दमक गोल्डकपको उपाधि पुलिसलाई

गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको थियो । दमक नगरपालिकाले आयोजना गरेको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागीता रहेको थियो

हाम्रो दमक

दमक, बैशाख २८ | झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसंगै पुलिसले नगद १३ लाख ११ हजार रुपैया प्राप्त गर्यो । मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले ८८ औं मिनेटमा हेडमार्फत गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए ।

खेलमा हाबी पनि पुलिसनै थियो । खेलको १२ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार मनाङका डिफेण्डरले क्लियर गर्दै पुलिसलाई अग्रता लिनबाट रोकेको थियो । ३४ औं मिनेटमा कर्नर बललाई पुलिसका रेजिन सुब्बाले प्रहार गर्न सकेनन् । ७० औं मिनेटमा मनाङका खेलाडीको प्रहार पुलिसका सन्तोष हेमरमले क्लियर गरेका थिए ।

खेलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम भए । उत्कृष्ट मीडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा तीन÷तीन गोल गरेका आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपीएफका हरी कार्की तथा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । विद्यागत उपाधि विजेता खेलाडीले जनही नगद २५ हजार प्राप्त गरे । सर्वोत्कष्ट खेलाडी किरणले टिभिएस कम्पनीको अपाची मोटरसाईकल प्राप्त गरे ।

गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको थियो । दमक नगरपालिकाले आयोजना गरेको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागीता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

शुक्र, बैशाख २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् । नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव...

दमकमा अझै चर्पीको समस्या ! नगरपालिका सधैंभरि अन्यौलमै

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका साविकका सबै वडा खुल्ला दिसामुक्त घोषणा भैसके । तर, नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । नगरपालिकाले नै उपलब्ध गराएको तथ्यांक अनुसार अझै...

झापाको बुद्धशान्तिमा बन्दै गरेको रिङरोडले गति लिँदै

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको सबै ७ वटै वडाहरुलाई जोड्ने बुद्धशान्ति रिङरोडको निर्माण कार्यले गति लिएको छ । रिङरोड निर्माणका लागि गाउँपालिकाले विभिन्न सडक क्षेत्रमा समिति निर्माण गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले...

जिल्लास्तरीय नकआउट फुटबलमा आयोजक इलेभेन साइनिङ सेमीमा

भद्रपुर । आयेजक इलेभेन साइनिङ स्टार क्लव झापाको सदरमुकाम भद्रपुरमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजकले श्रीजंगा स्पोर्टिङ क्लव ज्ञानेचोकलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै आयोजक इलेभेन साइनिङ...

हाटखोलाका बस्ती माथि दमन भए प्रतिकार : सांसद लिम्बु

दमक,११ जेठ / नेपाली कांग्रेसकी नेतृ तथा सघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दमक–७ स्थित हाटखोलाका सुकुम्बासी बस्तीलाई नगरपालिकाले शक्तिका आडमा डोजर लगाएर बस्तीका घरटहराहरु भत्काउने कार्य उपयुक्त निकास नभएको बताएकी छन् । उनले बर्षोदेखि...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

दमक जेसीजले ट्रेनिङ इन्स्टिच्यूट बनाउने

दमक,१० जेठ / दमक जेसीजले यहाँ सुविधासम्पन्न ट्रेनिङ इन्स्टिच्यूट बनाउने भएको छ । दमक–८ स्थित बालुवाटार क्षेत्रमा सुविधा सम्पन्न ट्रेनिङ इन्स्टिच्यूट निर्माण गर्न तयारी थालिएको दमक जेसीजले जनाएको छ । विभिन्न तालिमहरु सञ्चालनका लागि आवश्यक...

पाँच दलले दिए नगरपालिकालाई ध्यानाकर्षण–पत्र

दमक,८ जेठ / झापाको दमक–७ स्थित हाटखोला क्षेत्रका सुकुम्बासीहरुलाई नगरपालिकाले बलप्रयोग गरि जर्वजस्ती घरटहराहरु भत्काएको घटना प्रति आपत्ति जनाउदै दमकका पाँच राजनीतिक दलहरुले निन्दा गरेका छन् । नेपाली कांग्रेस,संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय...