रेडक्रसको विद्यालयमा किशोरी शिक्षा

हाम्रो दमक


कमल,२८ बैशाख / झापाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले गाउँँपालिकाका विभिन्न विद्यालयका ३ सय बढी विद्यार्थीलाई किशोरी शिक्षा दिएको छ ।
विश्व रेडक्रस दिवसका अवसर पारेर रेडक्रसले विहिवार र शुक्रवार सञ्चालन गरेको सो कार्यक्रममा कमलका एक दर्जन बढी संस्थागत तथा सामुदायिक विद्यालयका ३५० जना किशोरी विद्यार्थीहरु सहभागि थिए ।
रेडक्रस उपशाखा सचिव पारषमणि राईका अनुसार विहिबार कमल – ६ स्थित हिमाली अंग्रेजी स्कुल र कमल –५ को मंगलमय माविमा र शुक्रवार कमल–२ को महेन्द्र रत्न मावि समयगढ र दिउसो कमल –३ स्थित लालिमा आवासीय माविमा तालिम सञ्चालन गरिएको हो । तालिममा किशोरी शिक्षासहित सडक दुर्घटना न्यूनिकरण, रक्तदान शिक्षा र सर्पदंश सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको रेडक्रस उपशाखा सभापति चन्द्र शाहले जानकारी दिए ।
शुक्रवार सम्पन्न तालिममा ती दुवै स्थानमा आम्दा अस्पतालका तर्फबाट टीका सुवेदी, सडक दुर्घटना न्यूनिकरण सम्बन्धि जीवनचक्र समाजका प्रवक्ता प्रदिपराज पौडेल, रक्तदानबारे दमक रेडक्रस रक्त सञ्चार प्रमुख सिदार्थ दाहाल,सरिता नगरकोटीले सहजीकरण गरेका थिए । त्यस्तै सर्पदशं उपचार तथा बच्ने उपायका बारेमा उपशाखाका सभापति शाहले सहजीकरण गरेका थिए । कार्यक्रममा किशोरीहरुलाई सिनेटरी प्याड निर्माण र प्रयोग बिधिका बिषयमा समेत जानकारी गराइएको थियो ।

शुक्र, बैशाख २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...