झापाली समाज युएई समाजिक गतिबिधिमा अगाडी, एकै महीनामा गर्यो उलेख्य काम

हाम्रो दमक

युएई, सम्पूर्ण झापाली एक हौ भन्ने मूल नाराको साथमा सन २०१५ मा स्थापना भएको झापाली समाज युएईले अप्रिल महीनामा मात्र उलेख्य काम गरेको छ । गएको ६ अप्रिलको दिन दोश्रो अधिवेशन सम्पन्न गरेको समाजले निबर्तमान महासचिव अशोक चाँपागाईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ समिति गठन गरेको थियो ।

बिगत लामो समय देखी ब्लड मनी तिर्न नसकेर घर फर्कन नपाएका टोप बहादुर बि.क. लाई सहयोग गर्नको लागी प्रचार प्रसार विभागका सदस्य जगत लुइटेलको नेतृत्वमा समिति गठन गरी सहयोग अभियान चलाएको समाजले १३०० दिराम संकलन गरी एनआरएन युएइलाई हस्तान्तरण गरीएको जानकारी समाजका महासचिव मणि सुवेदीले जानकारी दिए ।

गएको अप्रिल २० तारिक समाजका पूर्व केन्द्रीय सचिव जगत लुइटेल र पूर्व अलएन क्षेत्रिय समिति सचिव डिल्ली हुमागाईलाई बिदाई गरेको समाजले त्यसैदिन बिगत लामो समय देखी सवारी दुर्घटना परी घरजान नपाएका झापा बिर्तामोडका लोकेश खतीवडालाई २२८० दिराम सहयोग गरेको कुरा समाजका अध्यक्ष अशोक चाँपागाईले बताए ।

अधिवेशन पश्चात केन्द्रीय समितिलाई पूर्णता, आजिवन सदस्यहरुको बृद्धि, विभागहरुको गठन प्रक्रिया सुरु भएको साथै समाजको नेपाल सम्पर्क समितिको कार्यविधी पनी तयार भएको जानकारी समाजका सचिव प्रकाश सिग्देलले हाम्रो दमकलाई जानकारी दिए ।

गएको सालभरी समाजले गरेका महत्वपूर्ण सामाजिक गतिबिधिहरु समेटी समाजले भित्तेपात्रो प्रकाशन गरेको र भित्तेपात्रो झापामा र युएईमा एकैसाथ तिब्र रूपमा बितरण भईरहेको कुरा भित्तेपात्रो प्रकाशन समितिका संयोजक हिमाल अधिकारीले बताए ।

अधिकारीको अनुसार समाजले गरेका गतिबिधिहरु र समाजका पदाधिकारीको सम्पर्क नम्बर सहित प्रकाशन गरीएको भित्तेपात्रोले समाजमा आबद्धहुन चाहने लाई सम्पर्क गर्न सहज हुने साथै समाजको प्रचार प्रसारको लागी महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए ।

 

यस्तै समाजले आजिवन सदस्य र विभिन्न कार्यक्रम मार्फ़त जम्मा भएको १३ लाख ९३ हजार ९ सय ९० रूपिया समाजको नेपालमा रहेको खातामा जम्मा गरीएको जानकारी समाजका कोषाध्यक्ष बुद्धीमान बुढ़ाथोकि (भरत) ले बताए ।

शुक्र, बैशाख २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

हिन्दु मन्दिर तोडफोड, सबै मुर्ति नष्ट गर्दै ‘जिसस” लेखियो (भिडियो सहित)

विश्व हिन्दुहरुको पबित्र समय नवरात्रीको समय गत हप्ताको आइतबारको दिन अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३०...

१२ भन्दा बढ़ी देशका नागरिकहरूले नेपालीहरूलाई दिए उनीहरूकै भाषामा दशैको शुभकामना, भिड़ीयो सहित

सबै देशका नागरिकलाई आफ्नो भाषा संस्कृति र चाडपर्व महत्वपूर्ण लाग्छ । चाडपर्वहरूले विभिन्न देशमा छरीएका नेपालीहरू होस या अन्य कुनै देशका नागरिकहरूलाई नजिक ल्याउने काम गर्दछ । दशै तिहार, बुद्द जयन्ती, क्रिस्मस ईद पर्वहरू...

युएईमा एक झापालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जानकारी दिए । नायकले जनाएअनुसार...

तामाङ समाज अमेरिका विवादमा, अध्यक्ष सानुमायाद्वारा प्रेस बिज्ञप्ति जारी

भाद्र २४, न्युयोर्क | तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको बताएकोछ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेस विज्ञप्ति...

नि: शुल्क प्राथमिक उपचार भाग-२ झापामा सम्पन्न

असोज २२, झापा, नि:शुल्क प्राथमिक उपचार तालिम भाग-२ गत असोज १३ गते शुरु भएर आज झापामा भव्यताका साथमा सम्पन्न भएको छ । झापाको केन्द्रबिन्दु, बन्दमुक्त र शैक्षिक हब सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित...

झापा मिलन समाज दक्षिण कोरियाको नाम र लोगो परिवर्तन

कोरिया | झापा मिलन समाज दक्षिण कोरियाले आफ्नो अफिसल नाम र लोगो परिवर्तन गरेको छ । बैदेशिक रोजगारीको शिलसिलामा द. कोरिया पुगेका झापालीहरुले २००७ मा स्थापना गरेका झापा मिलन समाजले आजबाट नाम र लोगो परिवर्तन गर्दै...

दक्षिण कोरियामा सम्पन्न प्रथम कन्काई कप फुटवल प्रतियोगिताको आय-ब्यय सार्वजनिक

हेम सुवेदी ७ अक्टोबर २०१८ सिओल झापा मिलन समाज दक्षिण कोरिया तथा झापा एफ सीद्वारा गत २०१८ जुलाई २९ तारिखका दिन सउलको सोयोसान मैदानमा भएको फुटबल प्रतियोगीताको आय-ब्यय विवरण सार्वजनिक गरेको छ । झापा मिलन समाजले सार्वजनिक...

१ अर्ब लगानीको लक्ष्य पुर्याउने घोषणा गर्दै अझासको दोस्रो सम्मेलन कोरियामा सम्पन्न

दक्षिण कोरिया | दोहा सम्मेलनको ५० करोडको उत्पादनशील क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्ब पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’ को दोस्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ। सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले...

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...