श्रवणशक्ति गुमेका (बहिरा) २१ विद्यार्थीलाई वीरता जेसीजको सहयोग

हाम्रो दमक

बिर्तामोड, बैशाख ३१। कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयका २१ जना श्रवणशक्ति गुमेका (बहिरा) विद्यार्थीलाई बिर्तामोडस्थित वीरता जेसीजले विद्यालय पोशाक, झुल लगायतका सामग्री प्रदान गरेको छ ।

आज सोमबार विद्यालयमा आयोजित समारोहकाबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम संयोजक तथा उपाध्यक्ष अशोक चौधरीले विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझालाई उक्त सामग्री हस्तान्तरण गरे ।

वीरता जेसीजका अध्यक्ष गिरीको अध्यक्षतामा भएको समारोहमा सहभागीले जेसीज युवाको परोपकारी कामको प्रशंसा गरे । वीरता जेसीजले २१ जना वहिरा विद्यार्थीका लागि अति आवश्यक विद्यालय पोशाक, २१ थान झुल, कापी लगायतका सामगी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझाले वीरता जेसीजले बहिरा विद्यार्थीका लागि अति आवश्यक सामग्री प्रदान गरेर उनीहरुको शिक्षा र स्वास्थ्यमा ठूलो योगदान गरेको बताए ।

वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष मिक्की कार्कीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा जेसीआई मिसन र भिजन वाचन, कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले गरेका छन् ।

तालिम संयोजक विकास बस्नेतले नेपाल जेसीज र वीरता जेसीजको सन् २०१८ को प्रकरण वाचन गरेका थिए भने उपाध्यक्ष युवराज कुँवरले आस्था वाचन र अर्का उपाध्यक्ष पवन न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

महासचिव कमलप्रसाद पाण्डे विनोदले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष तथा कार्यक्रम संयोजक अशोक चौधरीले गरेका थिए ।
अध्यक्ष गिरीले कुनै पनि बालबालिका त्यसमा पनि अपाङ्गता भएकाहरुले शिक्षा आर्जन र आधारभूत आवश्यकता पूर्तिमा कुनै अभाव झेल्नु नपरोस भनेर अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न कार्यक्रम गरिएको बताए । वीरता जेसीजले झैं सामाजिक संस्थाले सहयोग गर्ने हो भने बालबालिकाहरु शिक्षा आर्जनका लागि अभावमा वस्नुपर्ने अवस्था नआउने सो अवसरमा बताइयो । कार्यक्रममा बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाका सचिव तथा स्रोत शिक्षक हरि अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

वीरता जेसीजले यस वर्ष आफ्ना बोर्डका पदाधिकारी तथा सदस्यको जन्मोत्सव परोपकारी काम गरी मनाउने अभियान अन्तर्गत उपाध्यक्ष अशोक चौधरीको जन्मोत्सवको अवसरमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

कमल ,३१ साउन / रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले विहिबार जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी...

तलहवाज विरुद्धको खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ विकेट लिन सफल

बिर्तामोड । जमैका तलहवाज विरुद्धको खेलमा नेपालका युवा वलर सन्दिप लामिछानेले आज बिहान सम्पन्न भएको खेलमा  खेलमा २ विकेट लिएका छन् । क्यारेवियन प्रिमियर लिग अर्थात सीपीएल क्रिकेटमा एसटी किट्स एण्ड नेभिस प्याट्रोइड्सबाट खेलिरहेका सन्दिपले...

इलाम माइजोगमाईमा अलैंची खेती मासिंदै , किसानहरु चिन्तित

इलाम । उत्पादनमा केही सुधारोन्मुख देखिपनि पछिल्लो समय लगाइएको अलैंचीमा समेत रोग देखा पर्न थालेको छ । रोगको प्रकोप देखा परेपछि कतिपय किसानले अलैंची नै फाडेर पूरानै खेती सुरु गरेका छन् । दुई दशक...

घर घरमा नागको तस्बिरमा पूजा गरेर नागपञ्चमी मनाइँदै

बिर्तामोड । आज श्रावण शुक्ल पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व अर्थात नाग वा सर्पको पूजा गरेर मनाउँदैछन् । आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...