भारतीय पाठ्यपुस्तक पढाउने स्कुललाई कारवाही

हाम्रो दमक

स्कुलले पढाउने भारतीय पाठ्यपुस्तकहरु

दमक, ३१ बैशाख / सरकारी स्वीकृत विनाका भारतीय पाठ्यपुस्तकहरु पठ्नपाठन गराएको भन्दै झापाको दमकको एक विद्यालय कारवाहीमा परेको छ ।

दमक–६ स्थित सुर्योदय अंग्रेजी वोर्डिङ स्कुलले आफूखुसी भारतीय पाठ्यपुस्तकहरु पठ्नपाठन गराएको भन्दै शिक्षा समितिले स्कुललाई कारवाहीको प्रकृया अगाडी बढाएको हो । नेपाली राष्ट्रियता माथि खेलबाड हुने खालका भारतीय पाठ्यपुस्तकहरु पठ्नपाठन गराउदै आएको पाईएपछि समितिले आज स्कुल अनुगमन गरेको थियो । अनुगमन पछि समितिले स्कुललाई २४ घण्टे स्पष्टिकरण सोधिएको नगर शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिए ।

स्कुलले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पव्लिकेशनका पुस्तकहरु पढाउदै आएको छ । स्कुलले आफुले पढाउने पुस्तकको बिषयमा शिक्षा कार्यालयमा जानकारी गराउनु पर्ने नियम भएपनि हालसम्म त्यसो नगराएको शिक्षा अधिकृत काफ्लेले बताए । तोकिएको समय भित्रमा स्पष्टिकरण चित्तबुझ्दो नदिए बिद्यालय बन्द गर्ने सम्मको कारबाही हुन सक्ने शिक्षा अधिकृत काफ्ले बताउँछन् । काफ्लेका अनुसार सो स्कुलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पव्लिकेशनका ‘इङिलस कन्भरशेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेपछि अनुगमन गरिएको थियो ।

त्यस पुस्तकमा भारतको झण्डा , आफनो जन्मभूमि भारत हो , हाम्रो राष्ट्रिय झण्डा जस्ता पाठ्यसामाग्री समावेश गरिएको भेटिएको शिक्षा अधिकृत काफ्लेले बताए । उनले भने ,–‘ स्वीकृत विनाका पाठ्यपुस्तक पढाएको स्कुल प्रशासनले स्वीकार गरेको छ, त्यस्ता पुस्तकहरु आजदेखि हटाउने प्रतिवद्धता जनाएका छन् ।’

अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो । दमक नगर भित्र २१ वटा सामुदायिक र ५९ वटा संस्थागत विद्यालय रहेका छन् ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...