राजनितिक आस्थाको आधारमा न्यायमा कसैलाई विभेद गरिने छैन: उपाध्यक्ष भुर्तेल

हामी प्रतिनिधी जनताकै लागि हो । तपाईंहरुसँग गरेका प्रतिवद्धता पुरा गर्नेछौं । हामी कटिबद्ध भएर लागिरहेका छौ ।

आयुष निरौला

मीरा भुर्तेल राजनीतिमा एक इमान्दार नेतृका रुपमा परिचित नाम हो । राजनीतिमा लागेर सामाजिक गतिविधिमा क्रियाशिल भुर्तेल लामो समयको राजनीतिक तथा सामाजिक गतिविधि, जनताको पक्षमा सदैव उभिने चरित्रले गर्दा इमान्दार नेतृको छविले चिनिएकी हुन् । जनताको विश्वास र माया पाएकी भुर्तेल बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष छिन् । बुद्धशान्ति गाउँपालिकामा न्याय सम्पादनको पाटो के कस्तो छ ?, गाउँपालिकाले के कसरी आफ्नो गतिविधि अगाडि बढाइरहेको छ ? यसै सेरोफेरोमा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलसँग सहकर्मी आयुष निरौलाले गरेको कुराकानी

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको करिब १० महिना भयो, अनुभव के कस्ता रहे ?

– अनुभव भन्दा पनि क्षेत्राधिकार भित्र रहेर जनताका काम चुस्त दुरुस्त रुपमा प्रभावकारी ढङ्गले अगाडि बढाउने कार्यमै व्यस्त रहें । उपाध्यक्षको क्षेत्राधिकार न्याय सम्पादन तथा सामाजिक कामसँगै जोडिएकोले त्यस्तै कुरामा हिजोको दिनमा राजनितिक रुपमा गरेका कामहरु सामाजिक क्रियाकलापहरुको अनुभवलाई अहिले केही हदसम्म भएपनि सदुपयोग गरिरहेको छु ।

जनताले महसुस गर्ने खालका कामहरु के कस्ता भए ?

– जनप्रतिनिधिहरु निर्वाचित भइसके पछि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताप्रति हामी उत्तरदायी बनेका छौं । रोकिएका कामहरु, बिसौं बर्ष अगाडि कागजमा मात्र सिमित भएका कुराहरु व्यवस्थापन गर्न, अत्यावश्यक कुराहरु जस्तै बाटोघाटो, बिजुली र सरसफाईलाई प्राथमिकताका साथमा अगाडि बढाउने र महिला, पिछडिएका वर्ग, आदिवासी जनजाती, दलित सबै वर्ग र तहका समुदायलाई नेतृत्व विकास, उद्धमशिलता जस्ता कुराहरुमा आत्मनिर्भर बनाउने कार्यमा गाउँपालिकाले र स्वयम् मैले उपाध्यक्षको कोषलाई व्यवस्थापन गरी अगाडि बढाउने कार्य भइरहेको छ । जनताले प्रत्यक्ष महसुस गर्नेगरी विकास निर्माणका कार्यमा लागिरहेका छौं ।

उपाध्यक्षको विशेष क्षेत्राधिकार न्याय सम्पादनलाई दिएको छ । न्याय सम्पादनको पाटो कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

– न्याय सम्पादन अन्र्तगत झट्ट हेर्दा श्रीमान्–श्रीमति बीचको असमझदारी, छिमेकी छिमेकीको जग्गा सिमाना, विवाद लगायतका विषयमा अलि बढि उजुरीहरु आउने गर्छन् । त्यसलाई सकेसम्म स्थानीय गाउँसमाजमा निराकरण गर्ने भएन भने गाउँपालिकामा सर्वपक्षीय भेलाबाट मेलमिलाप गराउने र अझै जटिल केशहरु इ.ला.का. प्रहरी कार्यलय, वकिलको सल्लाहमा व्यवस्थापन गर्ने गरेका छौं । राजनीतिक आस्थाका आधारमा कसैलाईपनि भेदभाव गरेका छैनौं ।

केहि कानूनहरु निर्माणाधिन अवस्थामा रहेका छन्, कानून बनिनसकेको अवस्थामा न्याय सम्पादनमा के कस्ता जटिलताहरु आएका छन् ?

– यो महत्वपूर्ण प्रश्नका लागि धन्यवाद आयुष भाई । स्थानीयतहलाई व्यवस्थापन गर्दै कार्यसम्पादन गर्नु अहिलेको जटिल एव्म ठूलो अवसर पनि हो । केन्द्रबाट पनि सम्पूर्ण क्षेत्राधिकार सहितको कानून नआउँदा धेरै कुराहरुको अन्योल कायमै छ । र ती कानूनहरु आएपछि जटिलताहरु हटेर जानेविश्वास लिएका छौ ।

यो अवधिसम्म कति मुद्धा आए, कति फरछ्यौट भए ? साथै पीडामा भएका महिलाहरु जो खुलेर आफ्ना समस्या राख्न सक्दैनन् उनीहरुलाई के भन्न चाहनुहुन्छ ?

– अहिले हामी आएदेखि हाम्रो गाउँपालिकामा सय भन्दा बढी मुद्दा आइसकेका छन् भने २२ वटा फर्छयौट भइसकेका छन् । हाम्रो गाउँ परिषद्ले न्यायीक समितिको २०७४ कानून पास गराइसकेका छौं । म प्रत्येक ठाउँमा जाँदा घरेलु हिंसामा परेका लगायतका घटनाहरुको बारेमा बुझ्ने गरेको छु । बुद्धशान्ति गाउँपालिकामा न्यायिक समिति गठन भइसकेको छ । अब त्यस्ता समस्या भए गाउँपालिकामा आउनु भनेको छ । त्यस्ता गुनासालाई हामी सुक्ष्म तरिकाले अध्ययन गरेर न्याय दिलाएरै छाड्नेछौ । समस्या भएका महिलाहरुलाई निर्धक्क भएर आप्mनो वडा साथै गाउँपालिकाको कार्यालयमा आउन साथै मलाई भेटेरै जतिखेर पनि भन्न सक्नुहुन्छ भनेको छु । समस्या लुकाउने होइन खुलाउन सक्नुपर्छ महिलाले ।

भावी योजनाहरु के कस्ता रहेका छन् ?

– अब भावी योजना त्यस्तो केही बनाउनुपर्छ जस्तो लाग्दैन । किनभने निर्बाचनका बेला नै हामीले घोषणपत्र सार्बजनिक गरिसकेका छौ । जुन घोषणपत्र र हाम्रो कार्यशैलीलाई सम्मान गर्दै जनताले भोट दिएर हामीलाई जिताएका हुन र ती कुराहरुलाई अक्षरसः पालना गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । त्यसबाहेक पनि शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत कुराहरु नै हाम्रो पहिलो प्राथमिकतामा छन् । अभावकै कारणले उपचार नपाएर कसैले मर्नु हुदैन र बालबालिकाले शिक्षाबाट बञ्चित हुनु हुदैन, त्यो राज्यको जिम्मेवारी पनि हो । र त्यो जिम्मेवारीलाई पूरा गर्ने पक्षमा छौ । जनताले सरकारको महसुस गर्दै अपनत्व ग्रहण गर्ने वातावरण निर्माण गर्छौ ।

बुद्धशान्तिलाई कसरी हेर्नुभएको छ ?

– बुद्धशान्ति पहिलो त नामै काफी छ । तराईको समथर भू–भागबाट छोटो दूरीमा रहेको सानासाना पहाडहरु तराइका फाँटहरु , पर्यटकीय क्षेत्रहरुमा पनि अझ बढि सम्भावना बोकेको पूर्वी नेपालको झट्ट हेर्दा सुगम जस्तो देखिने भएता पनि भौगोलिक कारणले केही प्राबिधिक समस्याहरु छन् । कृषिमा भन्ने हो भने उत्पादनशील राम्रो क्षेत्रको रुपमा कहलिएको छ । किसानका आप्mनै समस्या, ती समस्यालाई सम्बोधन गर्न ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था देखिन्छ । सिचाँईको समस्या, हात्तीको समस्या, मलबिउको समस्या भौगोलिक कारणले गर्दा प्रविधिको उच्च प्रयोग गर्न नपाइरहेको अवस्था रहेको छ । यसलाई सम्बोधन गर्न प्रदेश सरकार, केन्द्रीय सरकारसँग सहकार्य गर्दै सबैकुराको निराकरण गर्न हामी लागीपरेका छौ ।

तपाँई एक महिला हुनुहुन्छ र उपाध्यक्ष पदमा रहँदै गर्दा यस क्षेत्रका महिलाहरुले के कस्ता अवसरहरु प्राप्त गर्न सके त ?

– महिलाको विषयमा मैले त्यतिखेर पढेका इतिहासलाई म सम्झन्छु । जतिबेला मेरो हजुरबाको मृत्यूहँुदा हजुरआमाले सति जानुप¥थ्यो । इतिहासलाई नी हेर्नेहो भने र त्यती बेलाको हाम्रो संस्कारलाई हेर्ने हो भने अहिले पनि महिलाहरु सति प्रथा हटेर गए पनि भावनात्मक रुपमा र कानूनी रुपमा महिलाहरु बलियो भएका छन्, तर व्यवहारिक रुपमा आजपनि ठूला समस्याहरु रहेका छन् । ती समस्याहरु कति महिलाबाट सिर्जित भएका छन् कति पूरुषबाट । सामाजिक रुपमा महिला र पूरुषले आपूm प्रतिको जिम्मेवारीलाई ग्रहण गर्न नसकेसम्म कुनैपनि अवसरले महिलाको स्तर समान हुन्छ भन्ने पक्षमा म छैन । महिलाहरुलाई अगाडि बढाउन गाउँपालिकामा उद्घोषण तालिम, नेतृत्व विकास र महिला शसक्तिकरण तालिमहरु दिइरहेका छौ । त्यसैगरी सति गांैडा जस्ता क्षेत्रहरु बुद्धशान्तिमा छन् त्यस्ता पर्यटकीय क्षेत्रहरुबाट पनि महिला दिदीबहिनीहरुले आपूmलाई स्थापित गर्न इतिहास कोर्न आवश्यक छ । समय परिवर्तन भएको छ । कोही मर्दा कोही दाउरा बन्नु पर्दैन अब क्षमता निर्माण गरौं समृद्धिको बाटोमा लागौं । गाउँपालिकाले महिलालाई अझै के गर्नुपर्छ आऔं बसेर छलफल गरौं । महिलाको क्षेत्रमा मात्र होइन सबै पक्ष, वर्गका लागि हामी काम गर्न आएका हौं । म राम्रो कामका लागि सदैव साथ दिने उपाध्यक्ष हुँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

– तपाईंहरुसँग गरेका प्रतिवद्धताहरु हामी अबश्य पूरा गछौं । धैर्य गर्नुभएको छ, जसका लागि म आभार प्रकट गर्छु । २० वर्षपछि भएको निर्वाचनबाट यहाँहरुले धेरै अपेक्षा गर्नु, र छिटोछिटो काम होस् भन्ने चाहनु ठिकै हो । हामी प्रतिनिधी जनताकै लागि हो । तपाईंहरुसँग गरेका प्रतिवद्धता पुरा गर्नेछौं । हामी कटिबद्ध भएर लागिरहेका छौ । हामीले गर्नुपर्ने काम कर्तव्य अधिकार भित्र रहेर पुर्वाधार निर्माण र जनताको समस्या समाधन गर्नेछौं । नीति, नियम, कानून, बजेट र समयावधिका आधारमा हाम्रा अपेक्षाहरु पनि पक्कै पूरा हुनेछन् । म प्रतिवद्ध छु, गाउँबासीले साथ र सहयोग दिनुभयो भने घोषणापत्रमा उल्लेख भएका काममात्र होइन, देशकै नमूना गाउँपालिका निर्माण गर्न योजनाहरु ल्याइनेछ ।

पूर्वेली साप्ताहिकबाट

शुक्र, बैशाख २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् । नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव...

झापाको बुद्धशान्तिमा बन्दै गरेको रिङरोडले गति लिँदै

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको सबै ७ वटै वडाहरुलाई जोड्ने बुद्धशान्ति रिङरोडको निर्माण कार्यले गति लिएको छ । रिङरोड निर्माणका लागि गाउँपालिकाले विभिन्न सडक क्षेत्रमा समिति निर्माण गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७०...

साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रेती पक्राउ

दमक | साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रती पक्राउ परेका छन । उर्लाबारीको सनम शाक्यको हत्यामा समेत संलग्लन रहेका मोरङ उर्लाबारी घर भइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका उप्रेतीलाई प्रहरीले...

बम विष्फोटको चौतर्फी निन्दा

दमक,७ जेठ /  दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष भिमप्रसाद पौडेलको घरमा भएको बम विष्फोटको घटना प्रति चौतर्फी निन्दा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित मानवअधिकार...

धानमा अनौठो रोग देखियो,कृषक चिन्तीत

दमक ,७ जेठ । झापा, दमकका कृषकहरुले लगाएको चैते धानमा अनौठो रोग देखा परेको छ । मुख्य नगदेबालीका रुपमा रहेको चैते धानमा एक्कासी रोग देखापर्न थालेपछि यस क्षेत्रका कृषकहरु चिन्तीत बनेका हुन् । दमक– १०...

वडाध्यक्ष पौडेलको घरमा बम बिष्फोट ,दुई घाइते

दमक,६ जेठ / झापाको दमक –७ का वडाध्यक्ष भीम पौड्यालको घरमा आज राती अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाईते हुनुका साथै पक्की घरमा सामान्य...