झापामा जिल्लास्तरीय फुटबल प्रतियागिता हुने

हाम्रो दमक

दमक | झापाको सदरमुकाम भद्रपुरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता हुनलागेको हो ।

भद्रपुरको स्थापित क्लव इलेभेन साइनिङ स्टार क्लवको आयोजनामा आगामी जेठ ८ देखि जेठ १५ गतेसम्म भद्रपुर माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हा। । हालै क्लवको कार्यसमितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । क्लवका अध्यक्ष दिलीप भूइँमालीको अध्यक्षतामा सम्पन्न बैठकले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न रवि मुखियाको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ भने २५ सदस्यीय सल्लाहकार समिति, पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र पाँच सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ ।

आयोजक समितिको सहसंयोजकमा जीतेन्द्र शर्मा ‘जीतु’ रहेका छन् भने बिर्जु सहनी, इश्वर हाडा, किशोर लामा, विजय आइजच र किरण दाहाल रहेका छन् भने मनोज श्रेष्ठको संयोजकत्वमा नविन गुरुङ, जीतेन्द्र शर्मा ‘जीतु’, सुदेश राई र किरण दाहाल सदस्य रहेका छन् ।

भद्रपुरका प्रतिष्ठित उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको संयोजकत्वमा २६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सो समितिमा भद्रपुर वडा नं ५ का वडाअध्यक्ष बन्धु कार्की, वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा, वडा नं ६ का वडा सदस्य अजय साहेवाला, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, नेपाली कांग्रेसका ३ क्षेत्रीय सभापति गणेश पोखरेल, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरे, नितेश वर्मा, गोपाल धमला, सुरज खत्री, कृष्ण ढकाल, दिपेश ढकाल, रमेश पराजुली, रमेशचन्द्र झा, आदित्य पराजुली, सुबोध कोठारी, किरण भारती, नन्दु सरावगी, महाबीर मित्रुका, राजु सिंघल, कविन राई, प्रज्वल राई, विक्की राई, प्रविर घोष र सञ्जय घोष सदस्य छन् ।

यसैगरी, गोपाल गिरी, रोहित काफ्ले, दिपक अधिकारी, माया पकुवाल, उत्तम नेपाल, पार्थ मण्डल र गंगा बराल रहेको प्रचार–प्रसार समिति गठन गरिएको छ ।

यो प्रतियोगिता प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिँदै आएको प्रतियोगिताको निरन्तरता भएको क्लवका अध्यक्ष भूइँमालीले जानकारी दिए । ‘विगत १४ वर्षदेखि निरन्तर यो प्रतियोगिता भद्रपुरमा गरिरहेका छौं’, उनले भने– ‘यस वर्ष आर्थिक अभावका कारण प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिता गर्न सकिएन, गणतन्त्र दिवसको अवसरमा गर्ने तयारी गरिएको हो ।’

सशस्त्र प्रहरीको एउटा विभागीयसहित झापाका ८ वटा टिम सहभागी गराउने तयारी गरिएको प्रतियोगिताको विजेता ६० हजार नगदसहित शील्ड तथा मेडल र उपविजेथाले ४० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने आयोजक समितिका संयोजक मुखियाले जानकारी दिए ।

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...