको सहयोग घोषणा

बिर्तामोड,साउन २७ । वीरता जेसीजले निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आइतवार एकैदिन विभिन्न दाताहरुले २२ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वीरता जेसीजका अध्यक्ष एकराज...

दमकमा एक वर्षमा ७ सय व्यवसाय थपिए

दमक,२५ साउन / झापाको दमकमा व्यवसायीक आर्कषण बन्दै गएको छ । पूर्वी पहाडदेखि ग्रामीण भेगका मानिसहरु रोजगारी र दमकमा बसाईसरेसंगै व्यापार ,व्यवसायमा दिनानुदिन आर्कषण बन्दै गएको हो । दमक उद्योग वाणिज्य संघका अनुसार दमकमा बर्सेनी...