युएईमा भुजेल समाज द्वारा उभौली पर्व मनाईयो

हाम्रो दमक

सूर्य खवास

युएई, प्रवासी भुजेल समाज सेवा समिती युएईले आफ्नो मौलिक  पर्व “भुजेली पर्व”( उभौली) दुवइ स्थित जाविल पार्कमा शुभकामना आदान प्रदान कार्यक्रमका साथ आज ४ मे का  दिन सम्पन्न गरेको छ ।

राष्ट्रीय गान बाट शुरु भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासले भुजेल जातिको मौलिक परम्परा, संस्कार, संस्कृती तथा भुजेली पर्व “उभौली” को बारेमा आफ्ना भनाई राख्नु भएको थियो । आफ्नो भनाई राख्दै खवास ले आफ्नो  पहिचानलाई बचाई राख्नु आज अल्प सख्यक जनजातिहरुको प्रमुख चुनौती रहेको बताउदै सबैलाई हिनताबोध  मुक्त हुनमा जोड दिनु भयो ।

युएईमा पहिलो पटक मौलिक परम्पारा अनुसार पुजा गरि उभौली पर्व मनाईएको हो । आफ्नो मौलिक परम्परा अनुसार उभौलि पर्वमा पुजारामेको भुमिका समाजका द्वितीय उपाध्यक्ष तुल बहादुर घर्तीले निभाउनु भएको थियो ।

 कार्यक्रममा समाजका सल्लाहकार क्रमश: दिलिप जिटि, लक्ष्मण थापा तथा यम बहादुर घर्ती, कार्यसमिति सदस्य प्रेम घर्ती तथा महिला सदस्य उर्मिला भुजेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । समाजका अध्यक्ष सुर्य भुजेलको सभापतित्वमा संचालित कार्यक्रममा स्वागत मन्तव्य सचिव सुरिन भुजेलले राख्नु भएको थियो भने कार्यक्रम माथी प्रकाश कार्यक्रम संयोजक एवं द्वितीय उपाध्यक्ष तुल बहादुर घर्तीले पार्नु भएको कार्यक्रम सममाजका महासचिव मीन बहादुर भुजेलले संचालन गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्चात विभिन्न मनोरन्जनात्मक कार्यक्रम संचालन गरिएको थियो जसमा स्थानिय भुजेल कलाकार द्वारा लोक दोहोरी सहित  विभिन्न खेल खेलाईएको थियो । जसमा हाडी फुटाई, म्युजिकल चियर्स, सियोमा धागो उन्ने, बेलुन फुटाई, डोरि तानी तथा बोरा दौड खेल खेलाईएको थियो ।

 

जसका विजेताहरु क्रमश: लामिसा तामाङ, प्रेम घर्ती, यशोदा भुजेल, दुर्गा भुजेल, खड्ग भुजेलको समूह तथा बोरा दौडमा महिला तर्फ दुर्गा भुजेल र पुरुष तर्फ लक्ष्मण भुजेल हुनु भएको थियो । विजयि खेलाडिहरु तथा स्थानिय कलाकारहरु युवराज भुजेल र वशन्ती जिएम तथा वाद्यबादक धडकन तामाङलाई कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण गरिएको थियो ।

 उभौली पर्व गत मार्च ३० मा परेको भएता पनि परदेशमा अनुकुलतालाई मध्यनजर राख्दै अगि पछि पारेर विभिन्न पर्वहरु मनाउदै आइएको छ ।

शनि, बैशाख २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

हिन्दु मन्दिर तोडफोड, सबै मुर्ति नष्ट गर्दै ‘जिसस” लेखियो (भिडियो सहित)

विश्व हिन्दुहरुको पबित्र समय नवरात्रीको समय गत हप्ताको आइतबारको दिन अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३०...

१२ भन्दा बढ़ी देशका नागरिकहरूले नेपालीहरूलाई दिए उनीहरूकै भाषामा दशैको शुभकामना, भिड़ीयो सहित

सबै देशका नागरिकलाई आफ्नो भाषा संस्कृति र चाडपर्व महत्वपूर्ण लाग्छ । चाडपर्वहरूले विभिन्न देशमा छरीएका नेपालीहरू होस या अन्य कुनै देशका नागरिकहरूलाई नजिक ल्याउने काम गर्दछ । दशै तिहार, बुद्द जयन्ती, क्रिस्मस ईद पर्वहरू...

युएईमा एक झापालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जानकारी दिए । नायकले जनाएअनुसार...

तामाङ समाज अमेरिका विवादमा, अध्यक्ष सानुमायाद्वारा प्रेस बिज्ञप्ति जारी

भाद्र २४, न्युयोर्क | तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको बताएकोछ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेस विज्ञप्ति...

नि: शुल्क प्राथमिक उपचार भाग-२ झापामा सम्पन्न

असोज २२, झापा, नि:शुल्क प्राथमिक उपचार तालिम भाग-२ गत असोज १३ गते शुरु भएर आज झापामा भव्यताका साथमा सम्पन्न भएको छ । झापाको केन्द्रबिन्दु, बन्दमुक्त र शैक्षिक हब सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित...

झापा मिलन समाज दक्षिण कोरियाको नाम र लोगो परिवर्तन

कोरिया | झापा मिलन समाज दक्षिण कोरियाले आफ्नो अफिसल नाम र लोगो परिवर्तन गरेको छ । बैदेशिक रोजगारीको शिलसिलामा द. कोरिया पुगेका झापालीहरुले २००७ मा स्थापना गरेका झापा मिलन समाजले आजबाट नाम र लोगो परिवर्तन गर्दै...

दक्षिण कोरियामा सम्पन्न प्रथम कन्काई कप फुटवल प्रतियोगिताको आय-ब्यय सार्वजनिक

हेम सुवेदी ७ अक्टोबर २०१८ सिओल झापा मिलन समाज दक्षिण कोरिया तथा झापा एफ सीद्वारा गत २०१८ जुलाई २९ तारिखका दिन सउलको सोयोसान मैदानमा भएको फुटबल प्रतियोगीताको आय-ब्यय विवरण सार्वजनिक गरेको छ । झापा मिलन समाजले सार्वजनिक...

१ अर्ब लगानीको लक्ष्य पुर्याउने घोषणा गर्दै अझासको दोस्रो सम्मेलन कोरियामा सम्पन्न

दक्षिण कोरिया | दोहा सम्मेलनको ५० करोडको उत्पादनशील क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्ब पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’ को दोस्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ। सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले...

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...