मोदीको नेपाल भ्रमणले शरणार्थीहरुमा केहि आशा !

समस्याको दिगो समाधान खोजिदिन नेपाल सरकार संग आग्रह

नगेन्द्र मणि न्यौपाने

दमक | छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी दुई दिने औपचारिक भ्रमणकालागि नेपाल आउनु भएको छ ।

भारतीय प्रधानमन्त्री मादी नेपाल आएका बखत करिब अढाई दशक लामो भुटानी शरणार्थी समस्याको दिर्घकालीन समाधान खोजि दिन नेपाल सरकार मार्फत आग्रह गरिएको छ । बिभिन्न समयमा स्वदेश फिर्तीको मागगर्दै आएका दक्षिण भुटानका नेपाली भाषी भुटानी नागरिकहरु लामो समय देखि शरणार्थी बनेर नेपालमा शरण लिन बाध्य हुदै आएका छन ।

पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा शरणागत भुटानी शरणार्थीहरु संख्या घटदै गएको भएपनि समस्या भने झनै जटिल बन्दै गएको छ । पछिल्लो समय शरणार्थीहरुले पाउदै आएको तेस्रो देश पुर्नस्थापना बन्द गरि संगै स्वदेश फिर्ती वा स्थानीयकरणलाई खुल्ला नगरिदा हजारौ शरणार्थीहरुको भविष्य समेत अल्यौल बन्दै गएको छ । शरणार्थीहरुले वर्षाै देखि स्वदेश फिर्तीको माग उठाउदै पटक पटक स्वदेश प्रबेशकालागि बाटो मागि रहदा भारतले अबरोध गरेपछि त्यो अभियानपनि सफल हुन सकेको छैन ।

शरणार्थी समस्याको दिगो समाधानकालागि भारत निर्णायक भएको ठहर गर्दै बर्षौ देखी शरणागत भुटानी शरणार्थीहरुल अहिले जोड तोडकासाथ आफनो समस्या समाधान गर्न पहल थालिदिन नेपाल सरकारलाई लिखित तथा मौखिक जानकारी समेत गराउदै आएका छन । उनिहरुले भारतीय प्रधान मन्त्री मोदीको नेपाल भ्रमणको समय आफनो समस्या सुनुवाईकालागि उपयुक्त समय भएको ठहर गर्दै नेपाल सरकारलाई बारम्बार यो विषयमा स्मरण गराउदै आइरहेका छन । शरणार्थी प्रभाबित क्षेत्रबाट निर्वाचित बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि आफनो समस्या समाधान हुनेमा शिविरमा रहेका शरणार्थीहरु निकै आशाबादी देखिएका छन ।

शरणार्थीहरुको प्रतिनिधि मण्डलले आफनो समस्या समाधानका लागि स्थानीय सरकारका प्रमुख देखी नेपाल सरकारको समेत ध्यानार्कषण गराएका छन । उनिहरुले भारतीय प्रधान मन्त्रीले भुटानी शरणार्थीका विषयमा सकरात्म बनेमात्र पनि स्वदेश फिर्तीकालागि बाटो खुल्ला हुने र दिर्घकालीन समाधान हुने शरणार्थी अगुवाहरुको बुझाई रहेको छ । उनिहरुले शरणार्थीहरुलाई स्थानीय करण गराउने विषयमा नेपाल सरकार राजी नहुन पनि आग्रह गरेका छन । शरणार्थी सम्बन्धित स्वतन्त्र मञ्चले अब दुई पक्षिय बार्ता लाई छोडेर बहु पक्षिय बार्ता आवश्यक रहेको बताउदै आएको छ ।

भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक भम्पा राई शरणार्थी समस्याको दिगो समाधानकालागि त्रिपक्षिय बार्ता आवश्यक रहेको बताउनु हुन्छ । राईले भारत भुटार्नी शरणार्थीहरुको समस्या प्रति सहमत भए हजारौ शरणार्थीहरुको स्वदेश फर्कने सपना पुराहुने बताउनु हुन्छ ।

शरणार्थी समस्यका बिषयमा बर्तमान नेपाल सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली जानकार रहेकाले यसको दिगो समाधानको बाटो खोज्ने आफु निकै आशाबादी रहेको डा राई बताउनु हुन्छ । हाल ५ हजार बढि भुटानी शरणार्थीहरु शिविरमानै कष्टकर जिवन बिताई रहेका छन ।

शुक्र, बैशाख २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...