प्रदेश एकको हिउँदे अघिबेशन: को सांसद कति अनुपस्थित

हाम्रो दमक

बिराटनगर | प्रदेश १ को प्रदेश सभामा ठुला दलका ठुला नेताहरुनै बढि अनुपस्थित रहने गरेको पाईएको छ । प्रदेश सभाको बैठकमा धेरै जसो सांसद सधै उपस्थित भएको पाईदैन । शतप्रतिशत उपस्थित हुने सांसदहरुको संख्या भने न्युन पाईएको छ ।

ठुला नेता मध्येमा सवै भन्दा बढि गयल हुनेमा नेकपा एमालेका सचिव भिम आचार्य देखिएका छन् । हिउँदे अधिवेशन सकिसक्दा उनी जम्मा १० पटक मात्र प्रदेश सभाको बैठकमा सहभागी भए । कुल ३९ पटक प्रदेश सभाको बैठक हिउँदे अधिवेशन सकिँदासम्म बसेको थियो । उनी यसअघि १ नम्बर प्रदेशको मुख्य मन्त्रीको प्रतिस्पर्धी समेत हुन् । तर उनी मुख्यमन्त्री शेरधन राईसँग पराजित भएका थिए । प्रायजसो काठमाडौं बस्ने उनी सबैभन्दा बढी प्रदेश सभाको बैठकमा अनुपस्थित हुने प्रदेश सभा सदस्य समेत बनेका छन् । उनी सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा ख बाट विजयी भएका थिए । एमालेका तर्फबाट प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङ पनि नेता आचार्य पछि सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्य हुन् ।

पाँचथर क्षेत्र नम्बर १ (क) बाट विजयी काम्बाङ प्रदेशसभामा २१ बैठकमा अनुपस्थित रहेका छन । उनी जम्मा १८ बैठकमा मात्र सहभागी भएको देखिन्छ । प्रदेश सभा सचिवालयका अनुसार कुल ३९ वटा प्रदेश सभा सञ्चालन हुँदा २० जना प्रदेश सभा सदस्य १० भन्दा कम प्रदेश सभाको बैठकमा सहभागी भएको देखिन्छ । यस अवधिमा सबै प्रदेश सभाको बैठकमा ११ जना प्रदेश सभा सदस्य हाजिर भएका छन् । संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिइ लगातार दशवटा बैठकमा अनुपस्थित भएको खण्डमा प्रदेश संसदको सदस्यता खारेज हुन सक्ने व्यवस्था छ । १० दिनभन्दा बढी समयपछि बैठकको विदा लिनुपर्ने भएमा सभापतिको स्विकृती लिनुपर्ने प्रावधान छ । प्रदेश सभामा बैठकमा सहभागी सदस्यलाई प्रतिबैठक करसहित ७ सय ५० रुपैयाँ भत्ता दिने ब्यवस्था छ ।

बैठकमा गयल भएमा सो भत्ता पाइँदैन । प्रदेशसभाको बैठकमा शत प्रतिशत हाँजिरी हुनेमा ११ जना मात्र देखिएका छन् । सत प्रतिशत उपस्थित हुने सांसदहरुमा झापाकी इन्दीरा राई, सुनसरीकी उमिता विश्वकर्मा, उदयपुरकी कला घले, संजाकुमारी दनुवार, मोरङकी कल्पनाकुमारी सरदार, चुमनारायण तबदार, बसन्तीदेवी यादव, विजयकुमार विश्वास, शिवनारायण गनगाईं र सावित्रा कुमारी रेग्मी रहेका छन् । यसका साथै ३८ वटा वैठकमा सहभागी हुने सांसदको संख्या १४ जना छ भने ३० वटा भन्दा कम बैठकमा सहभागी हुनेको संख्या २१ छ । संसद वैठकको सुरुवात संचालन गरेका झापाका कांग्रेस सांसद ओम सरावगी १८ वटा वैठकमा अनुपस्थित देखिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुमा माओवादीका टंक आङ्बोहाङ १२ वटा, कांग्रेसका राजिव कोइराला ११ वटा, एमालेका सचेतक बुद्धीकुमार राजभण्डारी १५ वटा, संघीय समाजवादीका जयराम यादव १२ वटा वैठकमा अनुपस्थित भएको उल्लेख छ । प्रदेश संसद ९३ जनाको रहेकोमा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरु बाहेक ८६ जना सांसदमध्ये ९ जना सांसद १५ भन्दा बढी वैठकमा अनुपस्थित रहेको पाइएको छ ।

शनि, बैशाख २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

कमल ,३१ साउन / रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले विहिबार जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी...

तलहवाज विरुद्धको खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ विकेट लिन सफल

बिर्तामोड । जमैका तलहवाज विरुद्धको खेलमा नेपालका युवा वलर सन्दिप लामिछानेले आज बिहान सम्पन्न भएको खेलमा  खेलमा २ विकेट लिएका छन् । क्यारेवियन प्रिमियर लिग अर्थात सीपीएल क्रिकेटमा एसटी किट्स एण्ड नेभिस प्याट्रोइड्सबाट खेलिरहेका सन्दिपले...

इलाम माइजोगमाईमा अलैंची खेती मासिंदै , किसानहरु चिन्तित

इलाम । उत्पादनमा केही सुधारोन्मुख देखिपनि पछिल्लो समय लगाइएको अलैंचीमा समेत रोग देखा पर्न थालेको छ । रोगको प्रकोप देखा परेपछि कतिपय किसानले अलैंची नै फाडेर पूरानै खेती सुरु गरेका छन् । दुई दशक...

घर घरमा नागको तस्बिरमा पूजा गरेर नागपञ्चमी मनाइँदै

बिर्तामोड । आज श्रावण शुक्ल पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व अर्थात नाग वा सर्पको पूजा गरेर मनाउँदैछन् । आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...