बिर्तामोड स्थित वीरता जेसीज पुनः उत्कृष्ट

हाम्रो दमक

बिर्तामोड बैशाख ३०। झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ अप्रिल २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ । वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले ‘जेसीज अफ द मन्थ अप्रिल २०१८ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेका हुन् ।

नेपाल जेसीजको दाङमा सम्पन्न क्षेत्र ‘घ’ सम्मेलन समापनका अवसरमा राष्ट्रिय अध्यक्ष वस्यालले उक्त घोषणा गरेको वीरता जेसीज सन् २०१८का अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

नेपाल जेसीजले यसअघि पनि वीरता जेसीजलाई ‘जेसीज अफ द मन्थ फेब्रुअरी’ को अवार्ड प्रदान गरिएको थियो । नेपाल जेसीजले वीरता जेसीजलाई तीन महिनाको अवधिमा पुनः दोस्रोपटक उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेको हो ।

क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला लगायतले वीरता जेसीज पुनः उत्कृष्ट भई जेसीज अफ द मन्थ अप्रिल अवार्ड प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गरेका छन् ।

वीरता जेसीजको यो सफलताप्रति आफ्नो कार्यसमिति, संयोजकहरुलाई अध्यक्ष एकराज गिरीले धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यकासाथ क्रियाशील रहन आग्रह गरेका छन् ।

लाई अध्१२ फेबु्रअरीमा गिरी नेतृत्वको टिमले वीरता जेसीजको नेतृत्व सम्हालेपछि सामाजिक तथा मानवीय सेवा क्षेत्रमा गरेको विभिन्न उत्कृष्ट कार्यलाई नेपाल जेसीजले मूल्यांकन गर्दै आएको छ ।

अप्रिल महिनामा वीरता जेसीजले शाखाको इतिहासमा पहिलोपटक भित्ते पात्रो प्रकाशन, विमोचन र नवबर्षको शुभकामना आदानप्रदानसहित १० वटा कार्यक्रम सम्पन्न गरेको थियो । राजनीतिककर्मी तथा सञ्चारविद् रवीन्द्र मिश्रसँग साझा सवाल, पूर्वअध्यक्षहरुको अगुवाईमा उत्कृष्ट नागरिक सम्मान, लोकतन्त्र दिवसमा दीप प्रज्ज्वलन तथा अन्तरक्रिया समेत गरिएको थियो ।

त्यस्तै अप्रिल महिनामै वीरता जेसीजले पहिलोपटक पुस्तक दिवस मनाउँदै तीन सय बढी पुस्तक उपहार प्रदान गर्नुका साथै बिर्तामोड–२स्थित मोहनमाया माविका २१ जना कान नसुन्ने र बोल्न नसक्ने विद्यार्थीका लागि आवश्यक सामग्री सहयोग प्रदान लगायतका कार्यक्रम सम्पन्न गरेको महासचिव कमलप्रसाद पाण्डे विनोदले जानकारी दिए । वीरता जेसीजले अप्रिल महिनामा मनाइएको पुस्तक दिवसबाट नै मायाको चिनोमा पुस्तक दिने संस्कृतिको समेत सुरुवात गरेको छ । नेपाल जेसीजमा देशभर एक सय ४२ शाखा छन् भने क्षेत्र ‘क’ मा ३७ वटा शाखा रहेका छन् ।

आइत, बैशाख ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरिएको भन्दै झापाबाट प्रमलाई ज्ञापनपत्र

झापा | सरकारले गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरेको भन्दै नेपाल प्रेस युनियन झापा शाखाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । गणतन्त्र दिवसको सार्वजनिक विदालाई निरन्तरता दिन दवाव स्वरुप नेपाल प्रेस युनियन झापाका शाखाका सभापति...

जनता संग प्रहरी कार्यक्रम आजबाट प्रदेश एकमा सुरु

बिराटनगर | एक नम्बर प्रदेश सरकारले सय दिन भित्रै गर्ने भनेको जनता संग प्रहरी कार्यक्रम सय दिन बिते पछि आजबाट सुरु भएको छ । सो अभियानको मुख्य मन्त्री शेरधनराईले विराटनगरस्थित आदर्श माविबाट स्टिकर टाँसेर...

दमकमा अत्याधुनिक वर्कशप सन्चालनमा

दमक । दमक ५ मा रहेको न्यु सगम ईन्टरपाइजेजले अत्याधुनिक वर्कशपको आज एक कार्यक्रमबिच उदघाटन गरेको छ । वर्कशपको दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङले रिबन काटेर उदघाटन गर्नु भएको हो । ईन्टरप्राइजेजका संचालक बिमल...

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

झापामा लिम्बु कलाकर्मीहरु संगठित

दमक,१३ जेठ /  झापामा लिम्बु कलाकर्मीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न कलाकर्मीहरुको भेलाले लिम्बु सांस्कृतिक जिल्ला परिषद गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा जेवि काम्बाङ,उपाध्यक्षमा सुवास योङयाङ,सचिवमा...

गणतन्त्र दिवसको विदा निरन्तरताको माग

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट...