ढुङ्गा तस्करीले काटे किसानको औंला

खरबुजाको खेती गर्दै आएका पौड्यालको हात काटिदिएका हुन् ।

हाम्रो दमक

शान्तिनगर । झापाको बुद्धशान्ति ७ मा ढुङ्गा तस्करीले शनिवार एक किसानको हातको औंला काटिदिएका छन् । बुद्धशान्ति ४ का ढुङ्गा तस्करी गाडी साहु लोकेन्द्र लिम्बु, डम्बर लिम्बु र प्रकाश लिम्बुले किसान खेमराज पौड्यालको हात काटेको बुद्धशान्ति ७ का वडाध्यक्ष मात्रिका पौड्यालले जानकारी दिए ।

उनका अनुसार तःकरीले बुद्धशान्ति ७ शान्तिनगरको दमार खेतमा खरबुजाको खेती गर्दै आएका पौड्यालको हात काटिदिएका हुन् । कृषक पौड्यालले लगाएको खेतीमा चोरी बढ्दै गएपछि शानिबार बेलुका ८ बजे बाली रुङने क्रममा ढुङ्गा तस्कर गर्न आएका तस्करीले आएर खरबुझा चोर्ने क्रममा देखेपछि उनीहरुले कृषक पौड्यालको हातबाट कचिया खोसी उनको दाहिने हातको चोरी औला काटिदिएका हुन् ।

घाँस काट्ने कच्याले हातको औला काटिदिएपछि ढुङगा लोड गरिएको टयाक्टरमा भाग्दै गरेका उनीहरुलाई स्थानीयबासी, सशस्त्र प्रहरी बल टिमाई र इलाका प्रहरी कार्यालयको टोलीले धुलाबारी खानेपानी ट्याङिक छेउबाट पक्राउ गरेको हो ।

उनको अहिले बिर्तामोडस्थित बिएण्डसि अष्पतालमा औलाको अप्रेसन सुरु गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । इलाका प्रहरी कार्यलय बुधबारेका अनुसार गाडी साहु डाइभर लोकेन्द्र लिम्बु, डम्बर लिम्बु र तस्करीले ढुङ्गा तस्कर गर्न प्रयोग गरिएका मे १ त १७६२ नम्बरको ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार रहेका प्रकाश लिम्बुको खोजी कार्य जारी रहेको छ ।

टिमाई खोलाबाट ढुङगा गिट्टी बालुवा चोरी निकासी हुने क्रम बढ्नुका साथै स्थानीयको कृषिबाली समेत चोरी बढेदो क्रममा छ । नदिजन्य बस्तुको दोहनसंगै खोला छेउको खेतमा लगाएको कृषिजन्य बस्तुको चोरी हुने क्रमपनि बढेको छ । सो क्षेत्रबाट अवैधरुपमा ढुङगा, बालुवा चोरी गर्दै गरेको अवस्थामा ट्याक्टर, ट्रिपर समात्ने र सामान्य जरिवाना तिराई छोड्ने गरिएको छ ।

स्थानीयहरुले तस्करी दिनदहाडै मौलाउदै गएपनि प्रशासन भने मौन बस्दै आएको  गुनासो गरेका छन् । त्यस क्षेत्रमा खुलेआम रुपमा ढुङगा गिटी तस्करी हुदाँ समेत गाँउपालिकाले कुनै चासो दिएको छैन् । टिमाई खोलामा रातीको समयमा ढुङगा गिटी तस्करहरुको ताँती नै लाग्ने गरेको स्थानियहरुले बताएका छन ।

यस विषयमा शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय जनप्रतिनिधि जानकार भएपनि केही नगरेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

रुपेश पौडेल (प्रशिक्षार्थी पत्रकार)

आइत, बैशाख २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् । नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव...

झापाको बुद्धशान्तिमा बन्दै गरेको रिङरोडले गति लिँदै

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको सबै ७ वटै वडाहरुलाई जोड्ने बुद्धशान्ति रिङरोडको निर्माण कार्यले गति लिएको छ । रिङरोड निर्माणका लागि गाउँपालिकाले विभिन्न सडक क्षेत्रमा समिति निर्माण गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

आफनै श्रीमतीको हत्या गर्ने हत्यारा पक्राउ

इलाम | आफनै श्रीमतीको हत्या गरी फरार भएका मदन लिम्बु पक्राउ परेका छन् । लिम्बुलाई इलाम नगरपालिका ९ स्थित घटना भएको स्थान आसपासमा नै लुकीछिपी बसेको अवस्थामा आज बिहान करिब ६ः४० बजे पक्राउ गरेको हो...

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७०...

साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रेती पक्राउ

दमक | साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रती पक्राउ परेका छन । उर्लाबारीको सनम शाक्यको हत्यामा समेत संलग्लन रहेका मोरङ उर्लाबारी घर भइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका उप्रेतीलाई प्रहरीले...

बम विष्फोटको चौतर्फी निन्दा

दमक,७ जेठ /  दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष भिमप्रसाद पौडेलको घरमा भएको बम विष्फोटको घटना प्रति चौतर्फी निन्दा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित मानवअधिकार...

धानमा अनौठो रोग देखियो,कृषक चिन्तीत

दमक ,७ जेठ । झापा, दमकका कृषकहरुले लगाएको चैते धानमा अनौठो रोग देखा परेको छ । मुख्य नगदेबालीका रुपमा रहेको चैते धानमा एक्कासी रोग देखापर्न थालेपछि यस क्षेत्रका कृषकहरु चिन्तीत बनेका हुन् । दमक– १०...