देशलाई विकाश र समृद्धिको बाटोमा हिडाउ छौं: प्रमओली

हाम्रो दमक

काठमाडौं ३१ बैशाख | प्रधानमन्त्री केपीशर्मा ओलीले बर्तमान सरकारले देशलाई विकाश र समृद्धिको बाटोमा हिडाउन चाहेको बताउनुभएको छ ।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितीको प्रतिवेदन ग्रहण गर्दै आज प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीओलीले देशमाअनुशासित लोकतन्त्र आवश्यक रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले तीन तहका सरकार र राजनीतिक संरचना तयारगरे पनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यानदिइने बताउनुभएको छ । प्रतिवेदन बुझाउन उच्च स्तरीय निदेर्शक समितीका सदस्य राजेन्द्र प्रसाद पाण्डे कार्यान्वयन सहजीकरण समितीका संयोजक काशीराज दाहाल, सदस्यहरु,मधुरमण आचार्य,माधव प्रसाद रेग्मी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब दिनेश थपलीया लगायत सहभागी हुनुहुन्थ्यो ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरिएको भन्दै झापाबाट प्रमलाई ज्ञापनपत्र

झापा | सरकारले गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरेको भन्दै नेपाल प्रेस युनियन झापा शाखाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । गणतन्त्र दिवसको सार्वजनिक विदालाई निरन्तरता दिन दवाव स्वरुप नेपाल प्रेस युनियन झापाका शाखाका सभापति...

जनता संग प्रहरी कार्यक्रम आजबाट प्रदेश एकमा सुरु

बिराटनगर | एक नम्बर प्रदेश सरकारले सय दिन भित्रै गर्ने भनेको जनता संग प्रहरी कार्यक्रम सय दिन बिते पछि आजबाट सुरु भएको छ । सो अभियानको मुख्य मन्त्री शेरधनराईले विराटनगरस्थित आदर्श माविबाट स्टिकर टाँसेर...

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

झापामा लिम्बु कलाकर्मीहरु संगठित

दमक,१३ जेठ /  झापामा लिम्बु कलाकर्मीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न कलाकर्मीहरुको भेलाले लिम्बु सांस्कृतिक जिल्ला परिषद गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा जेवि काम्बाङ,उपाध्यक्षमा सुवास योङयाङ,सचिवमा...

गणतन्त्र दिवसको विदा निरन्तरताको माग

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट...