दमकमा ‘जिउँदो आकाश’ नाटक मञ्चन हुने

हाम्रो दमक

दमक,३१ बैशाख/  झापाको दमकमा यहि जेठ ११ गतेदेखि १३ गतेसम्म‘ जिउँदो आकास’ नामक नाटक मञ्चन हुने भएको छ । साइलेण्ट एक्टको व्यानर तथा चुलाचुली थियटरको संयोजनमा जेठ ११,१२ र १३ गतेसम्म नाटक मञ्चन हुन लागेको हो । दमकमा मञ्चन हुन लागेको सो नाटकको ५४ औ संस्करण हो । अन्तराष्ट्रिय स्तरका नाटक ड्रामा फेस्टिबलमा समेत सहभागि भईसकेको सो नाटक स्थानीय गोरखा डिपार्टमेन्ट सभाहलमा मञ्चन गरिने छ ।
सोमबार दमकमा पत्रकार सम्मेलन गरि नाटक तयारीका बारेमा आयोजकले जानकारी दिएको हो । कार्यक्रम संयोजक अशोक बस्नेतले अल्पसंख्यक तथा तेश्रो लिङी समुदायका सामजिक मुद्यालाई नाटकमा चित्रण गरिएको बताए । उनले हालसम्मका नाटकहरु मध्ये ‘जिउँदो आकाश ’पृथकसंगै सामाजिक बोध गराउने विशेषता भएकाले दर्शकहरुबाट साथ पाउने बताए । नाटकमा कलाकार अनिल सुब्बाको एकल अभिनय रहेको छ ।
पत्रकार सम्मेलनमा चुलाचुली थियटरका संस्थापक अध्यक्ष चेतन आङथुप्पोले नाटक तयारीका बारेमा बोलेका थिए । करिव १ घण्टा १० मिनेट लामो सो नाटक दमकसंगै पूर्वको काकड्भिट्टामा समेत मञ्चन हुने जनाईएको छ ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

कमल ,३१ साउन / रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले विहिबार जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी...

तलहवाज विरुद्धको खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ विकेट लिन सफल

बिर्तामोड । जमैका तलहवाज विरुद्धको खेलमा नेपालका युवा वलर सन्दिप लामिछानेले आज बिहान सम्पन्न भएको खेलमा  खेलमा २ विकेट लिएका छन् । क्यारेवियन प्रिमियर लिग अर्थात सीपीएल क्रिकेटमा एसटी किट्स एण्ड नेभिस प्याट्रोइड्सबाट खेलिरहेका सन्दिपले...

इलाम माइजोगमाईमा अलैंची खेती मासिंदै , किसानहरु चिन्तित

इलाम । उत्पादनमा केही सुधारोन्मुख देखिपनि पछिल्लो समय लगाइएको अलैंचीमा समेत रोग देखा पर्न थालेको छ । रोगको प्रकोप देखा परेपछि कतिपय किसानले अलैंची नै फाडेर पूरानै खेती सुरु गरेका छन् । दुई दशक...

घर घरमा नागको तस्बिरमा पूजा गरेर नागपञ्चमी मनाइँदै

बिर्तामोड । आज श्रावण शुक्ल पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व अर्थात नाग वा सर्पको पूजा गरेर मनाउँदैछन् । आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...