२५६२ औं बुद्ध जयन्ती कार्यक्रमको तयारी पूरा : कार्यक्रममा सहभागी हुन सत्यकृत व्याण्ड दुबईमा

हाम्रो दमक

सुर्य खवास, युएई

नेपाल आदिबासी जनजाति महासंघ युएईको अगुवाईमा दुबईको अलकुज स्थित डल्सको हलमा आगामी मे ११ शुक्रवारका दिन युएईमा कृयाशिल संघ संस्थाहरुले संयुक्तरुपमा मनाउन लागेको २५६२ औं बुद्ध जयन्ती कार्यक्रमको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

दिनको १ बजे बाट शुरु हुने उक्त बुद्ध जयन्ती कार्यक्रममा लामा गुरुहरुद्धारा बुद्धको पाठपूजा गर्ने, बुद्धको उपदेशहरु प्रचारप्रसार गर्नेदेखि सांस्कृतिक कार्यक्रमको समेत भव्य तयारी गरिरहेका छन् । उक्त कार्यक्रममा सहभागि हुन नेपालबाट सत्यकृत ब्यान्ड युएई आईपुगेको छ । कार्यक्रममा सत्यकृत ब्याडको प्रस्तुतिका साथै नेपाल आदिबासी जनजाति महासंघ युएईबाट ६ ओटा, प्रगतिशील कलाकार संघ युएईबाट २ ओटा र बाँकी अरु संघसंस्था र कलाकारहरुलाई एकएक ओटा प्रस्तुति रहने छ भने जातिय संस्कृती झल्कने झाकी समेत प्रस्तुत हुने कार्यक्रम व्यवस्थापक प्रमूख सुरेन्द्र थिङ तामाङले जानकारी दिएका छन ।

आध्यात्मिक ब्याण्डको रुपमा परिचित यस ब्याण्डले पुरान भजनहरुलाई आधुनिक शैलीमा पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन गरि युवा पुस्ता माझ पस्कदै पछिल्लो पुस्तामाझ आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । बुद्ध जयन्तीको अवसर पारेर ” आँउ फर्केर” बोलको गीत भर्खरै सार्वजनिक गरिसकेको छ ।

महामानव गौतम बुद्धलाई भारतले पटकपटक बुद्ध भारतमा जन्मेको भनेर विश्वसामू गलत प्रचारप्रसार गरिरहेकोले यसपटक उक्त भ्रमलाई चिर्ने उद्धेश्यले “बुद्ध वाज बर्न इन नेपाल” भन्ने मुल नाराको साथ बुद्ध जयन्ती मनाउन लागेको कार्यक्रम संयोजक डि.आर. गुरुङले जानकारी दिएका छन।

स्मरण रहोस गतवर्ष ४६ वटा संघसंस्थाहरुले संयुक्त रुपमा बुद्ध जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका थिय ।यस वर्ष पनि बुद्ध जयन्ती बैशाख १७ मा भए पनि प्रवासमा भने समय अनुकुलतालाई मध्यनजर गर्दै केही पछि हुन सक्ने हुदा यसपाली युएईका संघसंस्थाहरुले भने वैशाख २८ अर्थात मे ११ मा संयुक्त बुद्ध जयन्ती मनाउने लागेका हुन ।

बुध, बैशाख २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

युएईमा प्रदर्शनको तयारिमा वृतचित्र ‘भाग्यले बाँचेकाहरु’

सुर्य खवास, युएई- नेपालमा गएको भुकम्पमा परि बाच्न सफल नेपालिहरुको कथालाई समेटेर तयार पारिएको वृतचित्र ” भाग्यले बाँचेकाहरु ” आगामी १५ र १६ जुनका दिन युएईमा प्रदर्शन हुने भएको छ । विभिन्न परोपकारी कार्यमा कृयाशिल...

युएईमा ऐश्वर्य´ “च्यारिटी शो” को तयारी तिव्र

युएई, एनआरएनए युएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि युएईमा बहुप्रतिक्षित नेपाली चलचित्र ऐश्वर्य को च्यारिटी शो हुने भएको छ । उक्त च्यारिटी शो...

‘’झापाली समाज सम्पर्क समितीको प्रथम अधिवेशन हुने’’

भरत शिवाकोटी झापा, युनाइटेड स्टेट्स इमिरेट्समा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा झापाबाट विदेशिएका झापालीहरू द्वारा सामाजिक काम गर्ने मुख्य उदेश्य राखेर सन् २०१५ मा स्थापना भएको संस्था झापाली समाज यु.ए.ई. को कार्यक्षेत्र रहेको झापा जिल्लामा क्रियासिल...

नेपाली कामदार मागपत्र प्रमाणिकरण शुरु

सुर्य खवास, युएई युएईकालागी नेपाली राजदुतावासले कामदार मागपत्र अनिवार्य दुताबासबाट प्रमाणिकरण गर्न हिजो १६ मे का दिन सुचना जारी गरेको छ । दूतावासले निकालेको सूचनामा मागपत्र प्रमाणिकरणका लागि चाहिने कागजातका विषयमा पनि जानकारी गराइएको छ । नेपाल...

युएईमा भुजेल समाज द्वारा उभौली पर्व मनाईयो

सूर्य खवास युएई, प्रवासी भुजेल समाज सेवा समिती युएईले आफ्नो मौलिक  पर्व “भुजेली पर्व”( उभौली) दुवइ स्थित जाविल पार्कमा शुभकामना आदान प्रदान कार्यक्रमका साथ आज ४ मे का  दिन सम्पन्न गरेको छ । राष्ट्रीय गान बाट शुरु...

कलाकारहरुद्वारा बृहत् बुद्धजयन्ती सांस्कृतिक साँझको आयोजना गरीदै, नेपालबाट कलाकारहरु अनिल सिङ र अमृता साम्भहाम्वे युएई आउदै

युएई,  २५६२ औं बुद्ध जयन्तीको अवसरमा अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज युएई  क्षेत्रिय समिति अबुधाबीको संयोजनमा आगामी   मे ११ तारिख, शुक्रबारको दिन आबुधाबीस्थित मलयाली समाजको हल मूसाफामा  बृहत् बुद्ध जयन्ती सांकृतिक साँझको आयोजना गरिएको...

झापाली समाज युएई समाजिक गतिबिधिमा अगाडी, एकै महीनामा गर्यो उलेख्य काम

युएई, सम्पूर्ण झापाली एक हौ भन्ने मूल नाराको साथमा सन २०१५ मा स्थापना भएको झापाली समाज युएईले अप्रिल महीनामा मात्र उलेख्य काम गरेको छ । गएको ६ अप्रिलको दिन दोश्रो अधिवेशन सम्पन्न गरेको समाजले निबर्तमान...

एक दिने निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

गैरआबासीय नेपाली संघ युएईको संयोजन तथा महजोङ फाउन्डेसन नेपाल र डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएईको संयुक्त आयोजनामा काठमाडौ सोल्टीमोड स्थित होटेल प्लाटिनममा एक दिने निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। आधारभुत प्राथमिक स्वास्थ्य उपचारका...

नयाँ बर्ष २०७५ सांस्कृतिक कार्यक्रममा कतार तताउन बोकेदाह्री, सिमान्त सन्तोष लगायतको कलाकार टिम कतारमा

कतार |   नयाँ बर्ष २०७५ को अवसरमा कतारमा आयोजना हुन गइहेको बृहत सांस्कृतिक कार्यक्रममा मनोरंजन दिलाउन नेपाली चर्चित एवं लोकप्रिय गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्री), सिमान्त सन्तोष लगायत जादुगर महादेव त्रिपाठी, लोक दोहोरी गायिका देवीका केसी...

हङकङमा छोराद्वारा बाबुको हत्या

मृतक बाबु बाबुराम (बायाँ) र अरोपी मचिन्द्र लिम्बू (दायाँ) । हङकङ ,२६ चैत/  एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बु (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट...