नेपालका कम्युनिष्ट पार्टीमा वैज्ञानिक विचार र कार्यशैली छैनः डा प्रसाई

हाम्रो दमक


झापा, ३० बैशाख । माक्र्सवादी अध्ययता डा. खगेन्द्र प्रसाईले नेपालका कम्युनिष्ट पार्टीमा वैज्ञानिक विचार र कार्यशैली नभएको बताएका छन् । माओवादी अध्ययन केन्द्र झापाले बिर्तामोडमा आज आयोजना गरेको ऐतिहासिक भौतिकवाद तथा मानव मुक्ति बिषयक प्रशिक्षण कार्यक्रममा डा. प्रसाईले नेपालका कम्युनिष्ट पार्टीले माक्र्सवादको आलोचनात्मक चेतलाई स्वीकार गर्न नसकेको बताए । ‘पार्टी जनवादी बहस र छलफल हुँदैन् ’ उनले भने, ‘वैज्ञानिक विचार बोक्ने भनिएका कम्युनिष्ट पार्टीमा विचारको बहस हुँदैन ।’
नेपाल अध्ययन केन्द्रका निर्देशकसमेत रहेका डा. प्रसाईले नेपालमा समाजवाद ल्याउने हो भने कम्युनिष्ट पार्टी वैज्ञानिक विचार र कार्यशैलीबाट चल्नु पर्नेमा जोड दिए । विचार निर्माणको प्रश्न मुख्य नभएसम्म समाजवाद सम्भव नहुने बताए । उनले सात दशकसम्म स्थापित सोभियत संघको समाजवाद ढल्दा जोगाउन एक जना नागरिक पनि सडकमा नआएको कुराबाट नेपालका कम्युनिष्ट पार्टीले सिक्नु पर्नेमा जोड दिए । सोभियत समाजवादमा नागरिकका लागि सबै थोक भएपनि विचार निर्माणको प्रश्नमा राज्यबाट अलग्गिएका कारण त्यहाँको समाजवाद रक्षा गर्न नागरिक सडकमा नआएको बताए ।
डा. प्रसाईले नेपालमा समाजवाद स्थापना गर्न वैज्ञानिक चेत भएका कार्यकर्तासहितको पङ्ति तयार गर्नु पर्ने बताए । कम्युनिष्ट पार्टीमा स्वस्थ आलोचना स्वीकार्नै नसक्ने अवस्था रहेको बताए । कम्युनिष्ट पार्टीका विचार र व्यवहारमा क्रान्तिकारी परिवर्तन नभएसम्म समाजवादी क्रान्ति हुन नसक्ने बताए ।
शिक्षणमा एमाले माओवादी सम्बद्ध कार्यकर्ता लगायतका क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । माओवादी अध्ययन केन्द्रका सचिव भानु दंगालले संचालन गरेको प्रशिक्षणको अध्यक्षता रमेश गुरागाईले गरेका थिए । सहभागिका तर्फबाट प्रदेश सांसद जसमायाँ गजमेर, माओवादी अर्जुनधारा नगर कमिटी अध्यक्ष भूपेन्द्र न्यौपाने र पत्रकार गोपाल झापालीले कार्यक्रम राम्रो भएको बताए । उनीहरुले माक्र्सवाद सम्बन्धी कार्यक्रम निरन्तर हुनु पर्ने बताए ।

आइत, बैशाख ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

दमकमा तरुणका लागि प्रशिक्षण

दमक,१२ जेठ /  नेपाल तरुण दलले दमकमा शनिवार नगरस्तरीय तरुण कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित सो प्रशिक्षण कार्यक्रममा नगर क्षेत्रका सय तरुणहरुको सहभागिता रहेको थियो । सो...

‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् । नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव...

झापाको बुद्धशान्तिमा बन्दै गरेको रिङरोडले गति लिँदै

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको सबै ७ वटै वडाहरुलाई जोड्ने बुद्धशान्ति रिङरोडको निर्माण कार्यले गति लिएको छ । रिङरोड निर्माणका लागि गाउँपालिकाले विभिन्न सडक क्षेत्रमा समिति निर्माण गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

नेकपामा झापाबाट १३ जना

दमक,९ जेठ /  नेकपा एमाले र माओवादी केन्द्रवीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा झापाबाट १३ जना परेका छन् । दुई अध्यक्षमध्ये प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट १३ जना नेताले स्थान...

पाँच दलले दिए नगरपालिकालाई ध्यानाकर्षण–पत्र

दमक,८ जेठ / झापाको दमक–७ स्थित हाटखोला क्षेत्रका सुकुम्बासीहरुलाई नगरपालिकाले बलप्रयोग गरि जर्वजस्ती घरटहराहरु भत्काएको घटना प्रति आपत्ति जनाउदै दमकका पाँच राजनीतिक दलहरुले निन्दा गरेका छन् । नेपाली कांग्रेस,संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय...

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७०...

साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रेती पक्राउ

दमक | साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रती पक्राउ परेका छन । उर्लाबारीको सनम शाक्यको हत्यामा समेत संलग्लन रहेका मोरङ उर्लाबारी घर भइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका उप्रेतीलाई प्रहरीले...