कनकाई सुरुङ्गा प्रेस क्लबमा पुनः निरौला

हाम्रो दमक

सुरुङ्गा, २९ वैशाख / कनकाई सुरुङ्गाा प्रेस क्लबको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
दुई वर्षका लागि सर्वसम्मत गठन भएको ११ सदस्यीय समितिको अध्यक्षमा रामप्रसाद निरौलालाई पुनः चयन गरिएको छ । समितिको उपाध्यक्षद्वयमा सावित्रा दाहाल र संगीता उप्रेती, सचिवमा मनोज बस्नेत, सहसचिवमा सूर्यप्रसाद अधिकारी र कोषाध्यक्षमा चूडामणि तिम्सिना चयन भएका छन् । सदस्यहरुमा डिल्लीराम घोर्साईं, सुष्मा कुमाल, चन्द्र बस्नेत, अमृत योङहाङ र अनुप भण्डारी रहेका छन् । त्यसै गरी साधारणसभाले कनकाई सुरुङ्गा प्रेस क्लबको अक्षयकोष व्यवस्थापन समितिको संयोजकमा क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेललाई चयन गरेको छ भने अन्य सदस्य पछि थप गरिने जनाइएको छ । क्लबको संरक्षकमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष निरौलाले जानकारी दिएका छन् । साधारण सभामा अध्यक्ष निरौलाले भावि योजना सहितको क्लवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लबका सल्लाहकारहरु कोमलप्रसाद पोखरेल, हिराकुमार थापा, रुद्रप्रसाद चिमरिया, एकराज गिरी, आशा शर्मा शिवाकोटी, कुमारमणि पोखरेल, जनार्दन उप्रेती, प्रकाश चुडाल र हिम्मत नेम्बाङलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्यारागन एकाडेमी सुरुङ्गा व्यवस्थापन समितिका अध्यक्ष चम्पा सुबेदीलाई क्लबको अक्षयकोषमा ५ हजार ५ सय सहयोग गरेकोमा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमकी विशेष अतिथि कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाईले क्लबको अक्षयकोषका लागि ११ हजार रुपैयाँ सहयोग गर्ने वचन दिएकी छन् । समाज रुपान्तरणमा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै कार्यक्रमका अधिकांश वक्ताहरुले निस्पक्ष रुपमा निडर भएर कलम चलाउँन सम्पूर्ण संचारकर्मीहरुलाई आह्वान गरेका छन् ।

क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली, सम्मानित व्यक्तित्व चम्पा सुबेदी, राप्रपा नगर अध्यक्ष ज्योतिकुमार उप्रेती, मानवअधिकारकर्मी सूर्य उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान उपाध्यक्ष डिल्लीराम घोर्साईँले स्वागत गरेको कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष सावित्रा दहालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् भने सञ्चालन सचिव मनोज वस्नेतले गरेका थिए ।

शनि, बैशाख २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

आर्थिक अभावले उपचार गर्न बन्चित भएकाहरुको साहारा बन्दै तेजन

समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखेकै भरमा धेरै विरामीका लागि हालसम्म करोड बढि उपचार खर्च जुटेको छ । उपचार खर्च मात्र हैन, समाजको बिकासका लागि आर्थिक स्रोत र सहयोगी हात...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

भिरबाट लडेर र छिमेकीको कुटपिटबाट २ को मृत्यु

ताप्लेजुङ् | ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर स्थानीय बर्ष ४५ को श्री प्रसाद गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गुरुङ बजार बाट घर फर्कने क्रममा भिरबाट लडेर ३०...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

नमूना बाल गृहमा दशैँ, मेयरले लगाईदिए टिका

उर्लाबारी | मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि धुमधामका साथ दशै मनाएका छन् । गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिएका छन्...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...