लघुकथा: फेसबुक स्टाटस

राजकुमार श्रेष्ठ, दोहा

सुन्नोस त हजुर, ” तपाइँको कान्छी सालीले पनि यसपाली एस. इ. इ.मा फस्ट डिभिजन निकालेर पास गरिन् । हामी सबैको प्यारो अनि एउटै बहिनी हो । भिनाजु बिदेशबाट आउदा एउटा राम्रो खाले मोबाइल ल्याइदिए त कति खुशी हुन्थेंं भन्दै फुर्किन्दै थिइन् अरे ।” सुन्तलीले एकै सासमा आफ्नो श्रीमान बिरेलाई फोनमा सुनाइन् ।

लेखक: राजकुमार श्रेष्ठ

प्रत्युतरमा बिरेले भन्यो, ” ए, होर ? लु तेसो भए बहिनीलाई धेरै धन्यवाद छ, भन्दिनु है ।” बुढाको कुरा सुनेर सुन्तलीले मनमा कस्तो कस्तो मान्दै भनिन् , ” हस् , हजुर हुन्छ ।” उनले फेरि कुरा थपिन् , “अनि सुन्नु न ! तपाइकै बहिनीले पनि दाइले मोबाइल ल्याइदिए त क्या मज्जा हुन्थ्यो होला है भाउजू भन्दै हुनुहुन्थ्यो ।”

बिरे फोनमा फेरि बोल्छ, “अरे यार ! भयो के तिम्रो त्यो गनगन नसुनाउ न । के यहाँ चै पैसाको बोट छ र ?” ए बुढा के छ, कसो छ ? सन्चो बिसन्चो, खायौ खाएनौ सोध खोज त हैन ए ….के के र के के कुरा गरिरहन्छे ।” ” ए मेरो हजुर यो त हाम्रो आफ्नै घर भित्रको कुरा हो क्या । ” सुन्तलीले बुढालाइ थमथमाइन । बिरेले केही बेर घरमा कुराकानी गरेर फोन राख्यो ।

हिजो मात्रै मावली परिवारबाट पनि सानी बहिनीले बिरेसँग फोनमा हाँस्दै गफ गर्दा, दादा एउटा ब्लान्केट ल्याइदिनु न, ल ? भनेको र उसले पनि कुरा काट्न नसकेर ” ल, हुन्छ ” भनेको कुरा सम्झ्यो।

केही बेर पछि फेरि उसलाई नेपालको नयाँ नम्बरबाट कल आयो । उसले पनि फोन उठाएर बोल्यो । पल्लो गाउँको नरेले फोन गरेको रैछ । फोनमा नरे बोल्यो, ” दाइ ! तपाइँ घर आउने कुरा फेसबूकमा हाल्नु भएको थियो हो ? यो कुरा त मैले पनि अस्तिनै चोकमा सुनेको थिएँँ । त्यो सुन्दा त एउटा सानो कुरा भनौ कि भनेर फोन गर्या नि । फेस बूक चल्ने एउटा राम्रो मोबाइल ल्याइदिनु भए त कति खुशी हुन्थें । मैले पनि हजुरको घरमा कति काम सघाइदिइरहेको छु नि । यो सादा सेट मोबाइल कति चलाउनु हौ । मैले त दाइलाई धेरै सम्झिरहेको छु है ।” नरे साथीको यो कुराले बिरेको मन छोयो ।

तर बिरेलाइ यस्ता कुराहरूले मनमा दिक्क लागिरहेको थियो । नलागोस पनि कसरी ? केही दिन अगाडि बिरेले फेस बूकमा घर आउने कुरा स्टाटस बनाएर पोष्ट गरेको थियो ।

सबैले थाहा पाएछ्न क्यार । सायद, त्यै भएर उसलाई दिनदिनै नेपालबाट फोन आउन थालेको थियोे । फेस बूकको मेसेज बक्समा समेत यस्तो र उस्तो सामान ल्याइदे ल भन्दै मेसेज आउन थालेको थियोे । उसले बिदेशमा दुई रियलको एउटा डिउ किनेर खानु पनि तीन पल्ट सोच्नु पर्छ । हैन कति सजिलो हौ यो मान्छेको जातलाइ यस्तो चिज ल्याइदेउ उस्तो चिज ल्याइदेउ है भन्नू पनि ? वाह .! फेस बूकमा घर आउने एउटा सानो स्टाटस राख्दा मान्छेहरू यत्रो प्रभावित ..? बिरे छ्क्क पर्दै एक्लै हाँस्न थाल्यो ।

बुध, बैशाख २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...

नवनासो कथा विशेषाङ्कको सामान्य विकास मन्त्री घिमिरेद्वारा बिमोचन

झापा | झापाको शिबसताक्षी नगरपालिकाको वडा नं १ धरमपुर चौकमा आयोजित एक कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नवनासो साहित्य प्रतिष्ठान धरमपुरले प्रकाशन गरेको नवनासो कथा विशेषाङ्कको शनिबार बिमोचन गरेका छन्। विमोचन पश्चात...

छमछमीको अडिसन भोलिदेखि झापाको बिर्तामोडमा हुदै

बिर्तामोड । नृत्यमा आधारित नेपालकै पहिलो चर्चित रियालिटी शो छमछमीको अडिसन भोलि असोज १३ गते झापाको बिर्तामोडमा शुरु हुदैछ । सम्पुर्ण दर्शकबिच लोकप्रिय बन्न सफल छमछमीको चौथो सिजनको झापा अडिसन बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा...

बिर्तामोड रन वेमा गायक स्वप्न सुमन आउदै

बिर्तामोड । कलाकारिताको क्षेत्रमा उर्वरभूमि मानिएको झापामा विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रहरु बाक्लो हुने गरेको पाइन्छ । सुन्दरी प्रतियोगितादेखि विभिन्न ब्यान्डहरुको कर्न्सट त पुरानै परम्परा हो । तर, झापामा यसपटक नयाँ स्वादको कार्यक्रमको आयोजना हुने भएको...

माधब संस्कृत बिध्याश्रममा जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

सहरेडाँगी । झापाको मेचिनगर नगरपालिका १२ स्थित माधब संस्कृत बिध्याश्रमका बिद्यार्थीको आयोजनामा विश्व शान्ती दिवसको अवसर पारेर जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थी परिवारका अध्यक्ष डिल्लिराम न्यौपानेको सभापतित्व तथा सांगबेद संस्कृत...

डस्नैपर्छ अरिङ्गाल बनेर

हराएको न्यायको खोजीमा जुटेका ति आवाज हो, अरिङ्गाल नै बन्नुपर्छ डस्नुपर्छ ती बहिरा, अन्धालाई संवेदनहिन भएका रक्षकको मुकुन्डो भिरेका ती झुट्टा र पाखण्डीहरुलाई शक्तिको आडमा लुक्ने काँतरहरुलाई शक्तिको दुरुपयोग आखिर कतिन्जेल? बद्लिन्छ सब कुरा बद्लिदैन शक्तिको आडम्बर बद्लिदैन पिडीतको पिडा न्याय नहुँदो हो त शक्तिको पाऊ मुनि...

बुधबारे जेसीजको सप्ताह कार्यक्रम सुरु

बुधबारे । बुधबारे जेसीजले असोज १ गते देखि जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ । जेसीज सप्ताहको पहिलो दिन सचिवालयमा नेपालको राष्ट्यि झण्डा र जेसीज झण्डा फहराएर सुरु भएको कार्यक्रमको दिन आदर्श माविका विद्यार्थीहरुलाई...

मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा १५३ औ मोती जयन्तीको अवसरमा बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । बुद्धशान्ति साहित्यिक तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिका–६ नम्बर वडा कार्यालयको सहयोगमा...

चलचित्र ‘रोज’ २२ गते बाट देशब्यापी रूपमा प्रदर्शन हुँदै

बिर्तामोड । मोफसल टुरमा रहेको चलचित्र ‘रोज’को टिमले अहिले विभिन्न शहरमा पत्रकार सम्मेलन र कन्सर्टको आयोजना गरिरहेको छ । झापाको बिर्तामोडमा आयोजना भएको कन्सर्टमा नायक प्रदिप खड्काको गज्जबका फ्यान देखिए । २ बजे सुरु...

नेपाली युवाको डेब्यूलाई लिएर भारतीय चलचित्र बजारमा सर्वत्र चासो (ट्रेलर सहित)

झापा । बलिउड फिल्म ‘तुजसा जमि पे कहा ’ बनाउन लागेका नेपाली युवा निर्देशन किरण खतिवडाले अब चाँडै सुटिङ शुरु गर्ने जनाएका छन् । नेपाल सहित भारतका विभिन्न राज्यमा फिल्मको सुटिङ हुनेछ । सुटिङको...